Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल




























































































































News from Nepal: नेपाली खबरहरु


नारायणहिटी राजदरवार छोड्ने बेला अब भयो अबेला
काठमाडौं, April 20, 2008-संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका संसदवादी राजनीतिक दलले विजय हासिल गर्लान् र ०६३ बैशाख ११ को भित्री सम्झौता बमोजिम आलंकारिक राजतन्त्र सेरमोनियल मोनार्की ले भएपनि निरन्तरता पाउनेछ भन्ने राजा ज्ञानेन्द्रको आशा दिन प्रतिदिन निराशामा परिणत हुन थालेको छ।

माओवादीले संविधान सभा निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेपछि अब सबैको ध्यान नारायणहिटी राजदरवार र निलम्बित राजा ज्ञानेन्द्रतर्फ गएको छ । राजालाई छिटोभन्दा छिटो नारायणहिटीबाट हटाउन माओवादी नेताहरु कस्सिएर लागेका छन् ।

संसदवादी राजनीतिक दलहरुले ०५९ जेठमा विघटित प्रतिनिधि सभा पुनस्र्थापनालाई लोकतान्त्रिक आन्दोलन २०६२- ०६३ को प्रमुख एजेण्डा बनाएपनि आन्दोलनमा उत्रेका नेपाली जनताको एजेण्डा भने गणतन्त्र स्थापना थियो । तर आन्दोलनले उत्कर्ष रुप िलंदै जाँदा ०६३ बैशाख ११ गते- मूलत नेपाली कांग्रेस र नेकपा एमाले ले राजतन्त्रलाई निरन्तरता दिने शर्तमा आन्दोलन टुङ्ग्याउन सहमति जनाए । दुई ठूला राजनीतिक दलहरु यसमा सहमति भएपछि राजाले विघटित प्रतिनिधि सभाको पुनस्र्थापना गरे ।


श्रीपेचधारी ज्ञानेन्द्रः दरवार हत्याकाण्डपछि राजा घोषित युवराज दीपेन्द्रकोपनि मृत्यु भएपछि २०५८ जेठ २२ गते श्रीपेच पहििरंदै राजा ज्ञानेन्द्र । Photo: sources

आन्दोलनको जनादेश अनुरुप गणतन्त्र घोषणा गर्न माओवादीले त्यसयता पटक-पटक दबाब दिएपनि नेपाली कांग्रेस र नेकपा एमाले गणतन्त्र घोषणाकालागि सहमत नहुनुको मूल कारण त्यही गुप्त सम्झौता थियो । सहमतिमा के के कुरा उल्लेख थियो त्यो कुरा यी दुई दलहरुले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । तर त्यो सम्झौताप्रतिकूल निर्णय आएमा त्यसलाई सार्वजनिक गर्ने कुरा निलम्बित राजा ज्ञानेन्द्रले पटक-पटक बताउँदै आएका छन् । निलम्बित राजाले यस्तो चेतावनी दिइरहँदा नेका र एमालेका 'सुप्रिमो' हरुले सम्झौता नभएको ठोकुवा गर्न सकेका छैनन् ।

आन्दोलन चरमोत्कर्षमा पुगेका बेला राजतन्त्र जोगाउन भित्री सम्झौता भएको आगामी ११ गते जसै दुई वर्ष पुग्न लागेको छ संविधान सभामा विजय हासिल गरेका माओवादी अध्यक्ष प्रचण्ड राजतन्त्रलाई शान्तिपूर्ण रुपले विदाइ गर्न भरमग्दुर प्रयत्न गर्दैछन् । माओवादीले पाएको जनादेशलाई सारा विश्वलेपनि स्वीकार गरेकाले नयाँ सरकारको नेतृत्व सहजै माओवादीले पाउने पक्कापक्की छ । त्यसैले हुनसक्छ माओवादी अध्यक्ष प्रचण्डको सम्पूर्ण ध्यान राजतन्त्रलाई सहजै विदाई गर्नेतर्फ केन्द्रित हुन थालेको छ ।

