Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
हुँदा हुँदा अब भारत पहिले किन न गा'को?
दिल्लिमा पानी पर्ने, नेपालमा छाता ओढ्‍ने नेपाली मानसिकता

काठमाडौं,  August 24, 2008- नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण औचित्यहीन भएको बताउँदै प्रचण्डको विरोध गरेको छ भने कानुनमन्त्री एबं माओवादी देता देव गुरुङले प्रधानमन्त्रीको चीन भ्रमणलाई स्वाभाविक भन्दै राजनीतिक प्रश्नसंग जोड्न नहुने बताएका छन् ।

उनले ओलम्पिक समापन समारोहमा सरिक हुनका लागि प्रधानमन्त्री जानुभएकाले घटनाक्रमलाई अन्यत्र मोड्न खोज्नुलाई गलत भने । कोशीको बाढीपीडितलाई राहतको व्यवस्था गर्नुको साटो विदेश भ्रमणमा जान लागेको भन्दै कांग्रेसले त्यसको विरोध गरेको हो ।

भारतले पहिले निम्तो दिएपनि चीन जान लागेकोमा भारतीय पक्षबाट गरिएको आशंकाप्रति लक्षित गर्दै कानूनमन्त्री समेत रहेका माओवादी नेता गुरुङ्गले भने- 'प्रधानमन्त्रीज्यूको चीन भ्रमण अन्य मुलुकलाई होच्याउनका लागि होइन राजनीतिक सम्बन्ध सुदृढ गर्न जुनसुकै मुलुकको पनि भ्रमण गर्न सकिन्छ ।' माओवादी दुवै छिमेकी मुलुकसंग सुमधुर सम्बन्ध स्थापित गर्न सकृय हुने उनले बताए । 'चाइना कार्ड प्रयोग गर्दैहुनुहुन्छ ?' भन्ने पत्रकारहरुको प्रश्नमा गुरुङ्गले कुनैपनि मुलुकविरुद्ध कुनै किसिमका कार्ड प्रयोग नगर्ने बताए ।

कोशी सम्झौता ऐतिहासिक भूल भएको बताउँदै गुरुङ्गले बांध फुटेर हजारौं जनता विस्थापित हुनुले पनि सम्झौता भूल थियो भन्ने प्रमाणित भएको दावी गरे । उनले भने- 'कोशीको बिपत्तीले विगतमा भएको असमान सन्धी सम्झौताको पुनरावलोकन हुनुपर्छ भन्ने सन्देश दिएको छ ।' कोशी बाँधकाकारण सिर्जित समस्या समाधानका लागि छानविन आयोग गठन गरेर आवश्यक कामकारबाही अगाडि बढाइने, समस्या समाधानकालागि नेपाल र भारतको दायित्वबारे अध्ययन गरी काम थालिनेपनि उनले बताए ।

मन्त्रिमण्डल वरियतामा उत्पन्न असमझदारीलाई प्राविधिक भन्दै प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि कुरा मिलाइने कथन गुरुङ्गको थियो । आफूहरु वरियतामा आफ्नो गोरुको बाह्रै टक्का भन्ने पक्षमा नरहेको बताउदै गुरुङ्गले भने- 'निश्चयपनि बामदेव कमरेड आदरणीय नेता हुनुहुन्छ उहाँको नेतृत्वलाई हामीले अस्वीकार गर्ने भनेका छैनौं उहांलाई दोस्रो वरियता स्वीकार्न सकिन्छ ।' माओवादी नेता गुरुङ्गले बरियता सम्बन्धी विवादलाई चर्काएर सरकारमा सामेल पार्टीहरुबीचको सौहाद्र्धतालाई नखल्बल्याउन आग्रहपनि गरेका छन् ।

