|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
बृद्ध कोइरालाको हुंकार:
"मेरो शरीर इश्पातले बनेको छ"![]() पानीकाबीच भाषण गर्दै सभापति कोइराला PM Koiraka. Photos: Sitaram काठमाडौं, June 8, 2008- बृद्ध र अस्वस्थ भनेर प्रथम राष्ट्रपति बन्ने आकांक्षामा माओवादी, एमाले र फोरमले भाँजो हाल्न खोजेपछि आफू अस्वस्थ र बृद्ध नभएको जवाफ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइतबार खुल्लामन्चमा आयोजित सभाबाट दिएका छन् । अघिल्लो दिनसम्म विरामी भनेर प्रचारित प्रधानमन्त्री कोइराला खुल्लामन्चमा आयोजित सभामा भाषणकालागि त्यहा पुगेर मुसलधारे पानीमा रुझेरै भाषण गरेर सबैलाई चकित पारिदिए । यद्यपी अस्वस्थताकाकारण उनी कार्यक्रम स्थलमा निकै ढिलो पुगेका थिए । एकातिर कोइराला सभामा ढिलो पुगेका थिए भने अर्कातिर कांग्रेसका अन्य नेताले लामा-लामा भाषण गरेर सभा लम्ब्याएका थिए । त्यसैले कोइरालाले सम्बोधन गर्ने बेला मुसलधारे पानी पर्न थालेको थियो । तरपनि उनले पानीको पर्वाह गरेनन् । आफूलाई ओढाउन ल्याएको छातासमेत मिल्काए उनले । र भने- 'मलाई यस्तो पानीले रोक्न सक्दैन ।' सभामा उपस्थित कांग्रेस समर्थकहरु भने दर्दरे पानीका कारण सभास्थल छाडेर बाहिरिइसकेका थिए । सीमित कार्यकर्ताहरुमात्र छाता र बस्न राखिएको कुर्चीलाई ओढ्नेको रुपमा प्रयोग गरेर बसेका थिए । ![]() कुर्ची ओढेर कोइरालाको भाषण सुनेका श्रोताहरु उनी निकै भिज्न थालेपछि सुरक्षाकर्मीले छाता ल्याएर ओढाइदिएका थिए । पानी परेकाले सिर्जना भएको कोलाहलकाबीच कोइरालाले आफू पदकालागि मरिहत्ते गर्ने मानिस नभएको स्पष्टिकरण दिए । 'मेरा लागि पद फाटेको लुगा हो, फाटेको लुगा मलाई लगाउनु छैन' उनले भने- 'मेरो लुगा भनेको जनता हुन् किनभने जनता भनेका शक्ति हुन्, त्यसैले म पदको होइन जनशक्तिको लुगा लगाउँछु ।' पदकालागि मरिहत्ते नगरेको बताएपनि कोइरालाले अहिलेसम्म प्रधानमन्त्री पदबाट राजिनामा दिएका छैनन् । उनलाई राष्ट्रपति बनाउन कांग्रेसले माओवादीसँग वार्गेनिङ्ग गरिरहेको छ । 'मलाई कतिले विरामी परेको मान्छे यहाँ कसरी आयो भन्न सक्छन् तर मेरो शरीर इश्पातले बनेको छ' आफू अस्वस्थ भएकाले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न नसक्ने भनाईको खण्डन गर्दै उनले भने । आफूले लोकतान्त्रिक पद्दति, प्रेस स्वतन्त्रता, मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको विरुद्धमा कसैसँग सम्झौता नगर्ने बताउँदै कोइरालाले अहिलेको राजनीतिक परिवर्तन कांग्रेसका कारण आएको दावीपनि गरेका थिए । संविधान सभा चुनावपछि कांग्रेसले आयोजना गरेको पहिलो सभामा कोइराला माओवादीप्रति कडा रुपमा प्रस्तुत भएका थिए । माओवादी सहमति र सहकार्यको राजनीतिबाट पर सरेको आरोप लगाउँदै प्रधानमन्त्री कोइरालाले सहमतिको राजनीतिबाट पछि हट्ने शक्ति समाप्त हुने चेतावनीपनि दिए । 'सहमति, सहकार्य, आपसी सद्भाव र मेलमिलापले परिवर्तन सम्भव बनाएको हो' कोइरालाले भने- 'जसले यो कुरा बुझ्दैन उ सँधैकालागि समाप्त हुन्छ ।' उनले संविधान सभामा कुनै एक पार्टीले जितेको नभै नेपाली जनताले जितेको उल्लेख गरे । ![]() छाता ओढ्दै बसेका पूर्व प्रम शेरबहादुर देउवा Deuba and Shushil Koirala सभामा बरिष्ठ नेता शेरबहादुर देउवा, कावा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ, महामन्त्रीहरु डा. रामबरण यादव र बिमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरिसंह केसी, तरुण दलका अध्यक्ष महेन्द्र यादव, महिला संघकी अध्यक्ष अम्बिका बस्नेत, नेबि संघका अध्यक्ष प्रदीप पौडेललगायतलेपनि बोलेका थिए । अधिकांस बक्ताहरुले कांग्रेसले माओवादीलाई सत्ता छाड्न नहुने बताएका थिए । राजतन्त्र हटाइएपनि माओवादी नयाँ श्रीपेचका साथ आएको बताउँदै कांग्रेसका नेताहरुले माओवादीविरुद्ध अब आफूहरुको संघर्ष सुरु हुने बताएका थिए । ![]() Photos: Sitaram -Sitaram Baral in Kathamandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®