दश वर्षे जनयुद्धमा १५ हजारको बलिदानीपछि संविधान सभामा विजयी माओवादीहरु अब एक थोपापनि रगत नबगाई राजतन्त्रलाई विदाई गर्ने उपायको खोजीमा छन् । अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन एकातिर उनीहरुले कुटनीतिक भेटघाटलाई तीब्र पारेका छन् भने अर्कातिर विगतमा राजाको निकटमा रहेकामार्फत् सहजै नारायणहिटी छाडिदिन राजालाई सन्देश पठाइरहेका छन् । यस्तो सन्देश उनीहरुले सार्वजनिक रुपमापनि दिएका छन् ।

राजा हटाउने कार्यनीति

NOT so 'निर्मल' Nirmal Niwas, King Gyanendra's private palace. Photo: Sitaram Baral

संविधान सभाको पहिलो बैठकले राजतन्त्र हटाउने निर्णय गरेपनि राजाले नारायणहिटी खालि गरेनन् भने के हुन्छ? संविधान सभा चुनावको सम्पूर्ण परिणाम आएलगत्तै यो प्रश्न उठ्ने निश्चित थियो । तर भरुवा बन्दुकबाट जनयुद्ध सुरु गरेर यहाँसम्म माओवादी जनयुद्धलाई ल्याइपुर्याउन सफल नेपाली राजनीतिका सबैभन्दा चतुर खेलाडी प्रचण्डले यो प्रश्न उठ्न किन दिन्थे र ! संविधान सभा चुनाव पूर्णरुपले नआउँदै उनी जतिसक्दो छिटो राजतन्त्रलाई विदाई गर्ने उपायको खोजीमा लागिहाले ।

विदेशीहरुको सहयोगमा राजतन्त्रले आफू टिक्नकालागि खेल्ने समय नपाओस् भनेर प्रचण्डको सकृयता बढेको माओवादी श्रोतको भनाई छ । 'प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्याएपनि समानुपातिक प्रणालीका कारण कसैकोपनि बहुमत नहुने निश्चित छ' माओवादीका एक केन्द्रीय सदस्यले यूएसनेपालअनलाइन डटकमसँग भने- 'यो स्थितिमा राजालाई फकाएर हुन्छ कि धम्क्याएर छिट्टै गणतन्त्र स्थापना गरिएन भने भोलि अप्ठेरो पर्न सक्छ । त्यसैले पार्टीको नेतृत्वले गणतन्त्रकालागि पहल सुरु गरेको हो ।'

दुई वर्षअघि राजतन्त्रलाई निरन्तरता दिने शर्तमा आन्दोलन टुङ्ग्याएका कांग्रेस- एमालेले भित्री रुपमा राजतन्त्र राख्ने प्रयास गर्ने सम्भावना रहेको माओवादीको विश्लेषण रहेको बुझिन्छ । खुल्ला रुपमा कांग्रेस र एमालेले राजतन्त्रको वकालत गर्न नसकेपनि दुई कारणलॆ राजतन्त्र जोगाउने खेलमा उनीहरु भित्रभित्रै लाग्न सक्छन् भन्छन् माओवादी नेताहरु । एक, बैशाख ११ को सम्झौताका कारणले । दुई, राजतन्त्रलाई जोगाउँदा माओवादीलाई असफल पार्न सकिने कारणले । त्यसैले राजालाई फकाएर हुन्छ वा धम्क्याएर हुन्छ जतिसक्दो छिटो विदाई गर्ने योजनामा माओवादी र त्यसका नेतृत्वकर्ता प्रचण्ड लागेका छन् ।


छाताधारी प्रचण्डः राजा ज्ञानेन्द्रलाई छिटोभन्दा छिटो विस्थापित गर्ने योजनामा छन्, फर्पिङ्गको एक चुनावी सभामा माओवादी अध्यक्ष प्रचण । फोटोः सीताराम बराल

