Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल


























































































News from Nepal: नेपाली खबरहरु

पत्रकार महासंघमा पनि भ्रष्टाचारको गन्ध, छानविन समिती गठ‍न
अध्यक्षमा धर्मेन्द्र झा विजयी

महासंघको अध्यक्ष पदमा विजयी धमेन्द्र झा वैशाख २२ गते राती एक बजे समर्थकहरुका माझ । Newly elected President of Federation of Nepalese Journalists (FNJ), Darmendra Jha. Photo: Santa Bagam Magar

काठमाडौं, May 5, 2008-नेपाल पत्रकार महासंघको अध्यक्षमा धर्मेन्द्र झा विजयी भएका छन् । झासहित महासंघको बहुमत स्थानमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी खेमाको बर्चश्व स्थापित भएको छ । उपाध्यक्षमा भने प्रजातन्त्रवादी उम्मेदवारलाई पराजित गर्दै माओवादी निकट प्रगतिशील पक्षका उम्मेदवारले विजय हासिल गरेका छन् ।

माओवादी सम्बद्ध क्रान्तिकारी पत्रकार संघका उपाध्यक्षसमेत रहेका उपाध्यक्षका उम्मेदवार गोविन्द आचार्यले प्रजातन्त्रवादी खेमाका उम्मेदवार एबं महासंघका निवर्तमान सचिव बलराम बानियालाई पराजित गरे ।

अध्यक्षमा विजयी झाले ३ सय ६४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी व्यवसायिक खेमाका शिव गाउँलेले ३ सय १६ मत प्राप्त गरे । एमाले र माओवादीका पत्रकारहरुको समर्थनप्राप्त महेन्द्र विष्टले जम्मा २ सय ७९ मत पाए । पराजित गाउँले र बिष्ट यसअघि क्रमश उपसभापति र महासचिव थिए ।

महासचिवमापनि प्रजातन्त्रवादी खेमाका पोषण केसीले व्यवसायिक खेमाका बिनोद ढुङ्गेललाई पराजित गरे । यसैगरी सचिवमा व्यवसायिक-प्रगतिशील खेमाका पूर्ण बस्नेतलाई पराजित गर्दै प्रजातन्त्रवादी खेमाका रामजी दाहाल र कोषाध्यक्षमा रमेश विष्ट बिजयी भए ।


उपत्यकाबाट केन्द्रीय सदस्यमा विजयी उजिर मगर र जगत नेपाल । Ujir Magar and Jagat Nepal. Photo: Santa Bagam Magar

महासंघको केन्द्रीय सदस्यमा उपत्यकाबाट जगत नेपाल र उजिर मगर पूर्वान्‍चलबाट किशोर कार्की र शम्भु झा मध्यमान्‍चलबाट शीतल शाह र प्रताप बिष्ट पश्चिमान्‍चलबाट रवीन्द्र बास्तोला र पुण्य पौडेल मध्य पश्चिमान्‍चलबाट जनक नेपाल र प्रेम केसी र सुदुर पश्चिमान्‍चलबाट मनमोहन स्वाँर र छत्र साउद विजयी भएका छन् ।

महिलाबाट निर्वाचित यशोदा तििम्सना र आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित राजकुमार दिक्पाल । Yashoda Timsina and Rajkumar Dikpal Rai. Photo: Santa Bagam Magar

यसैगरी महिलाबाट यसोधा तििम्सना, जनजातिबाट राजकुमार दिक्पाल, दलितबाट दिवाकर वाग्चन्द, मधेशीबाट महेश दास, एसोसिएटबाट अजय फुयाल, भरत शाक्य र शरदराज गौतम विजयी भएका छन्।

