|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
घोटाला र हारको मार पत्रकारमा पनि काठमाडौं, May 6, 2008-आफूले नेतृत्व गरेको कार्यसमितिले आर्थिक अनियमितता गरेको आरोप लागेपछि नेपाल पत्रकार महासंघका निवर्तमान सभापति विष्णु निष्ठुरीले महासंघका सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएका छन् । उता एमाले निकट प्रेस चौतारीसम्बद्ध अधिकांस उम्मेदवारहरु महासंघको निर्वाचनमा पराजित भएपछि चौतारीका अध्यक्ष बालकृष्ण चापागाईंलेपनि राजिनामा दिएका छन् । आफ्नो राजिनामाको यो निर्णयले छानविन समितिलाई काम गर्न सजिलो हुने दावी निष्ठुरीले गरेका छन् । शनिवार र आइतबार सम्पन्न महासंघको महाधिवेशनमा निवर्तमान कार्यसमितिका पदाधिकारीले लाखौं आर्थिक अनियमितता गरेको भन्दै नारावाजी गरेका थिए । (हेर्नुहोस् फोटो) Nepalese journalist protesting at the convention of Federation of Nepalese Journalists (FNJ). The outgoing committee is facing corruption charges. Photo: Sirab त्यसबारे छानविन र आगामी दिनमा आर्थिक पारदर्शिता कायम राख्नका लागि पत्रकार प्रतीक प्रधानको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । निर्वाचनपछि नयाँ कार्यसमिति आएपनि निवर्तमान सभापतिको हैसियतले निष्ठुरी महासंघको केन्द्रीय सल्लाहकार पदेन छन् । पदेन केन्द्रीय सल्लाहकारका अलवा महासंघको साधारण सदस्यबाटसमेत उनले राजिनामा दिएका छन् । 'मैले नेतृत्व गरेको कार्यसमितिले महाधिवेशनमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छानविनको विषय बनेको अवस्थामा कुनैपनि पदमा बसिरहनु लोकतान्त्रिक बिधि र मान्यता अनुसार उचित नहुने भएकाले पदबाट राजिनामा दिएको हुँ' राजिनामापछि उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'पछिल्लो तीन वर्षीय कार्यकालको काम कारवाहीको सम्पूर्ण जिम्मेवारी सभापतिको हैसियतले मेरो काँधमा छ त्यसैले छानविनको लागि सजिलो होस् भनेर छानविन प्रकृया समाप्त नहोउन्जेलसम्मकालागि मैले राजिनामा दिएको हुँ ।' उनले आफ्नो यो निर्णयबाट दुखित नहुन पत्रकार महासंघका सम्पूर्ण सदस्यहरुसँग आग्रहपनि गरेका छन् । उता एमाले निकट प्रेस चौतारीसम्बद्ध अधिकांस उम्मेदवारहरु महासंघको निर्वाचनमा पराजित भएपछि चौतारीका अध्यक्ष बालकृष्ण चापागाईंलेपनि राजिनामा दिएका छन् । चौतारीले महासंघको अध्यक्ष पदमा महेन्द्र बिष्टलाई समर्थन गरेको थियो । र विष्टको पक्षमा माओवादी निकट क्रान्तिकारी पत्रकार संघको समर्थनपनि जुटाएको थियो । तर विष्ट तेश्रो स्थानमा पुगे भने व्यवसायिक समूहको नेतृत्व गरेका शिव गाउँलेले बिष्टले भन्दा धेरै मत ल्याए । गाउँलेलाई उम्मेदवारी दिएको भए जित्न सक्ने स्थिति हुँदाहुँदै पार्टीको दबाबमा बिष्टलाई उम्मेदवार बनाइएको आरोप प्रेस चौतारीको नेतृत्वमाथि लागेको छ । आफ्नो राजिनामामा चौतारी अध्यक्ष चापागाईंले भनेका छन्- 'उचित समयमा उचित निर्णय निर्देशन र कार्यान्वयन गर्न नसकेकोमा नेतृत्वको हैसियतले सम्पूर्ण जिम्मेवारी िलंदै नैतिकताको आधारमा राजिनामा दिएको छु ।' -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®