Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली राजदूतावासका जग्गाहरु गुम्ने खतरा

काठमाण्डौं, November 7, 2008- यूरोप, अमेरिकाजस्ता महङ्गा देशमा नेपालले घरजग्गा खरिद गर्न नसकेपनि दक्षिण एसियाको एउटा देशमा रहेको आफ्नै नामको जग्गामा समयमै राजदूतावास बनाउन नसक्दा त्यहाँ रहेको नेपालको जग्गा गुम्ने खतरा बढेको छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा नेपाली दूतावासको नाममा लिइएको जग्गामाथि खतरा आइलागेको छ । 'डिप्लोम्याटिक इन्क्लेब' भित्र नौ सय वर्ग गज क्षेत्रफल रहेको सो जग्गा नेपालले सन् १९९५-९६ तिर खरिद गरेको थियो ।

लुम्बिनी विकास कोषका लागि पाकिस्तानले दिनुपर्ने रकमको सट्टा करिब ६ करोड रुपैयाँ बराबरको सो जग्गा नेपालले पाएको थियो । तर १०-१२ वर्ष बितिसक्दा पनि नेपालले भवन नबनाएपछि पाकिस्तान सरकारले त्यो जग्गा फिर्ता दिन पत्राचार गरेको जानकारी परराष्ट्र श्रोतले दिएको छ ।

श्रोतकाअनुसार इस्लामावादमा १०/१२ वर्षयता जग्गाको मूल्य आकासिएका कारण लुम्बिनी विकास कोषका लागि दिनुपर्ने पैसा दिएर जग्गा फिर्ता लिँदा फाइदा हुने देखी पाकिस्तान सरकारले यस्तो पत्राचार गरेको हो । श्रोतले भन्यो- 'यदि हामीले छिट्टै त्यहाँ दूतावास भवन बनाएनौं भने त्यो जग्गा गुम्नसक्छ ।'

कोलम्बो, श्रीलंकामा खरिद गरिएको जग्गा पनि खतरामा परेको श्रोतको दावी छ । कोलम्बोको राजगिरिया भन्ने स्थानमा दूतावास निर्माणका लागि वि.सं. २०४६ मा २ एकड १६ पर्च जग्गा ढाकास्थित राजदूतावासमार्फत खरिद गरिएको थियो । दुई कित्तामा रहेको सो जग्गामध्ये एउटाको क्षेत्रफल ०५ दशमलव ६९४ हेक्टर र अर्काको एक एकड २ रुड्स रहेको छ ।

हाल आकासिएको जग्गा नेपालमा पन्‍चायती व्यवस्था ढल्नै लागेका बेला ३ लाख ६० हजार अमेरिकी डलरमा किनिएको हो । जग्गा किनेर पनि भवन बनाउनु त परै जाओस् त्यहाँ कम्पाउण्ड वालसमेत लगाइएको छैन । 'वाल' लगाएर जग्गाको संरक्षण हुन नसक्दा केही वर्षअघि जग्गाको उत्तरतर्फको छिमेकी जग्गाधनीले जग्गा नै मिची घर बनाउन शुरु गरेको थियो ।

कोलम्बोस्थित नेपाली दूतावासका अधिकारीहरुले जग्गा मिचिएको थाहा पाएपछि श्रीलंकाली सरकारलाई खबर गरेका थिए । त्यसपछि श्रीलंकाली सरकारको सहयोगमा नेपालको जग्गा मिची बनाइँदै गरेको घर भत्काइएको थियो । यसरी अतिक्रमणमा परिसकेर पनि जोगिएको सो जग्गामा अहिलेसम्म कम्पाउण्ड वाल लगाइएको छैन ।

भएका जग्गाहरुसमेत संरक्षण गर्न धौ-धौ परिरहेका बेला नेपालले गत बर्ष करिब ६ करोडमा मलेसियामा दूतावासका लागि जग्गा खरिद गरेको छ भने अष्ट्रेलियामा पनि खरिद गर्ने योजनामा सरकार छ । परराष्ट्रका एक अधिकारीले भने- 'यसरी किनेर मात्र हुँदैन संरक्षणको आवश्यकता पनि देखिएको छ ।'

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®