|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली मुस्लिमहरु अन्य दल छोडि धमाधम माओवादीमा प्रबेश 'छोटे राजाहरुको षडयन्त्र जारी छ'-प्रचण्ड Prachanda at the Nepalese Muslim event. Photos: Sharmila काठमाडौं, July 27, 2008- 'नमाजु पढ्ने मुस्लिम धर्मगुरु र धर्मलाई अफिम ठान्ने माक्स्रवादबीचको पर्खाल भत्काउँदै मुस्लिम मौलाना धर्मगुरुहरु शनिवार नेकपा माओवादीमा प्रवेश गरेका छन्। आफूहरुको धर्म तथा संस्कृति अतिक्रमणमा परेको र माओवादी विचारधारालेमात्र यसको संरक्षण गर्न सक्ने बताउँदै उनीहरु माओवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले फूल र मालाका साथ अवीरले स्वागत गरे । त्रिचन्द्र क्याम्पस घण्टाघरमा भएको कार्यक्रममा माओवादीमा प्रवेश गर्नेहरुमा धर्मगुरुहरुका अलवा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमसँग सम्बद्ध मुस्लिम संगठनका केन्द्रीय नेता-कार्यकर्ताहरु थिए । कांग्रेस र एमालेले पहिल्यैदेखि मुस्लिमहरुलाई भोट बैंकको रुपमा प्रयोग गर्दै आएकोमा पछिल्लो समयमा फोरमले पनि मुस्लिमहरुलाई सिर्फ भोट बैंकको रुपमा प्रयोग गरेको तर चुनावपछि फोरमले मुस्लिमहरुको वास्ता गर्न छाडेको आरोप लगाए । उनीहरुले फोरमको 'एक मधेश एक प्रदेश' को नारा मुस्लिम स्वायत्तताको विरुद्धमा रहेको बताए । 'हामी मधेशी होइनौं मधेशमा बसोबास गर्दै आएका मुस्लिम हौं, हाम्रो पहिचान नेपाली मुस्लिम हो' उनीहरुले भने- 'हामी अखण्ड नेपाल चाहन्छौं तर फोरमका केही नेताहरु देश टुक्र्याउने षडयन्त्रमा छन् ।' मधेश आन्दोलनमा ११ जना मुस्लिमहरु शहीद भएपनि मधेश आन्दोलनका हत्यारा नेपाली कांग्रेस र एमालेसँग सत्ताकालागि मधेशी जनअधिकार फोरमले गठजोड गरेको भन्दै फोरमबाट न मधेशीको न मुस्लिमहरुको नै मुक्ति हुन्छ भने । |
|
|
माओवादी सम्बद्ध मुस्लिम मोर्चाले आयोजना गरेको कार्यक्रमको सुरुवात नमाज पढेर गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांस मुस्लिम बक्ताहरुले उर्दूमा सम्बोधन गरेका थिए । माओवादीमा प्रवेश गरेका मौलाना र अन्य दलसँग सम्बद्ध मुस्लिम नेता कार्यकर्ताहरुले उर्दूमा गरेको सम्बोधन र पाएको तालीबाट माओवादी अध्यक्ष प्रचण्डपनि लोभिए । त्यसैले आफ्नो सम्बोधन गर्ने पालो आएपछि उनले भने- 'मलाईपनि उर्दू भाषा औधी मन पर्छ उर्दू भाषाको लबज नै सुन्दर छ । तर मलाई बोल्न आउँदैन । अबदेखि म उर्दूमा बोल्न सिक्ने प्रयास गर्नेछु । र तपाईहरुको अर्को कार्यक्रममा आउँदा म उर्दूमा बोल्नेछु ।' उनलाई मुस्लिमहरुले नवाज पढ्दा लगाइने टोपी पहिर्याइदिएका थिए । अघिल्लो महिना मुस्लिमहरुद्धारा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादीको नेतृत्वमा सरकार बनेपछि मुस्लिम आयोग गठन गर्ने, स्थायी हज कमिटी गठन गरी मुस्लिमहरुको पवित्र चाडलाई व्यवस्थित गर्ने, उनीहरुका मस्जिदहरुलाई पर्यटक आकर्षणको केन्द्र बनाउने लगायतका योजना पेश गरेपछि मुस्लिम समुदाय माओवादीप्रति आकर्षित भएको हो । अध्यक्ष प्रचण्डले उपरोक्त योजनामा शनिवारपनि आफ्नो प्रतिबद्धता दोहोर्याए । उनले नेपाली मुस्लिमहरु अत्यन्त राष्ट्रवादी भएपनि राज्यको उत्पीडनमा परेको पनि बताए । कार्यक्रममा प्रचण्डले राजनीतिक परिस्थितिका सम्बन्धमापनि निकै कडा टिप्पणी गरेका थिए । 'संविधान सभा चुनावमार्फत् हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएपछि हाम्रा विरुद्ध निकै ठूला षडयन्त्र हुँदैछन्' प्रचण्डले भने- 'फेरि जसरी भएपनि गिरिजाप्रसाद कोइरालालाई नै प्रधानमन्त्री बनाउने रे ! यदि जनताको चाहना विपरित जनताबाट तिरस्कृतहरुलाई सत्तामा ल्याउने काम भयो भने नेपाली जनता सडकमा उत्रनेछन्।' Photos: Sharmila माओवादीले पाएको जनादेश विपरित चुनाव हारेको नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई सत्तामा ल्याइए उनको हालतपनि राजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनीपनि प्रचण्डले दिएका छन् । 'राजाहरु लखेटिएका छन् तर छोटे राजाहरुको षडयन्त्र जारी छ' आक्रोसका साथ सम्बोधन गरेका प्रचण्डले कोइरालाप्रति संकेत गर्दै भने- 'यस्ता छोटे राजालाई नेपाली जनता कान्छी औंलाको बलमा लखेट्न सफल हुनेछन् ।' कोइरालाको नेतृत्वमा नेपाली जनतामाथि दमन र हत्या भएको बताउँदै उनले कोइराला जनताको मालिक हुन नसक्ने बताए । स्वायत्त प्रदेश र आत्मनिर्णयको अधिकारसहितको प्रदेशको परिकल्पनाकार नेकपा माओवादी भएको बताउँदै प्रचण्डले हिजो संघीयताको विरोध गर्नेहरु आज विदेशीहरुको सहारामा सत्ताका उपल्ला स्थानहरुमा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरे । -Sharmila Thapa in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||