Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Archive»
Photo: Santa Bagam. Nepalese people & new Nepal. Illustration: eEyeCam
बिशेष फिचर:
  नयाँ नेपालको नयाँ समिकरण देखेर जनता परे जिल्ल

काठमाडौं,  July 26, 2008- संघीय गणतान्त्रिक नेपालले नयाँ राष्ट्रपति पाएर पनि प्रर्याप्त उत्साह र उमंग भने पाउन सकेन ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको खुशीयालीमा साउन ९ गते सार्वजनिक विदा घोषणा गरिएकै दिन पनि जनताले निकै सास्ती भोग्नु पर्यो ।

एकातिर पहिलो गास मै ढुङ्गा भने झै उपराष्ट्रपति परमानन्द झाले 'हिन्दी' भाषामा सपथ लिएको भन्दै देश भरी विरोध प्रदर्शन भए भने अर्को तर्फ विद्यार्थीको आन्दोलनका कारण जनजीवन निकै अस्तव्यस्त रह्यो ।
सरकारका मन्त्री तथा कर्मचारीहरु र आफ्नै नीजि सवारी साधन हुनेहरु गाडीमा हुइकिरहेका थिए भने अन्य जनता घण्टौं पैदल हिडिरहेका थिए । सार्वजनिक विदाको दिन भए पनि साउन ९ गते वास्तवमै निक्कै खल्लो र सास्ती पूर्ण रह्यो ।

राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई ज्ञापन गर्ने दिनमा नै उपराष्ट्रपतिको विरोध हुनु हरेक स्वाभिमानी नेपालीको लागि निःसन्देह गर्वले शीर उठाउने दिन बन्न सकेन ।

यस सम्बन्धमा युएस नेपाल अनलाईनले काठमाडौंमा भेटिएका जनताहरुको अभिमत बुझ्ने प्रयास गरेको छ । प्रस्तुत छ- युएस नेपाल अनलाईनका पाठकहरुका लागि:


Yasodhan Rana. Photos: Santa
 
रोजगारको सिलसिलामा विगत ११ वर्षदेखि हङकङ बस्दै आएका यशोधन राना पटक पटकको बन्दबाट निकै आजित छन् । हरेक साना मसिना कुरामा बन्द हडताल हुँदा उनलाई नेपालै नआउँ कि जस्तो लाग्छ रे । ४६ वर्षीय राना पटक पटकको बन्द प्रति जति दुःखी थिए त्यो भन्दा बढी आक्रोसित भए जब उपराष्ट्रपति झाको हिन्दी भाषाको सपथको प्रसंग चल्यो । राना भन्छन् 'आफ्नो मातृभाषामा सपथ लिएको भए राम्रै हुन्थ्यो । तर नेपालका उपराष्ट्रपतिले किन भारतको राष्ट्रिय भाषामा सपथ लिने ?'


Khemraj Khanal

प्रहरी प्रधान कार्यालयमा कार्यरत खेमराज खनाल सरकारी जागिरे भएपनि राजनीति प्रति निकै चासो राख्दा रहेछन् । सार्वजनिक विदाको दिन कार्यालय जान नपरेपछि उनलाई ९ गतेको बन्दले त्यति असर गरेनछ । तर गणतान्त्रिक नेपालको राष्ट्रपति गैर-गणतन्त्रवादी भएकोमा भने २६ वर्षीय खनाललाई उति मज्जा लागेको रहेनछ । प्रहरी सहायक निरिक्षक खनालले भने 'जनताको छोरो राष्ट्र अध्यक्ष बनेकोमा धेरै खुशी छु तर रामराजा प्रसाद सिंह जस्ता गणतन्त्रवादी नेता आए अझै राम्रो हुन्थ्यो कि ?'
डिप्लोमा इन कम्प्युटर इन्जिन्यारिङ गरेका खनाललाई माओवादीको उम्मेदवार सिंह राष्ट्रपति भएका भए जनतामा अझै खुशीयाली आउने आशा रहेछ ।


