|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अशक्तलाई टीका लगाउने क्रममा स्वास्थ्यस्थिति सोध्दै पूर्व राजा Photos: Sitaram काठमाण्डौं, October 9, 2008- अपरान्ह चार बजॆदेखि निर्मल निवासमा पूर्व राजाको तर्फबाट टीका लगाउन सुरु गरिएको छ । राजतन्त्रको अन्त्य भै ज्ञानेन्द्र शाह 'पूर्व राजा' मा परिणत भएपनि राजतन्त्र र उनीप्रति श्रद्धा व्यक्त गर्दै सयौं नेपालीहरु उनको हातको टीका थाप्न उनको निजी निवास निर्मल निवास पुगेका छन् । निर्मल निवासमा पुग्ने कतिपयको हातमा राष्ट्रिय झण्डा छ । निर्मल निवास पुग्ने अधिकांसले दौरा सुरुवाल लगाएका छन् । सम्भ्रान्त वर्गदेखि अत्यन्त गरिव नेपालीहरु समेत पूर्व राजाको हातबाट टीका थाप्न इच्छुक भएको अनौठो दृष्य निर्मल निवास भित्र र बाहिर देखिएको छ । टीकाकालागि निर्मल निवास पसिसकेको समूहले पूर्व राजा र उनकी रानीको हातबाट टीका लगाउन सुरु गर्नासाथ 'हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ' भन्ने नारावाजी गरेको थियो । राजतन्त्रका समर्थकहरुले राजतन्त्र फिर्ता गरेर छाड्ने नारापनि लगाएका थिए । पूर्व राजासँग टीका थाप्न जानेहरुमा अधिकांस पन्चायती पृष्ठभूमिका मानिसहरु थिए । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, शाहीकालीन मन्त्रीहरु दानबहादुर शाही, टंक ढकाल, श्रीष शमशेर जवरालगायतका शाही काल र पन्चायती शासन व्यवस्थामा मन्त्री बनिसकेका दर्जनौं अनुहार टीका लगाउनकाकालागि लाइनमा बसेको देखिन्थ्यो । टीकाका क्रममा कतिपयले पूर्व राजा रानीलाई राजतन्त्र कालमा झै दाम चढाएर अभिवादन गरेका थिए । केही समर्थकहरुले पूर्व राजा तथा पूर्व रानीलाई ढोग्नै खोजेको देखिएको थियो तर पूर्व राजा-रानी दुबैले नढोग्न आग्रह गरिरहेका थिए । निर्मल निवास पुग्नेहरुलाई पूर्व राजा-रानीले टीकामात्र लगाएर विदाई गरेका थिए । |
|
|
पूर्व राजासँग टीका लगाएर फर्कंदै पूर्व प्रम लोकेन्द्रबहादुर चन्द टीकाका क्रममा पूर्व राजाले कतिपयसँग हालखवर सोधेकापनि थिए । लगाउने क्रममा कतिपयले पूर्व राजा तथा रानीलाई खाममा हालेर पत्र समेत दिएका छन् । पूर्व राजा र पूर्व रानीबाहेक टीका कार्यक्रममा पूर्व राज परिवारका सदस्यहरु देखिएका छैनन् । पूर्व राजा ज्ञानेन्द्रले आफ्नी आमा पूर्व मुमा बडामहारानी रत्न र हजुरआमा सरलासँग आज विहान टीका लगाइसकेका छन् । आज अपरान्ह ४ बजेदेखि निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका लगाइदिने समय तोकिएको छ । उनीसँग टीका लगाउनकालागि दर्जनौं मानिसहरु दिउसैदेखि निर्मल निवासको गेटबाहिर टीका लगाउन लाइनमा बसिसकेका छन् । पूर्व राजा ज्ञानेन्द्र असोज ४ गते देखि निर्मल निवासमा नै बस्दै आएका छन् । उता पूर्व युवराज पारश भने सिङ्गापुरमा नै छन् । दशैंका बेलापनि देश बाहिर रहने उनी पूर्व राज परिवारका एकमात्र सदस्य भएका छन्। -Sitaram Baral in Kathmandu पूर्व राजासँग टीकालगाउन लाइनमा बसेका शाहीकालीन गृहमन्त्री दानबहादुर शाही बीचमा सर्व साधारणलाई टीका लगाईदिदै पूर्व राजा रानी Photos: Sitaram पूर्व राजासँग टीकालगाउन निर्मल निवास अगाडि लामबद्ध जनसमूह टीका लगाउन गएका राजावादी नरेशजङ्ग राणा पूर्व राजा-रानीको लकेट सहित पूर्व राजासँग टीका थाप्न जाने क्रममा निर्मल निवास परिसर बाहिर लाइनमा रहेका व्यक्तिसँग रहेको प्लेकार्ड टीका लगाउन लाइनमा शाहीकालीन सन्चारमन्त्री टंक ढकाल सबैभन्दा अगाडि एक बालिकालाई टीका लगाईदिदै पूर्व राजा रानी Photos: Sitaram निर्मल निवास परिसर भित्रको लाइन Photos: Sitaram |
||
|
Read our related news and photo feature: » "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो" शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos) » क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos) » साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं » Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos) » पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos) » माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका » राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos) » Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए » वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos) » बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै (Special: 10 Photos) » "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो" नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||