|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
जापानमा नेपाली कामदार जाने प्रकृया अन्तिम चरणमा |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भारतको तिहाड जेलमा ५१८ नेपाली चेली काठमाण्डौ, January 17, 2009- नेपालीहरुकालागि वैदेशिक रोजगारीको आकर्षक स्थल जापानमा नेपाली कामदार लानका लागि अन्तिम चरणमा पुगेको छ । केही दिनमै प्रशिक्षार्थी कामदार लानेबारे आवश्यक सूचना प्रकाशितसमेत हुने भएको छ । श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्टका अनुसार सरकारले सुरक्षा र बढी रेमिटेन्सको दृष्टिले जापानलाई प्राथमिकतामा राखे अनुसार यो व्यवस्था हुन लागेको हो । प्रशिक्षार्थी कामदार जापान लानका लागि नेपाल उद्योग वाणिज्य महासंघ र जापान इन्टरनेशनल ट्रेनिङ को-अपरेशन अर्गनाइजेशन जिट्कोमार्फत् काम संचालन भइरहेको जानकारी उनले दिएका छन् । निजी क्षेत्रका केही वैदेशिक रोजगार व्यवसायीसंग सम्बद्ध संस्थाहरुलाई पनि जिम्मेवारी दिइएको र छिट्टै सूचना निकालिने बताऊदै मन्त्री भट्टले आवश्यक प्रकि्रया छिटो पूरा गर्न आग्रह गरिरहेको र ढिलो भए अन्य विकल्प खोज्नुपर्ने जानकारी गराएको समेत बताएका छन् । नेपालीहरुमाथि श्रम शोषण हुनथालेको घटना बढ्दै गएकाले सरकार गम्भीर भएको बताऊदै मन्त्री भट्टले गैरकानुनी ढंगबाट भारतको बाटो हुदै रोजगारीका लागि जादा घरबारविहिन हुने र जेलमा पर्नेहरुको संख्या बढ्दै गएकाले सरकारले कानुनमा आवश्यक सुधार गर्न लागेको जानकारीसमेत दिएका छन् । मन्त्री भट्टका अनुसार सुरक्षित रोजगारीको सम्भावना रहेका मुलुकहरुलाई प्राथमिकतामा राखिएको छ । भारतको बाटो हुँदै गैरकानुनी ढंगबाट विदेश जान लागेका ५ सय १८ नेपाली चेली भारतको तिहाड जेलमा रहेकाले छुटाउन पहल भइरहेको जानकारीपनि उनले दिएका छन् । विभिन्न देशमा नेपालीहरु अलपत्र पर्ने र जेलमा पर्ने क्रम बढेकाले सम्बन्धित देशका राजदूतहरुलाई उद्धारका लागि भनिएको बताऊदै उनले कतिपय देशमा रहेका नेपाली राजदूतहरुबाट सहयोग नभइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका छन् । वैदेशिक रोजगारीका लागि मान्यताप्राप्त देशका राजदूतावासमा श्रम सहचारी छिट्टै राखिने कथन समेत उनको छ । सरकारले वैदेशिक रोजगारीमा भन्दा स्वदेशमै रोजगारी प्रदान गर्न पहल गरिरहेको बताऊदै मन्त्री भट्टले रोजगारीका अवसर सृजना नहुाजेल सुरक्षित रोजगार स्थलहरुमा नेपाली पठाउन सरकारले काम गरिरहेको स्पष्टिकरण दिए । मन्त्री भट्ट उपस्थित सो कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष कपिल थापाले जापानमा नेपाली कामदारको माग बढिरहूदा पनि सरकारले गम्भीरता नदेखाएको बताए। सरकारले छिट्टै प्रकि्रया पूरा गरेमा हजारौं नेपाली जापान जान पाउने बताऊदै थापाले भने- 'जापान नेपाली कामदार लैजान आतुर आतुर छ नेपाली कामदार जापान लैजान केले बाधा पुर्यायो भन्दै जापानी उद्योगपतिहरुले प्रश्न गरिरहेका छन् । कामदारहरुलाई जापान लैजान आवश्यक प्रकि्रया थाल्न नेपाल उद्योग वाणिज्य महासंघ र जिट्कोले जिम्मा लिएपनि कुनै काम अगाडि नबढेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । जापानबाट आएका उद्योगी व्यवसायीहरु मात्सुयामा हारालुचे इदालगायतले नेपाली कामदार जापान लान आफूहरु आतुर रहेको बताएका थिए । उनीहरुले नेपालीहरु मिहिनेती, कामप्रति इमान्दार हुने भएकाले लान चाहेको बताएका थिए। -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||