यसै प्रयोजनस्वरुप प्रचण्डले शुक्रबार नेपाल टेलिभिजनमार्फत् राजालाई फकाउने शैलीमा नारायणहिटी छाड्न आग्रह गरे । 'राजगद्दी छाडेपछिपनि ज्ञानॆन्द्र मुलुकको सम्मानित देशभक्त र असल नागरिकको रुपमा रहन सक्छन्' उनले भने- 'ज्ञानेन्द्रले संविधान सभा चुनाव लगत्तै दिएको बक्तव्यलाई सकरात्मक रुपमा लिन सकिन्छ भन्ने मलाई लाग्छ । उनले त्यसमा परिणामलाई सकरात्मक मान्दै राष्ट्रको पक्षमा अभिमत भनेका छन् । यो स्थितिमा उनले अव नारायणहिटी छाडिदिनु राम्रो हुन्छ ।'

प्रचण्डले योपनि भनेका छन् कि- 'राजतन्त्रको विदाई र गणतन्त्रको स्वागतपनि नेपालमा विश्वकै नमूनाको रुपमा होस् भन्ने हाम्रो चाहना छ । अन्यत्रका राजाहरु काटिएका वा भागेका छन् यहाँ त्यस्तो नहोस् भन्ने हामी चाहन्छौं । जनआकांक्षाको सम्मान गर्दै राष्ट्रभक्ति देखाउने अवसर राजालाई यही हो । इतिहासको कालखण्डमा जेजस्तो भूमिका भएपनि नयाँ सन्दर्भमा ज्ञानेन्द्रले आफूलाई जनताको पक्षधर देखाउन सक्नेछन् ।' साथै उनले जनतालाई चुनौति दिन खोज्ने तत्व क्षणभरमै समाप्त हुने भन्दै राजालाई हल्का चेतावनीपनि दिएका छन् ।

श्रोतका अनुसार संविधान सभामा माओवादी विजय र त्यसपछि नारायणहिटी छाड्न यसअघि दिइएका चेतावनीसँगै राजाले नारायणहिटी छाड्न आफू तैयार रहेको संकेत दिएपछि प्रचण्डको उपरोक्त अभिव्यक्ति आएको हो । शुक्रबार विहान उनले राप्रपा नेपालका अध्यक्ष कमल थापामार्फत् यससम्बन्धी सन्देश राजालाई पठाएका थिए । माघ १९ पछि राजा आफै अध्यक्ष रहेको मन्त्री परिषद्मा थापा गृहमन्त्री थिए । बेलुकी उनले यस्तो नरम अभिव्यक्ति दिइहाले ।

नेपाल टेलिभिजनलाई दिइएको नरम अन्तर्वार्ता भन्दा अघि प्रचण्ड र अर्का नेता डा. बाबुराम भटराईले राजाले नारायणहिटी खालि नगरे कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । कुनैबेला राजाको निकट मानिएका उद्योग-व्यवसायीहरुसँग बुधबारको अन्तरकृया कार्यक्रममा प्रचण्डले भनेका थिए- 'समयको पदचाप बुझेर नारायणहिटी नछाडे हामी आफै नारायणहिटीबाट उनलाई हटाउने छौं ।'

'गणतन्त्रलाई प्रमुख मुद्धा बनाएको माओवादीको पक्षमा प्राप्त भएको विशाल जनमत देखेपछि ज्ञानेन्द्रले स्वेच्छाले नारायणहिटी छाडुन् भन्ने हाम्रो चाहना छ' उनको थप भनाई थियो- 'यदि ज्ञानेन्द्रले अटेरी गरेभने गणतन्त्र कार्यान्वयन गर्न निर्वाचन पूर्वको प्रतिबद्धता पूरा गर्न हामी कडा कदम चाल्न बाध्य हुनेछौं ।'

बीबीसी नेपाली सेवाद्धारा सन्‍चालित साझा सवाल विषयक कार्यक्रममा २०६४ बैशाख ५ गते माओवादी नेता डा. भटराईले त अझ नारायणहिटी छाड्न चेतावनी सहितको अल्टिमेटमसमेत दिएका थिए । चेतावनी यस्तो थियो- 'संविधान सभामा नेपाली जनताले गणतन्त्र कार्यान्वयन गर्न नेपाली जनताले म्याण्डेट दिइसकेका छन् । त्यसैले राजा ज्ञानेन्द्र चार हप्ताभित्र नारायणहिटीबाट निर्मल निवास जानुपर्छ । अन्यथा जनताले उनलाई नारायणहिटीबाट निकालिदिनेछन् ।'

