Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नेपाली सेनाले काङ्ग्रेसलाई 'आतङ्ककारी', माओवादीलाई 'बिद्रोही' भने पछि



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'पन्‍चायतलेसमेत कांग्रेसलाई आतंककारी भनेन अ.त. (अराष्ट्रिय तत्व) भनेको थियो माओवादीलाई त राज्यले आतंककारी नै घोषणा गरेको थियो'


पुस्तको अग्रभाग

काठमाण्डौ, 25 Feb, 09- सरकारको नेतृत्व सम्हालिरहेको माओवादी र सेनाका प्रधानसेनापति रुक्माङ्गद कटवालबीचको द्धन्द उत्कर्षमा पुगेका बेला नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा. रामबरण यादवपनि प्रधानसेनापति रुक्माङ्गद कटवालसँग रुष्ट हुन पुग्नु भएको छ ।

सेना दिवसकै अवसर पारेर नेपाली सेनाले प्रकासित गरेको नेपालको सैनिक इतिहास भाग- २ नामक पुस्तकमा राष्ट्रपति डा. यादव लामो समय कार्यरत नेपाली कांग्रेसलाई 'आतंककारी' को संज्ञा दिइएपछि राष्ट्रपति यादव सेनासँग रुष्ट बन्नु भएको हो ।

नेपाली कांग्रेसलाई आतंककारी भनिएको करिव एक हजार पृष्ठ लामो पुस्तक सेनाले सेना दिवसको अवसरमा सैनिक मन्‍च टुडिखेलमा आयोजित कार्यक्रममा परमाधिपति राष्ट्रपति डा. यादवको हातबाट विमोचन गराउन खोजेको थियो । तर नेपाली कांग्रेसलाई आतंककारीको संज्ञा दिइएको भेटिएपछि राष्ट्रपतिले सो पुस्तक विमोचन गर्न अस्वीकार गरिदिनु भयो । राष्ट्रपति डा. यादवले पुस्तक विमोचन गर्न अस्वीकार गरेपछि प्रधानसेनापति आफैले सो पुस्तक बिमोचन गरेका थिए । राष्ट्रपतिले पुस्तक विमोचन गर्न अस्वीकार गर्नुभएपछि सेना र राष्ट्रपतिबीच चिसोपन देखिएकोमात्र छैन दुबै पक्षबीच वाकयुद्ध नै सुरु भएको छ ।

पुस्तकको 'आन्तरिक सुरक्षाका लागि नेपाली सेनाले गरेका केही कारबाहीहरु' शीर्षकको खण्डमा नेपाली कांग्रेसलाई आतंककारीका रुपमा पेस गरिएको छ । वि.सं. ०१८-०१९ मा पन्‍चायतविरुद्ध नेपाली कांग्रेसले सशस्त्र संघर्ष गरेको थियो । ०१८ मा बझांगी राजा रामबहादुर िसंहका छोरा ओमजंगबहादुर िसंहले कांग्रेसको समर्थनमा बगावत गरेका थिए । उता नेपाली सेनाकै पूर्वक्याप्टेन यज्ञबहादुर थापा कांग्रेसमा सामेल भएपछि उनलाई ०३१ मा कांग्रेसले ओखलढुंगा कब्जा गर्न पठाएको थियो । ०१८ मा बझाङ सदरमुकाम तथा ०३१ मा ओखलढुंगा सदरमुकाम कब्जा गर्न कांग्रेसले बनाएका दुवै योजना सेनाको दमनका कारण असफल भए ।
 

नेपाली कांग्रेसका योद्धाहरुलाई आतंककारी भनिएको अंश ।

बझांगी युवराज ओमजंग सैन्य कारबाहीमा मारिएका थिए भने ओखलढुंगा आक्रमणका कमान्डर क्याप्टेन यज्ञबहादुर थापा भने सोलुस्थित टिम्बुरबोटेको ओढारबाट सुरक्षित भाग्न सफल भए । राम-लक्ष्मणलगायत दर्जनजति योद्धा भने टिम्बुरबोटेकै ओढारमा मारिए । भाग्न सफल क्याप्टेन थापाको सुराक पत्ता लगाई पक्रन काठमाडौंमा रहेका क्याप्टेन रुक्मांगद कटवाललाई पठाइयो । कटवाल ओखलढुंगाकै भएकाले स्थानीय सम्पर्क प्रयोग गरी क्याप्टेन थापालाई पक्राउ गर्न सफल भए । ०३५ सालमा क्याप्टेन थापालाई मृत्युदण्डको सजाय दिइयो । सशस्त्र संघर्षमा लागी मृत्युदण्ड पाएकाले कांग्रेसले स्व. थापालाई 'सहिद' मान्दै आएको छ ।

