|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
सबै दलका महिला एकै ठाउँमा
जुटे![]() Nepalese Women leaders, activists in a conference in Kathmandu. काठमाडौं, March 31, 2008-संविधानसभाको निर्वाचनमा महिला उम्मेदवारलाई जिताउन अन्तर पार्टी महिला सन्जालद्धारा चैत १७ गते राजधानीमा आयोजित कार्यक्रममा जुन सुकै पार्टीका भएपनि महिला उम्मेदवारलाई विजय बनाउनुपर्ने विचार वक्ताहरुले प्रस्तुत गरे । ![]() अन्तर पार्टी महिला सन्जालले संविधानसभा निर्वाचनमा महिला उम्मेदवारलाई विजय गराउन चैत १७ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रम । Photos: Santa Gaha Magar एकै क्षेत्रमा एक भन्दा बढी उम्मेदवारी परेको छ भने उसको योग्यता, क्षमता र योगदान हेरेर मतदान गर्न सन्जालले आव्हान गरेको छ । सन्जालले महिला नै नभएको क्षेत्रमा भने आदिवासी, जनजाति, दलित, मधेशी र अल्पसंख्यकलाई प्राथमिकता दिएर मतदान गर्न आग्रह गरेको छ । प्रत्यक्ष प्रणाली तर्फ ठूला दलहरुले १० प्रतिशत भन्दापनि कम महिला उम्मेदवारी दिएकोमा सन्जालकी अध्यक्ष उमा अधिकारीले आक्रोश व्यक्त गरिन् । अधिकारीले भनिन्- 'अब महिला उम्मेदवारको सँख्या बढाउने समय छैन । तर जतिले उम्मेदवारी दिएका छन उनीहरुलाई जिताउन कम्मर कसेर लागौं ।' नेपाल महिला संघकी नेतृ सुप्रभा घिमिरेका अनुसार महिला उम्मेदवारलाई विजय गराउन सन्चार माध्यमले सकारात्मक भूमिका खेल्नु पर्छ । घिमिरे भन्छिन्'पुरुषले बोलेका कुरा त जहिले पनि आई रहेकै हुन्छ । त्यसैले महिलाका कुरा सन्चार माध्यमले प्राथमिकताका साथ सम्प्रेषण गर्नु पर्छ ।' राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला थापा भने महिला उम्मेदवारलाई जिताउन पुरुषले नै सहयोग गर्नुपर्ने बताउँछिन् । थापा भन्छिन- 'अचानोको पीर खुकुरीलाई थाहा नभए जस्तै महिलाको पीडा पनि पुरुषलाई थाहा हुँदैन त्यसैले आगामी संविधानसभमा बढी भन्दा बढी महिलाको सहभागिता हुनुपर्दछ ।' संविधानसभामा महिला सहभागिता पहिलो हुने निर्वाचित हुने चुनाव प्रणाली अन्तर्गत जम्मा तीन हजार ९ सय ४७ उम्मेदवार मध्ये महिलाको सँख्या तीन सय ६७ मात्रै छ । प्रतिशतको हिसावले यो ९.२९ प्रतिशत मात्रै हो । यति मात्रै होइन एक जुगमा एक पटक आउने संविधानसभाको चुनावमा १६ जिल्लाका ६७ निर्वाचन क्षेत्रमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन । सबैभन्दा बढी महिला उम्मेदवार भएको काठमाडौं क्षेत्र नं. १ र ८ मा ८/८ जना महिलाको उम्मेदवारी परेको छ । दुई सय चालीस मध्ये ५१ निर्वाचन क्षेत्रमा दुई, दुई जना मात्रै महिला उम्मेदवार छन् । समानुपातीक तर्फ निर्वाचन आयोगमा सूचिकृत ६ हजार मध्ये महिलाको संख्या तीन हजार ६८ रहेको छ । स्मरण रहोस्, समानुपातीकमा कम्तीमा ५० प्रतिशत महिलाको नाम पेश गर्नै पर्ने बाध्यत्मक प्रावधान आयोगको छ । प्रत्यक्ष तर्फ ४२ जना महिलाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®