Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Archive» Words: Pratha. FIPNA Members. Photos & illustration: eEyeCam

न्यूयोर्कमा नेपाली आदिबासिहरुको महासंघमा नयाँ नेतृत्व

महासंघको नाम फेरियो - Federation of Indigenous Peoples of Nepal in America (FIPNA)

न्यूयोर्क, July 13, 2008- ग्लोबल नेपाल आदिबासी जनजाति महासंघको नाम आज सम्पन्न दोश्रो महाधिबेशनले बदलेर नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (Federetion of Indigenous Peoples of Nepal in America) नामाकरण गरेको छ।


Karma Gyaljen Sherpa, newly reelected President of Federetion of Indigenous Peoples of Nepal in America (FIPNA). Photos: eEyeCam

महाधिबेशनले अर्को दुई बर्षका लागि पुन: कर्मा ग्य्लाजेन शेर्पाको अध्यक्ष्यतामा १३ सदस्यिय केन्द्रिय कार्य समिति र बिभिन्न आदिबासी जनजातिय संघ सस्थाहरुको ३, ३ प्रतिनिधिहरु रहने गरी संघीय परिषद गठन गरेको छ।

महासंघका नब निर्बाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष शिवकुमार राइ, दोश्रो उपाध्यक्ष बिनोद पोमो लिम्बु, महासचिब अर्जुन गुरुङ, सचिब सुमन राइ, कोषाध्यक्ष छेपक दोर्जी, र सह-कोषाध्यक्ष मनास्लु गुरुङ निर्बाचित भएका छन्‌ भने सदस्यहरुमा यज्ञलाल श्रेष्ठ, कुन्साङ शेर्पा योल्मो, र आदित्य महर्जन निर्बाचित भएका छन्‌।

प्रथम उपाध्यक्ष पदका लागि दुई उमेदवारी परेको हुँदा मतदानबाट ३५ मत ल्याइ शिवकुमार राइ बिजयी भएका थिए भने उनका प्रतिद्वन्दी सुबाश तामाङले २७ मत प्राप्त गरेका थिए।
  उता ३ सदस्य पदका लागि ६ जनाको उमेदवारी परे पछि मतदान हुँदा यज्ञलाल श्रेष्ठ, कुन्साङ शेर्पा योल्मो, र आदित्य महर्जन निर्बाचित भए भने लीला राइ, प्रेम थोकर तामाङ र दाग्याल्प पुनेल पराजित भए ।

अझ रोचक के भो भने आदित्य महर्जन र दाग्याल्प पुनेलको मत बराबर भएको हुँदा गोला प्रथाबाट निर्णय गरिदा पुनेलले बिजयी पत्र चुन्न नसक्दा पराजित हुन पुगे।


Pasang Dorchi Sherpa announcing his withdrawal from President candidacy.

अन्य पदहरुमा सर्बसम्मती भएको भए पनि अध्यक्ष्य पदका लागि पासाङ दोर्ची शेर्पा र कर्मा ग्य्लाजेन शेर्पाको बिच मतदान हुनै लाग्दा संस्थागत हितका लागि पासाङले उम्मेदवारी फिर्ता लिएका थिए।

यसरी निर्बिरोध र चुनाबि गरी मिश्रित प्रकृयाबाट महासंघको नयाँ नेतृत्व चुनिनुलाई महाधिबेशनमा उपस्थित प्रतिनिधि र पर्यवच्क्षकहरुले साकारात्मक रुपमा लिएको पाइयो। सहभागि एक प्रतिनिधिले युएस नेपाल अनलाइनलाई भने "अब भने जनजाति आदिबासीहरु नेतृत्वका लागि सचेत र उत्साहित भएछन्, यो खुशीको कुरो हो।"


Manaslu Gurung making her points.

उल्लेख्य कुरा उपस्थित एक मात्र महिला प्रतिनिधि मनास्लु गुरुङ भए पनि महासंघको नयाँ बिधानमा ३३ प्रतिशत महिला आरक्षण गराएरै छाडिन्‌ ।

महाधिबेशनको शुरुमा बिभिन्न बक्ताहरुले आ-आफ्ना मन्तब्य बक्त गरेका थिए। ति बक्ताहरु हुन्‌- अशोक गुरुङ, राम नेपाली, मुनिन्द्र नेम्बाङ, शुरेश चाम्लिङ, टेक गुरुङ, महेश गुरुङ, प्रदीप थापा मगर, जय राइ ।

कार्यक्रमको सन्चालन महासचिब नारदमणि किरातीले गरेका थिए।

-Prathaa Magar, contributed by Bel Bhujel in New York


Nagendra Rana presenting federation's yearly budget as outgoing treasurer.


Election commissioners Ram Tamang, Munindra Nembang and Dr. Krishnakumar Rai.






Outgoing General Secretary Naradmani Kirati preparing for to cast his vote.




New executive committee members of FIPNA.


Two volunteer Tamang girls. Ooooooops forgot to ask name. Photos: eEyeCam
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®