पत्रकारहरुसँगको सो साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले मुलुक बाढीको विपत्तिमा परिरहदा प्रधानमन्त्री चीन भ्रमणमा जानुले प्रश्न उब्जाएको बताएका थिए । निधिको भनाई थियो- 'कोशीको बाढीले विपत्तिमा परेकाका लागि राहत उपलब्ध गराउने देखि समस्या समाधान गर्नेतर्फ लाग्नुको साटो प्रचण्डजी ओलम्पिक हेर्न जानुले उहाँको जनताप्रतिको संवेदनशीलतामाथि प्रश्न उठेको छ ।' माओवादी नेता गुरुङ्गले भने छिमेकी देशले ओलम्पिकको अवसरमा दिएको निम्तो अस्वीकार गर्दा नकरात्मक सन्देश जाने भएकाले प्रचण्ड चीन जानुभएको बताएका थिए ।
  निधिले भारत र चीन दुवै देशबाट भ्रमणको निम्तो आएको र त्यसै आधारमा चीन जानुभएका प्रधानमन्त्रीले भारतको निम्तो स्वीकार गर्नु भए नभएकोबारे जानकारी पाउन नसकिएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले शनिवार राष्ट्रका नाममा गरेको सम्बोधनबारे टिप्पणी गर्दै निधिले भने- 'प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा कस्तो संविधान बनाउछ' भन्नेबारे प्रष्ट पार्ननसक्नुभएको छैन ।' माओवादीबाट विस्थापित र घाइतेहरुबारे कुनै सम्बोधन नभएकोमा उनले आपत्तिपनि जनाए ।

नेकपा एमाले का केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री पहिलो विदेश भ्रमणका रुपमा चीन जाँदैमा अन्यथा लिन नहुने बताए । उनले भने- 'पहिलो भ्रमण भारत हुनेगरेको परम्परा टुट्यो भन्न पनि मिल्दैन प्रधानमन्त्री सम्बन्ध सुदृढ गर्न जुनसुकै देशमा पनि जानसक्नुहुन्छ ।' छिमेकीसँग सन्तुलित सम्बन्ध बनाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । उनले भने- 'प्रधानमन्त्रीको चीन भ्रमणको विरोध नकरात्मक प्रबृत्तिबाटमात्र भएको छ हरेक कुरालाई नकरात्मक रुपले लिने परम्परा हामीले अब त्याग्नुपर्छ ।'

एमाले नेता झाले आफ्नो दलका तर्फबाट सरकारको नेतृत्व गर्ने बामदेव गौतमलाई मन्त्रिमण्डलमा दोस्रो वरियता नदिए सरकारमा सहभागी नहुने कुरा दोहोर्याए । झाले भने- 'माओवादीमाथि अरुको अस्तित्व स्वीकार्दैन भन्ने आरोप छ ऊप्रति नरम नीति लिने बामदेब कमरेडप्रति लिने नीतिबाट उसको परीक्षा हुनेछ ।' झाले डा. बाबुराम भट्टराई विद्यावारिधि गरेको नेता भएपनि राजनीतिक वरियताको मापन विद्यावारिधिले नहुने भन्दै गौतम दोस्रो वरियतामा रहनुपर्ने जिकिर गरेका थिए ।

नेकपा एकताकेन्द्र मसाल का महामन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले प्रधानमन्त्री भएलगत्तै चीन गएर प्रचण्डले ऐतिहासिक परम्पराको थालनी गरेको बताए । 'नेपाली शासकमा रहेको पराधिन मनोबृत्तिको अन्त भएको घोषणा प्रधानमन्त्रीले चीन भ्रमण गरेबाट भएको छ' प्रकाशले भने- 'प्रधानमन्त्रीको साहसको नेपाली जनताले उच्च मूल्यांकन गर्नेछन् ।' भारत नेपालको भारतलाई हेर्ने दृष्टिकोण यथास्थितिमै रहोस् भन्ने पक्षमा रहेको आरोप लगाउँदै प्रकाशले भने- 'नयां नेपाल निर्माणमा हामी लागेका छौं भारतले यो कुरा बुझोस् ।'

राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलेपनि प्रधानमन्त्रीको चीन भ्रमणलाई अन्यथा मान्न नहुने बताएका थिए । डा. लोहनीको भनाई थियो- 'प्रधानमन्त्रीले चीन भ्रमण गरेर सही परम्पराको थालनी गर्नुभएको छ ।' नयाँ सरकारले राष्ट्रियता र राष्ट्रिय स्वार्थमा कसरी काम गर्छ भन्ने हेर्न बाँकी रहेको बताउँदै डा. लोहनीले सुरक्षा, सुशासन र राष्ट्रियताको संरक्षणमा नयाँ सरकार दृढतापूर्वक लाग्ने आशा व्यक्त गरे । माओवादी नेतृत्वको सरकारलाई डा. लोहनीको सुझाव थियो- 'कानुनको शासन राख्न विशेष अभियान थाल्नु पर्छ ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®