गल्दैछन् राजा

NOT so 'निर्मल' Nirmal Niwas, King Gyanendra's private palace. Photo: Sitaram Baral

संविधान सभामा माओवादीले 'अप्रत्यासित' विजय हासिल गरेपछि निलम्बित राजा ज्ञानेन्द्र नारायणहिटी दरवार छाड्ने मनस्थितिमा पुगेका छन् । उसै त चतुर त्यसमाथि अहिले प्रतिद्धन्दी कांग्रेस-एमाले भन्दा लाखौं गुणा मतका साथ विजय हासिल गरेका माओवादी र त्यसका सुप्रिमो प्रचण्डसँग आफ्‍नो केही जोर चल्दैन भन्ने उनलाई लागिसकेको छ । सेनालेसमेत संविधान सभा चुनावमा माओवादीलाई मत दिएको समाचार सार्वजनिक भैसकेको छ । अन्तिम अश्त्रस्वरुप प्रयोग गर्न सकिने भनिएको सेनाका जवानहरुले माओवादीलाई भोट दिएको खुलेपछि माओवादीविरुद्ध सेना परिचालनको अश्त्र अब काम लाग्दैन भन्ने कुरा जङ्गी अड्‍डाका हाकिमहरुलेपनि बुझिसकेका छन् ।

काठमाडौंकै चुनावी परिणामपनि अनौठो आएको छ । राजदरवारको पश्चिमी र पूर्वतिरको क्षँेत्र नं ६ मा माओवादीका हितमान शाक्य विजयी भएका छन् भने दरवारको उत्तरतिरको क्षँेत्र नं ५ मा कांग्रेसका गणतन्त्रवादी नेता नरहरि आचार्यले विजय हासिल गरेका छन् । असन रहेको क्षेत्र नं ७ बाट माओवादीकै हिसिला यमी निर्वाचित भएकी छिन् । यस हिसावले दरवार यतिबेला गणतन्त्रवादीहरुलाई अत्याधिक मतले जिताउने मतदाताहरुको घेराउमा परेको छ । यो स्थितिमा नारायणहिटी नछाड्दा माओवादीले दरवार घेर्ने कार्यक्रम आयोजनामात्र गरिदियो भने आफ्‍नो हविगत के हुन्छ भन्ने कुरा राजाले राम्रोसँग बुझेका छन् ।

संविधान सभा चुनाव र शान्तिपूर्ण रुपले राजालाई नारायणहिटीबाट विदाई गर्ने माओवादी प्रयासपछि राजा ज्ञानेन्द्रको निजी निवासको रुपमा रहेको महाराजगाजस्थित निर्मल निवासलाई रंगरोगन गर्न थालिएको समाचार काठमाडौंका अखवारले प्रकासित गरेका छन् । उनलाई भारतको राजस्थानमा बस्नकालागि निम्तो प्राप्त भएको समाचारसमेत भारतीय अखवारहरुले दिएका छन् । यससम्बन्धमा नारायणहिटी दरवारका एक उच्च कर्मचारीसँग यूएसलनेपालअनलाईन डटकम ले सम्पर्क गरेको थियो । उनले राजाको वर्तमान मनस्थितिबारे जानकारी िदंदै भने- 'न निर्मल निवासमा रंगरोगन गरिएको कुरा साँचो हो न राजालाई राजस्थानबाट निम्तो आएको कुरा साँचो हो । केवल राजाले छिट्टै नारायणहिटी छाडिबक्सदैछ भनेर कसैले भन्छ भने त्यो चािहं साँचो हो । किनभने परिस्थितिको बोध राजालेपनि गरिबक्सेको हामीले महसुस गरेका छौं ।'

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®