Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
डेढ लाख तलब खाने सम्पादक जन्मी सके समितिले तोक्यो १६ हजार

काठमाडौं,  August 28, 2008- श्रमजिवि पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सूचना तथा सन्‍चार मन्त्री कृष्णबहादुर महरालाई बुझाएको छ ।

समितिले सन्‍चार माध्यममा कार्यरत सन्‍चारकर्मीको दश वटा तह वर्गीकरण गरी न्यूनतम मासिक ४ हजार रुपैंया पारिश्रमिक तोक्न सरकारलाई सिफारिश गरेको छ ।

समितिको यो मापदण्डलाई भने सन्‍चारकर्मीहरुले संयोजककै अगाडि हाँस्यास्पद भएको टिप्पणी गरेका छन् । उज्यालो एफएममा कार्यरत बोमलाल गिरीले भने 'समितिले सिफारिस गरेको भन्दा दशौं गुणा पारिश्रमिक पाइरहेका छन् भने किन यो प्रतिवेदन मालिकको हितमा ल्याइएको हो कि श्रमजिवीको?'

अन्नपूर्ण एफएम पोखराका काठमाडौं संवाददाता इश्वरी शर्माले मासिक एक लाख पचास हजार खाने सम्पादक जन्मी सके समितिको सोंच भने बल्ल १६ हजार १ सयमा पुगेको रहेछ ।

श्रम ऐनमा कामदारको न्यूनतम पारिश्रमिक ३ हजार ३ सय रुपैंया रहेकोमा सन्‍चार, गृहमा काम गर्ने पहिलो तहको पियन सरहको कर्मचारीको तलब ४ हजार रुपैंया तोक्न समितिले सरकारलाई सिफारिश गरेको हो । यस्तै अधिकतम दशौं तहका पत्रकार, कर्मचारीलाई १६ हजार १ सय रुपैंया मासिक पारिश्रमिक तोक्न आज समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा सिफारिश गरिएको छ ।
प्रतिवेदनमा सन्‍चार माध्यमहरुलाई छापा, एफएम, रेडियो, टेलिभिजन, समाचार एजेन्सी, उत्पादन गृह र अनलाइन गरी ६ वटा वर्गीकरण गरी श्रेणी तोक्न समेत सरकारलाई सिफारिश गरिएको छ ।

वर्गीकरण नहुँदासम्म सबै सन्‍चार माध्यलाई आफु कुन श्रेणीमा बस्न चाहने हो स्वघोषणा गर्न मौका दिने र राज्यले उपलब्ध गराउने विज्ञापन समानुपातिक आधारमा वितरण गर्नुपर्ने समेत समिलिे सिफारिश गरेको छ।

एफएम रेडियोलाई सामुदायिक, सार्वजनिक र व्यवसायिक गरी ३ थरी अलग अलग वर्गीकरण गरी मान्यता दिनुपर्ने पनि समितिले सरकारलाई सुझाव दिएको छ ।

प्रतिवेदनमा एफएम रेडियोमा कार्यरत पत्रकारहरुलाई राष्ट्रिय दैनिक सरह र टेलिभिजनमा कार्यरतलाई त्यसभन्दा केही बढी हुने गरी न्यूनतम पारिश्रमिक कायम गरिएको छ ।

यसैगरी, सन्‍चार प्रतिष्ठानलाई उद्योग सरह मान्यता दिनुपर्ने र समितिको प्रतिवेदन कार्यान्वयन भए नभएको अनुगमन गर्न स्थायी प्रकृतिको संयन्त्र बनाई कृयाशिल बनाउनुपर्ने पनि सरकारलाई सुझाव दिइएको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने नगराउने सन्‍चार माध्यमलाई राज्यले उपलब्ध गराउने सबै सुविधाबाट बन्चित
गराउनसमेत प्रतिवेदनमा सिफारिश गरिएको छ ।
  यसैगरी स्थानीय सरोकारका विज्ञापन स्थानीय सन्‍चार माध्यमलाई दिनुपर्ने र एफएम, रेडियो तथा टिभीसँग लिँदै आएको रोयल्टी र नवीकरण शुल्क कम गर्नुपर्ने पनि सुझावमा उल्लेख छ । पत्रकार सुरेश आचार्यको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै सन्‍चारमन्त्री महराले नेपालमा नयाँ सन्‍चार नीति बनाउन आवश्यक भएको बताए ।

श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गराउनमा अझै चुनौति रहेको बताउँदै कडाइका साथ ऐन लागू गराउने प्रतिबद्धता जनाए । सन्‍चार मन्त्री महराले भने?' प्रतिवेदनको अध्ययन पछि सरकारले कार्यान्वयन गर्नेछ ।'

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®