|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अब कतारका नेपाली आदिवासी जनजातिहरु ताते दोहा, कतार, November 10, 2008- नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारको दोश्रो अधिवेशन यहि नोभेम्वर २१ तारिख शुक्रबारका दिन दोहास्थित ढाका रेष्टुरेण्टमा हुने भएको छ । सचिवालय बैठकको निर्णयलाई नोभेम्वर ६ का दिन बसेको महासंघको सघिय परिषदको बैठकले सो निर्णयको अनुमोदन गरेको हो । 'यस दोश्रो अधिवेशन भब्य रुपमा सफल पार्न महासंघको मातृ संस्थाहरुलाई जानकारी दिई सकेको र विभिन्न उप समितिहरु गठन गरी कार्य विभाजनसमेत गरि सकेको छ । सबैले आ आफनो जिम्मेवारी र कर्तब्य पुरा गर्नेमा म पूर्ण रुपले विश्वस्त छु' - अध्यक्ष अमृत गुरुङले भन्नु भयो । यस महासंघमा हाल आठ जातिय संस्थाहरु आवद्ध छन् । तमू बौद्ध सेवा समिति शाखा कतार, किरांत राई यायोख्खा शाखा कतार, किरांत याक्थुङ्ग एकता समाज कतार, आप्रवासी तामाङ्ग समाज कतार, प्रवासी मगर संघ दोहा कतार संस्थापक मातृ संस्थाहरु हुन् भने प्रवासी शेर्पा संघ कतार, थारु कल्याणकारीणी सभा कतार च्याप्टर र प्रवासी दराई सेवा समाज कतार पछि आवद्ध भएका संस्थाहरु हुन् । यस महासंघको संघिय परिषदको सदस्यको लागि प्रत्येक मातृ संस्थाहरुले तीन जना प्रतिनिधी पठाउनेछन् र तीनै सदस्यहरु मध्येवाट नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारको सचिवालय गठन गरिनेछ - कुराकानीको क्रमका संगठन विभाग सचिव देव राना मगरले बताउनु भयो । 'वैदेशिक रोजगारीको सिलसिलामा कतारमा विभिन्न पेशा, व्यवसायमा संलग्न भई बसोवास गरिरहनु भएका नेपाली आदिवासीहरु आफ्नो हक हित र अधिकारलाई सुनिश्चित गर्दै नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई सर्वोपरि मान्दै जाति, भाषा, भौगोलिक क्षेत्र, आर्थिक तथा सांस्कृतिक विशेषताको आधारमा राज्यको संघिय संरचना निर्माण गर्नको लागि भाषा, धर्म, संस्कृति, लिपीको संरक्षण गर्न नेपाल आदिवासी जनजाति महासंघ नेपालले खेलेको महत्वपूर्ण भुमिकाहरुमा प्रत्यक्ष रुपमा यस नेपाल प्रवासी आदिवासी जनजाति महासंघ दोहा कतारले सहयोग र समर्थन गर्दै आई रहेको छ । सो को लागि कतारमा आएका हरेक राजनितिक नेताहरु मार्फत नेपाल सरकारलाई ज्ञापन पत्रहरु पनि बुझाई सकिएको छ' - अध्यक्ष अमृत गुरुङले भन्नु भयो । स्मरण रहोस्, नेपाल आदिवासी जनजाति महासंघ नेपालबाट सम्बन्धन प्राप्त यस संस्थाले स्थापनाको यस दुई बर्षको अवधिमा विभिन्न अन्तरकि्रयाका कार्यक्रमहरु सम्पन्न गरि सकेको छ र कतारमा स्थापित संघ संस्थाहरु भाईचाराको संबन्ध स्थापित गर्दै शक्तिशाली संस्थाको रुपमा खडा भई सकेको छ । -Budbal Gurung in Doha Qatar |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||