Jasbahadur Maharjan

ललितपुरका स्थायी बासिन्दा जसबहादुर महर्जन भने देशले नयाँ राष्ट्रपति पाएकोमा अघोरै खुशी छन्‌ । बहुमतले छानेको राष्ट्रपति भएकाले उनलाई पनि मन परेको रे । ह्याण्डी क्राफ्ट व्यावशायी महर्जनको राष्ट्रपतिलाई एउटै सल्लाह छ -'जनतालाई अधिकार सम्पन्न गराउने कुरामा पार्टी र समुदायगत स्वार्थ भन्दा मागि उठ्नु पर्छ।'

उपराष्ट्रपतिले हिन्दीमा सपथ खाएको भने ३५ वर्षीय महर्जनलाई पनि चिक्त नबुझेको रहेछ ।


Subindra Tamang

युएस नेपाल अनलाईन प्रतिनिधिले ललितपुरको महालक्ष्मी स्थानमा भेटेका सुविन्द्र तामाङ्गलाई राष्ट्रपति निर्वाचनको परिणाम स्वाभाविक लागेको रहेछ । पाटन क्याम्पसमा स्नातक तह अध्ययनरत तामाङ्गले भने 'तर जनताले म्याण्डेट दिएको पार्टीले उठाएको उम्मेदवार परिजाति भएकोमा धेरै दुःख लागेको छ ।'

२२ वर्षे युवा जोशले भरिएका तामाङ्ग सोझै भन्छन् 'गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहलाई षडयन्त्र पूर्वक हराइएको छ ।' कुनै पार्टी सदस्यता नलिएको बताउने तामाङ्गलाई एमाले, काँग्रेस र फोरमको गठबन्धन जनताको भावना विपरीत छ भन्ने लागेको रहेछ ।


Dhankesar Suryabansi

लगनखेलमा भेटिएका पाल्पाका धनकेशर सूर्यवंशीलाई राष्ट्रले योग्य राष्ट्रपति पाएकोमा निकै गर्व महशुस भएको छ रे । उमेरले ५१ कटेका सूर्यवंशीले सबै जाति, भाषा, क्षेत्रको अधिकारको लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह गरे ।


Bishnu Subba

२४ वर्षीय विष्णु सुब्बा यथास्थितिवादी शक्तिले चुनाव जितेको आरोप लगाउँछन् । स्नातक अध्ययनरत सुब्बा तीन दलीय गठबन्धनलाई प्रचण्डले जस्तै अपवित्र र अनैतिक भन्न रुचाउँछन् ।

इलाम स्थायी घर भएका सुब्बा भन्छन् 'गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति गणतन्त्रवादी नेता सिंह भएको हेर्ने चाहना थियो ।'


Sabitri Katwal

मुलुकले नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुख पाएकोमा भृकुटी मण्डप अगाडि भेटिएकी सावित्री कटवाल पनि निकै प्रसन्न थिइन् । तर उपराष्ट्रपतिको सपथकै कारण बन्द हड्ताल भएकोमा भने ४४ वर्षीय सावित्रीलाई निकै रिस उठको छ । छोरा-छोरीलाई डक्टर, इन्जिनियर बनाईसकेकी गृहणी कटवालले सल्लाह छ -'समावेशी बनाउँदै मुलुकको अस्मितामा चोट नपुगोस् ।'


Menuka Subba. Photos: Santa

लगनखेलदेखि सातदोबाटो सम्म एउटै माइक्रोबसमा जाँदा मेनुका सुब्बाले पनि समसायिक विषयमा खुलेर कुराकानी गरिन् । दश जोड दुई अध्ययनरत सुब्बाले गणतन्त्र आएर मात्रै नहुने बरु राजतन्त्रात्मक संस्कारको अन्त्य हुनु पर्ने विचार राखिन् ।

चन्‍चले स्वभाविककि २१ वर्षीय लिम्बुलाई उपराष्ट्रपतिको हिन्दी भाषाको सपथ प्रति भने खासै गुनासो रहेनछ । युएस नेपाल अनलाईन प्रतिनिधिसँग उनले भनिन्‌ 'ग्लोबलाइजेसनको जमानामा के यो भाषा, त्यो भनेर बस्नु ?'

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®