Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली मुस्लिम समुदायलाई खुशी पार्ने पालो


Archive» Words: Santa & Vivek. (1) Prachanda, (2) Crescent Moon and star is the flag of many Muslim countries and symbol of Muslim, (3) Dev Gurung, (4) In Arabic "Allah", and (5) Upendra Yadav. Photos: Santa, Sources. Illustration: eEyeCam

काठमाडौं,  July 9, 2008- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने 'शक्तिशाली मुस्लिम राष्ट्रिय आयोग' बन्ने बताएका छन् ।

माओवादी नेतृत्वमा सरकार बन्ने बित्तिकै मुस्लिम समुदायका समस्या पहिचान गरी समाधान खोज्न शक्तिशाली मुश्लिम आयोग गठन गरिने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । 'मुश्लिम लगायतका समुदाय लामो समयदेखि नै अन्यायमा पर्दै आएका छन् त्यो अन्याय र क्षतिबापत उनीहरुले क्षतिपूर्ति पाउनुपर्छ' माओवादी निकट मुश्लिम मुक्ति मोर्चाले राजधानीमा आयोजना गरेको 'नयाँ संविधानमा मुस्लिम समुदाय र विशेषाधिकारको प्रश्न' विषयक कार्यक्रममा प्रचण्डले भने- 'यसकालागि हामी सरकारमा गैसकेपछि छुट्टै शक्तिशाली आयोग बनाउनेछौं ।'

मुश्लिम समुदायको आर्थिक सम्बृद्धिकालागि आफ्नो नेतृत्वको सरकारले विशेष कार्यक्रम ल्याउने आश्वासनपनि प्रचण्डले सो अवसरमा दिएका थिए । उनको भनाई थियो- 'यसकालागि मुस्लिमहरुको धार्मिक स्थललाई पर्यटकीय स्थलको रुपमापनि विकास गर्नुपर्छ । अब बन्ने नयाँ सरकारले यसबारेमा ठोश निर्णय गर्नेछ ।'

  कार्यक्रमका अर्का अतिथि मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मुस्लिम समुदायको पर्वहरुलाई पनि अन्य जातिका पर्वलाई जस्तै राष्ट्रिय पर्व घोषणा गर्नु पर्ने भनाई राखे । मुस्लिम समुदायको अधिकारलाई कानुनी रुपमै संरक्षण गरिनु पर्नेमा यादवको जोड थियो ।

माओवादीका अर्का नेता देव गूरुङ्गले विगतमा नेपाल हिन्दु राज्य हुँदा सबै भन्दा बढी विभेद मुस्लिम धर्मावलम्बी माथि भएको विचार व्यक्त गरे ।
मुस्लिम मुक्ति मोर्चाका महासचिव डा. हुसेनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका अधिकांश वक्ताहरुले अल्पसंख्यक मुस्लिम समुदायको अधिकार नयाँ संविधानमा महत्वका साथ राखिनु पर्ने धारणा राखेका थिए । मुस्लिम समुदायलाई पनि आदिवासी, जनजाति, मधेशी, दलित जस्तै सूचिकृत गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

यसैवीच विभिन्न पार्टीबाट निर्वाचित १७ मध्ये १० मुस्लिम सभासदले पत्रकार सम्मेलन मार्फत आफूहरुलाई 'एक मधेश एक प्रदेश' स्विकार्य नहुने बताएका छन् । पत्रकार सम्मेलनमा वितरित वक्तव्यमा संविधानमा विभिन्न धारामा संशोधन, मुस्लिम समुदायका चाडपर्वमा विदा दिनु पर्ने, जनसंख्याको आधारमा राज्यका हरेक निकायमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ ।

-Santa Bagam and Vivek Baral in Kathmandu


Nepalese Muslim community. Photos: Santa
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®