|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली पत्रकारिता अब नसुधारे कहिले सुधार्ने ? UK, December 26, 2008- विश्व भरका पत्रकारहरुको जस्तै नेपाली पत्रकारहरुको पनि आफ्नै काम, कर्तब्य, अधिकार र नैतिकताका क्षेत्रहरु छन् तर बिडम्बना बढि रहरियाको जमात र सस्तो लोकप्रियताको लागि जे पनि गर्न सकिने स्थान पत्रकारिता बन्दै आएको छ। जनतालाई सूसुचित गराउने नाममा ब्यक्तिको नैसर्गिक अधिकार, संस्था संगठनको अस्थित्व र अस्मिता माथि औला ठढ्याउन सकिने ठाँउ पनि बनेको छ नेपाली पत्रकारिता। अझ अनलाइनको जमानामा ब्यक्तिगत ब्लग चलाएर पत्रकार बन्ने सजिलो तरिका हुँदा असली पत्रकारिताको हुर्मत जान मात्र बाँकी छ। पत्रकारितालाई मर्यादित ठान्ने तर पत्रकारिता प्रवेशमा कुनै सिमाबन्धन अर्थात मापदण्डको आवश्यकता महशुस नगर्ने हाम्रा सम्बन्धित पत्रकारहरुको समाजलाई याद हुनुपर्दछ की उनीहरुको साथमा अपत्रकारहरु पनि हुन सक्छन् भनेर। नेपालका पत्रकारहरु अलिअलि हल्लिनेहरुलाई डङ्लङ्गै ढाल्छन र नहल्लिनेलाई जसरी भएपनि हल्लाइ छाड्छन्। यो भनाई नेपालकै एउटा बौद्धिक ब्यक्तिको हो। हुँदा हुँदा अहिले अन्यत्र कतै काम नलागे पनि कलम चलाऊन सके काम गर्न सकिने, मापदण्ड पास नगरे पनि र कुनै आंचार संहिता पालन नगरे पनि नहूने क्षेत्र अर्थात पेसा नै नेपालको पत्रकारिता देखिएको छ। पत्रकारहरुले जनतालाई सहि जानकारी दिई सूसुचित गराउनु पर्दछ तर समाजमा बैमनिष्यता आउने, नकरात्मक तिर बढि आकर्षित गर्ने प्रकारका सामाग्रिहरु प्रति अति संवेदनशील भएर ध्यानदिनु पर्दछ। यदि समाजलाई, देशलाई सहयोग नपुग्ने अर्थात असर गर्ने समाचार छन् भने त्यसमा लेखनको विशिष्टता कायम राख्दै सुझावयुक्त सम्प्रेषण हुनु जरुरी हुन्छ। लडाई, झगडा, चोरि, डकैती, लुट, बलात्कार, घुस र साम्प्रदायिक सद्भाव भड्काउने जस्ता न्यूजलाई मात्र आकर्षण बनाउने हो भने पत्रकारिताले समाज र देशलाई फाइदा भन्दा बढि वेफाइदा गर्न सक्ने सम्भावना रहन्छ। पत्रकारहरुलाई के हेक्का हुनु पर्दछ भने यदि पत्रकारितालाई सम्मानित संस्था बनाउने हो भने यसको प्रवेशमा मापदण्ड तयार गर्नुपर्दछ अन्यथा बस र ट्रकको खलासीले एकदुइ बर्षपछि ड्राइभर भएर दिनानुदिन गाडि दुर्घट्नामा पारे झै पत्रकारितामा दुर्घट्ना पर्नेक्रम चलिरहन्छ। पत्रकार माथि आक्रमण चलिरहन सक्छ र शहिद पत्रकारहरुको संख्या बढ्दै जान सक्छ। त्यसलाई स्वभाविक मान्नुपर्ने हुन्छ। अन्य कतिपय देशहरुमा प्रेस माथि अतिकडा निगरानी राखिन्छ त्यसको आफ्नै स्थान छ तर नेपालमा पत्रकार स्वतन्त्रताको नाममा लापर्वाही, जे पायो त्यहि भइरहेछ भन्ने कसैले आरोप लगाएमा त्यसलाई खण्डन गर्ने आधारहरु हामीसंग थोरै र कमजोर छन्। वेरोजगारको जमात ज्वलनशिल पदार्थ जस्तो हो यस्तो जमात भएको हाम्रो समाजमा मापदण्डहीन पत्रकारिताले देशलाई उल्टो दिशा हिडाउनमा भूमिका खेल्दैन भनेर ढुक्क हुने अवस्था छैन। अझ हाम्रो देशको सम्बन्धमा गहिरिएर हेर्ने हो भने नेपाली पत्रकारिता राजनैतिकरुपमा अभिप्रेरित भएको हामी पाउँदछौं। नेपाली पत्रकारिताको एउटा सानो इतिहास हेरौं– अभिनेत्रि शिर्षा कार्कीले पत्रकारबाट भएको समाचार सम्प्रेषणको कारण आत्माहत्या गर्नुपर्यो। हो उनले सामाजिक संस्कार विपरित कार्य गरिन् त्यो उनको गल्ति थियो र पत्रकारले समाचार सम्प्रेषण गर्यो त्यो पत्रकारको अधिकारको कुरा थियो तर उनको बाँच्न पाउने अधिकार पत्रकारिताले खोस्नु मिल्छ या मिल्दैन? यो छलफलको विषय बन्नुपर्दछ। |
|
|
