Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सरकार आफै राहत बाँड्‍न थालेपछि काला ब्यापारी जिल्ल

काठमाण्डौं, October 8, 2008- दशैंको मुखमा दुर्गम पहाडी जिल्लाहरुमा खाद्यान्नको अभाव भएपछि सरकारले खाद्यान्न अभाव भएका जिल्लाहरुमा खाद्यान्न पठाएको छ भने राजधानीमा देखिएको ग्याँस, मट्टितेल लगायतका पेट्रोलियम पदार्थको कृत्तिम अभाव अन्त्यका लागि नेपाल आयल निगमबाटै ग्याँस, मट्टितेल लगायतका अत्यावश्यक पेट्रोलियम पदार्थ दिने व्यवस्था गरॆको छ ।

बजारमा सुलभ रुपले पेट्रोलियम पदार्थ नपाइए निगममा गएर लिन सरकारले सर्व साधारणहरुसँग आग्रह गरेको छ ।

यथेष्ट मात्रामा पेट्रोलियम पदार्थ निर्यात गरिएपनि कृत्तिम अभाव सिर्जना गरी बिक्रेताहरुले ग्याँस, मट्टितेल लगायतका पदार्थहरु बढि मूल्यमा बिक्री गर्न थालेको देखिएपछि निगमले कार्यालयबाटै पेट्रोलियम पदार्थ बिक्री गर्न थालेको हो । यसैगरी चिनी लगायतका अत्यावश्यकीय वस्तुहरुपनि खाद्य संस्थानले आफै बिक्री वितरण गर्न थालेको छ । यसले गर्दा उपभोक्ताहरु खुसी हुन थालेका छन् र बिग्रँदै गएको सरकारको छविमा केही मात्रामा भएपनि सुधार आएको छ ।

जानकारीअनुसार राजधानीमा सोमबारदेखि संस्थानले २७ स्थानमा बिक्री केन्द्र स्थापना गरी चिनीलगायतका वस्तु बिक्री गर्न थालिएको छ भने आजसम्म ३२ स्थानबाट बिक्री गरिने बताइएको छ । सरकारी निकायहरुले यसरी आफै बिक्री बितरण गर्न थालेपछि लुकाएर राखेका व्यापारीहरुलेपनि आफूसँग रहेको स्टक निकालेर बिक्री गर्न थालेका छन् । त्यसैले ग्याँस, चिनी लगायतका उपभोग्य बस्तुहरुको सहजै किन्न सकिने स्थिति सिर्जना भएको छ ।

उता दशैंको मुखमासमेत दुर्गम पहाडी जिल्लामा खाद्य संकट सिर्जना भएपछि सरकारले भारीमात्रामा त्यस क्षेत्रमा चामललगायतका खाद्य पदार्थ पठाएको छ । यसमध्ये ताप्लेजुङ्गमा १ सय १, संखुवासभामा ६ सय ३४, खोटाङ्गमा ९ सय ३३, ओखलढु्रङ्गामा १ हजार ४९, सोलुमा ७ सय ८०, गोर्खामा १ हजार १ सय ५४, मनाङमा ६ सय ३३, मुस्ताङमा १ हजार ४ सय ४१, रोल्पामा ४ हजार ७ सय २, रुकुममा ४ हजार ४ सय ६२ क्वीन्टल पठाइएको खाद्यसंस्थानले बताएको छ ।

यसैगरी दैलेखमा ३ हजार ८ सय ४७, जाजरकोटमा १ हजार १ सय ८५, कालिकोटमा १ हजार ४ सय, डोल्पामा ३ हजार ९ सय ६९, जुम्लामा २ हजार सय ५४, हुम्लामा १ हजार ८ सय ३०, मुगुमा २ हजार ७४, बझाङ्गमा २ हजार ७ सय ३८, अछाममा २ हजार ३ सय २, बाजुरामा १ हजार ६ सय ११, बैतडीमा ९ सय र दार्चुलामा ३ सय ८२ क्वीन्टल खाद्यान्न पठाइएको छ ।

कालोबजारीकालागि पेट्रोलियम पदार्थ र चिनी लगायतका अत्यावश्यकीय खाद्य बस्तु लुकाएर राख्ने व्यापारीहरुलाईपनि सरकारले कडा कार्वाही गर्न थालेको छ । जानकारीअनुसार ललितपुरको लगनखेलमा एक जना व्यापारीले लुकाएर राखेको ग्याँस र काठमाडौंको भीमसेनगोलामा लुकाएर राखिएको अवस्थामा १६ सय लिटर मट्टितेल सरकारले फेला पारेको छ । लुकाएर राख्ने व्यापारीको नाम प्रकासमा नल्याइएपनि उनीहरुमाथि सरकारले कडा कार्वाही गर्ने आपूर्तिमन्त्री राजेन्द्र महतोले बताएका छन् ।
  देशैभरि खाद्य बस्तु र पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन गृहमन्त्री बामदेव गौतमको संयोजकत्वमा रक्षा मन्त्री रामबहादुर थापा 'बादल' र आवास तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छेदार सदस्य रहेको एक समिति गठन गरेको थियो । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबारको मन्त्री परिषदको बैठकमा आपूर्तिमन्त्री राजेन्द्र महतोलाई आपूर्ति व्यवस्था सुचारु बनाउन कडा निर्देशनपनि दिएका थिए ।

-Siataram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®