Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेतै पिच्छे फरक फरक देशको चिन्ता

काठमाण्डौं, October 4, 2008- सरकारले तराईमा कृयाशिल सशस्त्र समूहसँग वार्ता समिति गठन गरेको भोलिपल्ट उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले हिंसात्मक कृयाकलाप छाडेर बार्तामा आउन सबै संघर्षरत समूहलाई आग्रह गरेका छन् ।

कानुन हातमा लिनेलाई कार्बाहीको प्रकृया थालिसकेको बताउँदै मन्त्री गौतमले शान्ति र सु-व्यवस्था कायम गर्न कुनै कसर बाँकी नराखिने भनाई राखे । काठमाडौंको दशरथ रङ्गशालामा आयोजित एक कार्यक्रममा असोज १७ गते उनले शान्तिको पुनःस्थापना र देशको पुनःनिर्माण अहिलेको मुख्य आबश्यक्ता भएको धारणा राखे ।

सोही कार्यक्रममा सभामुख सुभाषचन्द्र नेम्वाङ्ले संबिधान नियमावली अन्तिम चरणमा पुगेकेा बताउँदै संबिधान सभा नियमावली पूरा भएपछि संबिधान निर्माणको प्रकृया थालनी हुने जानकारी दिए । नेकपा एमालेका महासचिब झलनाथ खनालले ६ महिना भित्रै शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनुपर्ने उल्लेख गरे । उनले जनचाहना अनुरुप शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन सबै एकताबद्ध हुनुपर्ने बताए ।

कार्यक्रमका अर्का वक्ता नेकपा माओवादी नेता पोष्टबहादुर बोगटीले शहिद र बेपत्ता परिवारले सम्झौता अनुरुपको राहत पाउन नसकेकोमा दुःख व्यक्त गरे । नेता बोगटीले छिट्टै सबैलाई राहत उपलब्ब्ध गराईने पनि जानकारी दिए ।

उता नेपाली काँग्रेस उपसभापति नेता रामचन्द्र पौडेलले नेपाललाई स्वतन्त्र र अखण्ड राख्न सबै निष्ठापूर्बक लाग्नुपर्ने धारणा राखे । त्यसैगरी एमाले नेता माधबकुमार नेपालले राष्ट्रिय एकता र जातिय सद्भाब कायम गर्न सबै दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा दमननाथ ढुङ्गानाले नयाँ संबिधान नबन्दासम्म कोहि पनि प्रतिपक्षमा बस्न नहुने बताए ।

-Santa Bagam in Kathmandu










   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®