|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'टायर बाल्ने, नेपाल बन्द गर्ने कुरा छोडेर अब
राष्ट्रको विकासमा हातेमालो गर्न युवा अघि सर्नुपर्छ'-
स्थानीय विकास मन्त्री झा काठमाडौँ, September 29, 2008- युवाहरुलाई राज्यले रोजगारीको सिर्जना नगरेमा बेरोजगारी भत्ता अनिवार्य रुपमा दिनुपर्ने माग विभिन्न युवा संगठनका नेताहरुले गरेका छन् । युथ फोरम नेपालद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रमका बक्ताको रुपमा निम्त्याइएका युवा बक्ताहरुले राज्यले युवा नीति, निर्माण, युवा संसद र युवा आयोग बनाएर मात्रै नभई ती संयन्त्रहरुलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने कुरामापनि जोड दिएका छन् । कार्यक्रममा मुख्य अतिथिका रुपमा बोल्दै स्थानीय विकास मन्त्री रामचन्द्र झाले स्थानीयस्तरमा युवाहरुलाई विकासमा परिचालनको खाँचो भएको जानकारी गराउँदै सरकारले युवाको महत्वलाई ध्यानमा राखेर युवा मन्त्रालयको गठन गरेको बताए। Minister Ramchandra Jha. Photo: Sitaram 'अहिले गा.वि.स. को बजेट पन्ध्र लाखदेखि तीस लाख गरिएको छ, विकास निर्माणको कार्यमा यो बजेटको कार्यान्वयन युवा विना सम्भव छैन' मन्त्री झाले भने- 'टायर बाल्ने, नेपाल बन्द गर्ने जस्ता कुरा छोडेर अब गाउँ शहर र राष्ट्रको विकासमा हातेमालो गर्न युवा अघि सर्नुपर्छ ।' राजनैतिक पार्टीसँग आबद्ध युवा र गैरसरकारी संस्थासंग आबद्ध युवा दुवै मिली नया नेपालको आशा संविधान निर्माणमा सघाउ पुर्याउनुपर्ने कुरामापनि उनले जो दिए । राजनैतिक सम्बद्ध युवा संगठन, विद्यार्थी संगठन, युवा सभासद, युवा लक्षित गैरसरकारी संस्था, विद्यार्थी र विभिन्न क्षेत्रका अन्य युवाहरुको उपस्थिति भएको उक्त कार्यक्रममा गोलमेचका रुपमा 'युवा संगठनका नीति तथा कार्यक्रमको समीक्षा, शान्ति स्थापनार्थ युवाहरुको अबको कार्यदिशा कस्तो हुने, युवाका साझा मुद्दा' का बारेमा चार बेग्लाबेग्लै सत्रमा सहभागी युवा प्रतिनिधिहरुले लामो छलफल बहस र आ-आफ्नो धारणा राखेका थिए । |
|
|
कार्यक्रममा बोल्दै योंग कम्युनिष्ट लीगका उपत्यका इन्चार्ज तथा नेकपा माओवादीका सभासद् चन्द्रबहादुर थापा 'सागर' ले युवाहरुको पहिचान केवल धर्ना, नारा, जुलुसमा मात्रै केन्द्रित नभई रचनात्मक रुपमा रहेको उल्लेख गरे । वाइसिएलको अर्धसैनिक संरचना खारेज नभएको जिकिर गर्दै सोधिएको एक प्रश्नको उत्तरमा उनले भने- 'आरोप प्रत्यारोपको यो बेला होइन वाइसीएलले अब बाटो खन्ने, पुलपुलेसा बनाउने, गाउँलाई व्यवस्थित गर्न गाउँ-गाउँमा खट्ने अभियान बनाएको छ ।' हतियार लिई राजनीति गर्ने वाइसिएलको कुनै नीति र योजना छैन तसर्थ अर्धसैनिक संरचनामै रहेको कुरा गलत हो ।' एमाले सम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघका महासचिव इन्द्रलाल सापकोटाले आजका युवा साधन सम्पन्न नभएर विकराल बेरोजगारीको भूमरीमा परेको र त्यसलाई राज्यले कुनै चासो नदिएको आरोप लगाए । 'युवा मन्त्रालयमात्र बनाइएको छ तर त्यसको काम कारवाही केही पनि छैन' सापकोटाले प्रश्न गर्दै भने- 'बन्द, हड्ताल र आन्दोलनका मसीहाका रुपमा युवालाई परिचालन मात्रै गरिएको छ तर सोह्र वर्ष पुगेका युवालाई बालिग मताधिकार अहिलेसम्म दिइएको छैन यो युवाप्रति पूर्वाग्रह हो कि होइन ?' नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलका महासचिव हुर्मत न्यौपानेले देशमा दुई सेना जबसम्म रहन्छ तबसम्म युवाको कुनै नयाँ कार्यदिशा तय नहुने बताउँदै शान्तिलाई कमजोर बनाउने कृयाकलाप सत्तामा रहेका पार्टीका नेता र कार्यकर्ताले गरेको आरोप लगाए । मधेशी जनअधिकार फोरमको भातृसंगठन मधेशी युवा फोरमका विष्णुनारायण यादवले युवाका चुनौति र कठिनाईहरु मनग्गे भएको र त्यसका लागि मार्ग सहज गर्ने भूमिकामा राज्य गम्भीर नरहेको आरोप लगाए । यादवले विगतका शत्रुता, वैरभाव र वैमनस्यलाई बिर्सिएर संविधान निर्माण कार्यमा युवाहरुले आफ्नो ध्यान लगाउनुपर्ने बताउनुभयो । सबै पक्षका युवालाई समेट्ने गरी आयोजना गरिएको सो सर्वपक्षीय युवाको गोलमेच अन्तरकृयामा सभासदहरु नेकपा माओवादीका खुमा सुवेदी र राजकाजी महर्जन, तमलोपाका रामकुमार शर्मा, मधेशी जनअधिकार फोरमकी आशाकुमारी सरदारले युवाका साझा मुद्दाका बारेमा चर्चा गरेका थिए । विद्यार्थी संगठनहरुमध्येबाट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुरेन्द्र सुवेदी, अनेरास्ववियूका केन्द्रीय सदस्य विनोद खनाल, नेवि संघका महामन्त्री मनोजमणि आचार्य, तमलोपा विद्यार्थी फ्रन्टका सुरेश मण्डल, मधेशी विद्यार्थी फ्रन्टका ओमप्रकाश भट्टलगायतले राज्यको ध्यान युवाहरुमा केन्द्रित हुनुपर्ने बताउँदै आधारभूत आवश्यकताजस्तै शिक्षा स्वास्थ्य रोजगारीको क्षेत्रमा युवाको सहजै सजिलै पहुँच हुनेपर्ने कुरामा जोड दिए। युथ फोरम नेपालका अध्यक्ष प्रल्हाद गिरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय लगायत संस्थाका प्रतिनिधिहरुले अन्तरकृया बहसमा भाग लिएका थिए । गोलमेच अन्तरकृयाको संयोजन र संचालन युवा चलचित्र निर्देशक नारायण पुरीले गरेका थिए । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||