महासंघमा व्यापक रुपले भ्रष्टाचार भएको आवाज उठेपछि महाधिवेशनले पत्रकार प्रतिक प्रधानको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको छ । महाधिवेशनमा सहभागी पत्रकारहरुले महासंघमा आर्थिक अनियमितता भएको आवाज उठाएपछि शनिवार महाधिवेशन स्थगित गरिएको थियो । सोमबार विहानदेखि महाधिवेशन पुन सुचारु भएपनि भ्रष्टाचारको छानविन र आर्थिक पारदर्शिताकालागि आयोग बनाउनुपर्ने माग गर्दै प्रतिनिधिहरुले नारावाजी गरेपछि छानविन समिति गठन गरिएको थियो । त्यसपछिमात्र महाधिवेशन सुचारु हुन सकेको थियो ।


नेपाल पत्रकार महासंघको वैशाख २२ राती १२ बजेसम्म जारी मतगणना । Photo: Santa Bagam Magar

यस अघी, नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन शनिवार राजधानीमा सुरु भएको थियो
। बृहद शान्ति सम्झौतास्थलमात्र होइन गणतन्त्रको घोषणा हुने स्थलको रुपमा चिनिएको बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भन्नुभयो- 'उद्घाटनकालागि तपाईंहरुको निम्तो पाएँ तर स्वास्थ्यका कारण म यहाँ आउन सक्दिन कि भन्ने लागेको थियो तर प्रेस स्वतन्त्रता दिवसले यहाँ आउनै पर्छ भनेर मलाई प्रेरणा र शक्ति दियो । यसरी म यहाँ आइपुगेको छु।'

प्रेसले प्रजातन्त्रको जग बसाउँछ भन्दै प्रधानमन्त्री कोइरालाले राज्यका निकायहरुलाई चेक एण्ड व्यालेन्समा राख्ने भूमिकापनि प्रेसले निर्वाह गरेको बताउनु भयो । 'राजनीतिक परिवर्तनको आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिका म बिस्रन सक्दिन' उहाँको भनाई थियो- 'तपाईंहरुको महाधिवेशनको सफलताको कामना गर्न पाउँदा मेरै सफलता हो भन्ने लागेको छ ।' कार्यक्रमका प्रमुख अतिथि कोइरालाले पत्रकारितासँग सम्बन्धित विभिन्न पुरस्कारहरुपनि प्रदान गर्नुभएको थियो ।

यसवर्षको प्रेस स्वतन्त्रता पुरस्कार जनकपुर र पाल्पाका पाका पत्रकार क्रमशः राजेश्वर नेपाली र मेघराज शर्मालाई प्रम कोइरालाको हातबाट प्रदान गरियो ।


स्व. कृष्ण सेन इच्छुकलाई प्रदान गरिएको प्रेस स्वतन्त्रता सेनानी सम्मान सेन पत्नीलाई वितरण गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला । Photo: Santa Bagam Magar

यसैगरी स्व. कृष्ण सेन 'इच्छुक' लाई मरणोपरान्त प्रदान गरिएको प्रेस स्वतन्त्रता पुरस्कार स्व. सेनकी धर्मपत्नी तक्मा केसीलाई प्रम कोइरालाले प्रदान गर्नुभयो । ०५८ मा माओवादीविरुद्ध संकटकाल लागेपछि सेनलाई पक्राउ गरी राज्यद्धारा प्रहरी हिरासतभित्रै हत्या गरिएको थियो । यसैगरी श्रीधर आचार्य, पत्रकार स्व. बीरेन्द्र शाह मरणोपरान्त र दामोदर न्यौपानेलाई प्रदान गरिएको थियो ।


प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी सभामुख नेम्वाङ्ग र सन्‍चारमन्त्री महरा Photo: Sirab

महाधिवेशन सुरु हुनुअघि विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा सन्‍चारकर्मीहरुले प्रभातफेरि आयोजना गरेक थिए । प्रभातफेरिको उद्घाटन सन्‍चारमन्त्री कृष्णबहादुर महराको विशेष उपस्थितिमा अन्तरिम व्यवस्थापिका-संसदका सभामुख सुवाष नेम्वाङ्गले गर्नुभएको थियो । प्रभातफेरीमा सयौं पत्रकारहरुको सहभागिता थियो । महाधिवेशनमा महासंघका करिव १ हजार प्रतिनिधिले भाग लिएका थिए ।

-Vivek Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®