पन्‍चायत फाल्न लडेका योद्धालाई सैनिक इतिहासमा 'आतंककारी' करार गरिएको भेटिएपछि राष्ट्रपतिलाई यसबारे जानकारी गराइयो । राष्ट्रपति डा. यादवको राजनीतिक पृष्ठभूमि पनि नेपाली कांग्रेसकै भएकाले कांग्रेसको झन्डा बोकेर सशस्त्र संघर्षमा होमिएकाहरुलाई आतंककारी भनिएको देख्दा उहाँलाई पनि नमीठो लाग्नु स्वाभाविकै थियो । त्यस्तो पुस्तकको विमोचन गर्दा राजनीतिक रुपले पनि राष्ट्रपति विवादमा पर्ने सल्लाह उहाँका सल्लाहकारहरुले दिएपछि राष्ट्रपतिले सेना दिवसका दिन पुस्तक विमोचन नगर्ने जानकारी आइतबार अपराह्न जंगी अड्डालाई दिइएको थियो । सोमबारको सेना दिवस कार्यक्रममा राष्ट्रपतिले सिपाही नामक सेनाको पत्रिकामात्र विमोचन गर्नुभएको थियो ।

पुस्तकमा कांग्रेसको ०१८-०१९ र ०२९-०३१ को सशस्त्र संघर्ष र सेनाको कारबाहीबारे उल्लेख गरिए पनि ०५८-०६३ सम्मको सेना-माओवादी भिडन्तबारे कुनै चर्चा छैन बरु त्यसमा माओवादीलाई तत्कालिन बिद्रोहीको संज्ञा दिइएको छ । ०५८ मा कांग्रेस नेतृत्वकै सरकारले माओवादीलाई आतंककारी घोषणा गरी सेना परिचालन गरेको थियो तर सरकारले आतंककारी घोषणा गरेको माओवादीलाई सेनाले 'तत्कालिन बिद्रोही' र ४५ बर्षअघि सशस्त्र संघर्ष गरेको नेपाली कांग्रेसलाई 'आतंकारी' भनेकोमा राष्ट्रपति यादव र उहाँका सल्लाहकारहरु आक्रोसित छन् । कतिसम्म भने सैनिक प्रकासनहरुमा सेनाको परमाधिपतिको तस्वीर राखिने गरेकोमा सेनाले परमाधिपतिको तस्वीरपनि राखेको छैन । यसअघि परमाधिपतिको रुपमा सेनाले राजाको तस्वीर राख्ने गर्थ्यो ।

'पन्‍चायतलेसमेत कांग्रेसलाई आतंककारी भनेन अ.त. (अराष्ट्रिय तत्व) भनेको थियो माओवादीलाई त राज्यले आतंककारी नै घोषणा गरेको थियो' राष्ट्रपतिका एक सल्लाहकारको आक्रोस छ- '०४५ वर्षअघिको विद्रोही नेपाली कांग्रेसलाई चाहिँ आतंककारी भन्ने तर तीन वर्षअघिसम्म राज्यले आतंककारी मानेका माओवादीलाई विद्रोही मात्र भनिनुको कारण के हो ? माओवादीबाट मारिएका सहायक रथी सागरबहादुर पाण्डेको समेत विद्रोहीको एम्बुसमा परी सहादत भएको भनिएको छ । सेनाका लागि कांग्रेस कहिलेदेखि आतंककारी र माओवादीचाहिँ विद्रोही भयो ?'

यस्तो हुनुमा उनीहरु प्रधानसेनापति माओवादीसँग निकट हुन खोजेको निष्कर्षमा पुगेका छन् ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®