त्यस्तैगरि छिमेकी मुलुकको फिल्म निर्माणस्थल वलिउडले निर्माण गरेको सोविज फिल्फले साच्चै नै पत्रकारितालाई नग्याउने काम गरेको छ। त्यो फिल्ममा देखाइए जस्तो सबै पत्रकारमा लागु हुदैन त्यसैले त्यो फिल्म सच्चा पत्रकारको निमित्त आपत्तिजनक हुनुपर्दछ। उक्त फिल्मको सार के पनि हो भने सच्चा पत्रकारिता माथि पनि ब्यापक दबाव र आरोप पनि लाग्ने गरेको छ। प्रजातान्त्रिक प्रकृयामा आरोप लाग्नु र लगाउनुलाई स्वभाविक ठानिए पनि यसको संवेदनशिलतालाई ध्यान दिनु पर्दछ। अब अलिकति केहीदिन अघि हिमाल मिडिया माथि भएको घट्नाको चर्चा गरौं। हिमाल मिडिया माथि भएको घटना निश्चय नै दुखदपूर्ण घट्ना हो। यस्ताखाले घट्नाको सर्वत्र विरोध गरिनु पर्दछ र फेरीफेरी यस्तो घट्ना घट्नु हुँदैन। अर्कोपक्ष के पनि हो भने नेपालका कतिपय मिडियाहरु आफूलाई चाहिएभन्दा बढि शक्तिशालि ठान्दछन्। राजनैतिक रुपमा अभिप्रेरित भई टिप्पणी र समाचार सम्प्रेषण गर्ने परम्परा पनि नेपाली पत्रकारितामा नौलो होइन। हिर्काइएको, पिटिएको कुराले आफ्नै ठाँउमा आक्रोस र आपत्ति राख्दछ। त्यसको साथसाथै हिमाल पत्रिकाले कस्तोखाले समाचार सम्प्रेषण गरेको थियो भन्ने कुरा मुख्य मुद्धा हो। हिमाल पत्रिकामा रहेको लेख हेर्दा हिमाल पत्रिकालाई मजदुर यूनियनको बारेमा त्यत्रो फैसला गर्ने अधिकार छैन त्यो पनि यो अवस्था आउनुको वास्तविकता हो। के निहू पाँउ कनिका बुकाऔ भईरहेको प्रतिपक्षको ठूलो साथ अर्थात पत्रकार तथा अपत्रकारहरुको साथमा जुलुस निक्लनुको महत्व र अर्थ पनि आफ्नै ठाँउमा रहेको छ। दिनहू जस्तो जुलुस र विरोधलाई नियन्त्रण गर्न लागिपर्ने ती पुलिस जवानहरुको दैनिक जीवन र गम्भिरताको बारेमा कसैलाई पनि चासो भएको देखिन्दैन। हो, उनीहरुको जाँगिर त हुदै हो तर उनीहरुलाई पनि दिनहू इटा, ढुङ्गा खेप्न कति गाह्रो पर्ला? आक्रोसको जुलुस, नेताहरुको जुलुस, मूर्खहरुको जुलुस, वेरोजगारहरुको जुलुस, बौद्धिक बर्गहरुको जुलुस धान्न कति गाह्रो भएको होला? एकपटक जुलुसकर्मी सबैले सोचिदिए अनि विरोधको विकल्प अरुनै रोजिदिए सर्वसाधारण जनता कसैले पनि दुख पाउने थिएन्न। हामी आफू पनि गर्न सक्दैनौ र अरुलाई पनि गर्न दिदैनौं। प्रगतिमा भन्दा अधोगतिमा खुसि हुन्छौं। अर्काको कुरा काट्न र खुट्टा तान्नमा हाम्रो नेपाली मन खुसिहुन्छ। विभिन्न जुलुस र विरोधको नाउमा देशको संरचना, सम्पति तोडेर बहादुर सम्भि्करहेका छौं। प्रत्येकदिन हामी आफूले आफैलाई गरिब बनाईरहेका छौं। गरिब हुँदै जानुको मज्जा पनि बेग्लै हुँदो रहेछ। खोइ त धनि देश, सभ्य नागरिक र सम्पन्न नेपाली हुन जानेनौं, सकेनौं। कोहि आगो भएको ठाँउमा कोहि पानी हुनुपर्ने हामी कोहि पानी हुन चाहेको छैनौं, हामी सबैलाई आगैआगो हुनु परेको छ। सबै मिलेर देशलाई कङ्गाल बनाऔ, समकालिन अन्य देशहरुमा गई दासदासी हुनुमा गर्व गरौं, आखिर जिन्दगी जिउनुलाई हो जसरी जिएपनि हुन्छ। यो संन्देश हिमाल मिडिया घट्ना संग सम्बन्धित यसपटकको पत्रकारी विवेक र सरकारी रवैयाले पनि दिएको छ। पत्रकारिता गम्भिर भन्दा बढि संवेदनशील क्षेत्र हो। सचेत भई यो कर्म र धर्ममा लागौं। राज्यको चौथो अङ्ग पत्रकारितालाई बढि समाज प्रति उत्तरदायि बनाउन आजै तपाई सचेतबर्गबाट पहल गरौं। कोहि पनि बेखबर नरहौ। सूचना हाम्रो नैसर्गिक अधिकार हो भने यसलाई उपयोगि बनाउने जिम्मेवारी पनि तपाई हाम्रै हो। सूचना हाम्रो सम्पति र शक्ति दुबै हो यसलाई मर्यादित बनाऔं, यसैमा सबैको कल्याण छ। -Bishwa Deep Tigela (विश्वास दीप तिगेला) in UK (लेखक साहित्यघर डटकम (SahityaGhar.com) का सम्पादक तथा वेलायत नेपाली पत्रकार समाज निर्माणको लागि त्रय संयोजक मध्ये एक हुन् ।) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||