-UNO
बिशेष सम्बाददाता New York, August 28, 2008- अमेरिकि राज्य जर्जियाको
मारेतामा बसोबास गर्दै आएका नेपालमा गुल्मी जिल्लाको सदरमुकाम तम्घास घर
भएका ३८ बर्शिय बिनोदकुमार श्रेष्ठको अज्ञात ब्यक्तीबाट गत सोमबार गोली
हानी हत्या गरिएको कुरा हाम्रा सहयोगि तारा पुनले जानकारी गराउनु भएको छ।
श्रेष्ठको हत्या उनको कोठा मै भएको र बेलुकी ७:४५ बजे यो घटनाको जानकारी
पुलिसले पाएको बताइएको छ। अनुसन्धान गरिरहेका सुरक्षा अधिकारीहरुले घटनाको
बिषयमा केही बताएका छैनन्।
एटलान्टा नेपाली कम्युनिटीले स्व. श्रेष्ठको शबलाई परिवारको चाहना अनुसार
एक हप्ता भित्रै नेपाल पठाउने जानकारी गराएको छ।