|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेपाल विकसित र सम्बृद्ध बनाउन प्रवासी नेपालीहरुको भूमिका -परराष्ट्रमन्त्री यादव |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Minister Upendra Yadav while he was in New York. Photo: eEyeCam काठमाण्डौं, October 16, 2008-परराष्ट्र मन्त्री उपेन्द्र यादवले अमेरिकामा व्यवसाय गर्दै आएका एक इजरायली व्यापारीले आ-आफ्नो देशलाई सम्बृद्ध पार्न प्रवासी नागरिकहरुले के के गर्न सक्छन् भन्ने बारेमा आफूलाई भनेको एउटा कुरा निकै घतलाग्दो भएको बताएका छन् । संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन अघिल्लो हप्ता न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री यादवसँग अमेरिकामा बसोबास गरेका ती इजरायली व्यापारीको भेट भएको रहेछ । ती व्यापारीले मन्त्री यादवलाई भनेछन्- 'सन् १९५६ मा अरेवियन मुलुकहरुले हाम्रो देशमाथि निकै भीषण हमला गरे हमलाका कारण हाम्रो देशको अस्तित्व झण्डै लोप भएन । अन्तिम लडाईं इजरायलले जितेकाले देशको अस्तित्व समाप्त हुनबाट जोगियो । तर आक्रमणका कारण देश तहस नहस भएको थियो । यद्यपी हामी प्रवासी इजरायलीहरुको सहयोगका कारण आजको सम्पन्न इजरायल बनेको हो ।' 'हाम्रो देश सम्बृद्ध भएकैले हामीले यहाँ अमेरिकीहरुबाट इज्जत र सम्मान पाएका हौं' ती व्यापारीको थप भनाई रहेछ- 'यदि हाम्रो देश सम्बृद्ध नहुँदो हो त हामीले यस्तो इज्जत र सहयोग पाउने थिएनौं ।' नेपाललाई विकसित र सम्बृद्ध बनाउन प्रवासी नेपालीहरुलेपनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्ने बताउँदै परराष्ट्रमन्त्री यादवले भने- 'अनिमात्र विश्वको जुन कुनामा गएपनि नेपालीहरुले इज्जत र मानसम्मान पाउनेछन् ।' अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीहरुको संस्था 'मदरल्याण्ड नेपाल' द्धारा राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री यादवले उपरोक्त मार्मिक भनाई सुनाए । सो संस्थाले 'शान्ति निर्माण प्रकृयामा प्रवासी नेपालीको भूमिका' बिषयक कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले भने- 'प्रवासी नेपालीहरुले कमाएको सम्पत्ति र अनुभवले नेपाललाई सम्बृद्ध र शान्त बनाउन निकै ठूलो भूमिका खेल्न सक्छ ।' |
|
|
नेपालमा जलश्रोत लगायतका प्राकृतिक श्रोत
पर्याप्तमात्रामा भएको बताउँदै मन्त्री यादवले पूँजीको अभावका कारण यसलाई
राष्ट्रको हितमा प्रयोग गर्न नसकिएको बताए । पूँजी भएका गैर आवासीय
नेपालीहरुले नेपालमै आफ्नो पूँजी विकास निर्माणकालागि लगानी गर्न उनले
आव्हानपनि गरे । उनको भनाई थियो- 'यसकालागि शान्तिको आवस्यकता छ
शान्तिपूर्ण वातावरण निर्माण गर्न सरकार दत्तचित्त छ ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||