Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
क्यानाडा, कुवेत र दक्षिण अफ्रिका नेपालको राजदूतावास खोलिने भो

काठमाण्डौं, December 23, 2008- अमेरिकासँगै सीमा जोडिएको अर्को राष्ट्र क्यानाडामापनि नेपालको राजदूतावास खुल्ने भएको छ । क्यानाडाका अलवा बैदेशिक रोजगारीकालागि नेपालीहरु जाने गरेको कुवेत र दक्षिण अफ्रिकामा पनि नयाँ दूतावास खोल्नकालागि अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पठाइएको छ ।

यससम्बन्धमा परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरिसकेको छ भने केही प्रकृया पुरा भएपछि यससम्बन्धी प्रस्ताव मन्त्री परिषद्मा लगिने भएको छ । नयाँ दूतावास खोल्नकालागि ठूलो धनराशी र कर्मचारीको आवस्यकता पर्ने भएकाले परराष्ट्र मन्त्रालयले आर्थिक स्वीकृतिकालागि अर्थ मन्त्रालयमा र कर्मचारीकालागि सामान्य प्रशासन मन्त्रालयमा स्वीकृति पठाएको छ ।

यी दुबै मन्त्रालयले स्वीकृति दिएपछि दूतावास खोल्ने प्रस्ताव परराष्ट्र मन्त्रीले मन्त्री परिषद्मा लग्नेछन् । परराष्ट्र मन्त्रीले लगेको प्रस्ताव मन्त्री परिषद्ले पास गरेमा दूतावास स्थापना कार्य तत्काल सुरु हुने श्रोतले जानकारी दिएको छ । करिव १० हजार नेपालीहरु बसोबास गरिरहेको क्यानाडाका अलवा बैदेशिक रोजगारीकालागि नेपालीहरु जाने गरेको कुवेत र दक्षिण अफ्रिकामा पनि नयाँ दूतावास खोल्नकालागि अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पठाइएको छ ।

कुनैपनि अफ्रिकी मुलुकमा नेपालको राजदूतावास नभएकाले त्यसक्षेत्रको प्रतिनिधित्वकालागि दक्षिण अफ्रिकामा दूतावास स्थापना गर्न लागिएको हो ।

त्यस्तै ल्याटिन अमेरिकी क्षेत्रको प्रतिनिधित्वकालागि ब्राजिलमा दूतावास स्थापना गर्ने योजना परराष्ट्र मन्त्रालयले यस अघि बनाएपनि अहिले यससम्बन्धी प्र्रस्ताव लगिएको छैन । हाल प्रस्ताव लगिएका तीन देशमा दुतावास स्थापना गर्ने परराष्ट्रको प्रस्तावलाई अर्थ र सामान्य प्रशासनले स्वीकृति दिएमा विदेशमा नेपालका विभिन्न दूतावासको संख्या ३१ पुग्नेछ ।

-Sitaram Baral in Kathmandu











   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®