अनलाइन नेपाली साहित्य मंच वेलायतद्वारा उपराष्ट्रपति झा बिरुद्ध
आन्दोलन
Vice-President Parmanada Jha. Photo courtesy: Online Literary
Society, UK
-UNO
बिशेष सम्बाददाता
युके, July 27, 2008- वेलायत (युके) मा बसोबास गर्ने नेपाली
साहित्यकार हरुको सङ्स्था अनलाइन नेपाली साहित्य मंचले हिन्दी भाषामा शपथ
खाएका उपराष्ट्रपति परमानन्द झाको बिरुद्ध आन्दोलनको आह्वान गरेको छ।
मंचद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण रुप पढ्नुहोस्:
प्रेस विज्ञप्ति
नेपालका नवंनिर्वाचित मैथिली भाषि उपराष्ट्रपति परमानन्द झाले हिन्दी
भाषामा शफत खानुले िसंगो मैथिलि भाषी मधेशी र समग्र नेपालीहरुको उपहास भएको
छ । नेपाल र नेपालीहरुको राष्ट्र भावना बुझ्न नसक्ने झा उपराष्ट्रपति हुन
उपयुक्त नभएको ठहर गर्दै निजले गरेको अत्यन्तै निच कार्यको विरोधमा जुनसुकै
प्रकारको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
निज झालाई उपराष्ट्रपतिको रुपमा स्वीकार नगर्न र आन्दोलनमा उत्रन आब्हान
गर्दै समग्र नेपाल र नेपालीको हितको निम्ति सबैलाई सचेत हुन हार्दिक अनुरोध
गर्दछौं । निज झाले तुरुन्त सार्वजनिक माफ माग्दै निजको मातृभाषा मैथिलीमा
वा नेपाली भाषाका सफथ लिनु पर्दछ भन्ने जोडदार माग गर्दछौं ।
नवनिर्वाचित राष्ट्रपति डा. रामवरण यादव ज्यूलाई हार्दिक बधाई ज्ञापन
गर्दछौं ।
अनलाइन नेपाली साहित्य मंच वेलायत
वेलायत
मितिः २५ जूलाई ०८