Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

युएस नेपाल अनलाइनले खिचेका फोटोहरुको फाइल Corrupted भएकोले प्रकासित गर्न असमर्थ छौं।



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
न्यू योर्कमा नेपाली सहकारी अभियानको थालनी, नेपाल र अमेरिकामा लगानी गरिने


Photos courtesy: Himalaya Health and Education Society Nepal.

न्यू योर्क, January 18, 2009- न्यू योर्कमा 'नेपाल अमेरिका कल्याण संघ' र 'हिमालय स्वास्थ्य तथा शिक्षा समाज, नेपाल'को सङ्युक्त आयोजनमा सन्चालित अन्तरकृया कार्यक्रम 'नेपाल र नेपालीको दिगो बिकासको लागि सहकारी अभियान-२००९' ले निकट भबिश्यमा नेपाल र अमेरिकामा साना, माझ्यौला र ठुला लगानी गर्ने निती र कार्यक्रम निर्धारणा गर्ने उद्धेश्यले Nepalese Cooperative Investment Coordination Committee in USA गठन गरेको छ।

उक्त भेलाले हिमालय स्वास्थ्य तथा शिक्षा समाज, नेपालका अध्यक्ष तथा नेपाल अमेरिका कल्याण संघका उपाध्यक्ष पासँग दोर्ची शेर्पाको सम्योजकत्वमा ७ सदस्यिय निती निर्माण तथा भेला आयोजक समिती गठन गरेको छ।

उक्त समिती यस प्रकार छ: Nepalese Cooperative Investment coordination Committee in USA:

1.Coordinator: Pasang Dorchi Sherpa
2.Member: Bansalal Tamang
3.Member: Mrs.Madhu Shrestha
4.Member: Aditya Maharjan
5.Member: Janak Adhikari
6.Member: Dr.Krishna Kumar Rai
7.Member Secretary: Sesh Raj Khatiwada

नेपाल अमेरिका सेवा संघका सभापति डा. कृष्ण कुमार राइको सभापतित्वमा आयोजित उक्त अन्तरकृयामा आ-आफ्ना मन्तब्य ब्यक्त गर्ने Shankar P. Upadhyay, Aditya Maharjan, Subhas Lama, Rajkumar Shreshtha, Sesh Raj Khatiwada, Dawa Gyalpo Punel, Kamal Bishwa Karma, Top Dagi, Sanjaya Thapa, Tek Gurung, Amit Shah, Ram Nepali, Bamshlal Tamang, Jank Adhikari, Roshan Dhunggana, Ganga GC, Ram Gajamer, Pradeep Thapa, Ram Nepali, Madhu Shreshtha लगायतका बिभिन्न बक्ताहरुले अमेरिकि नेपालीहरुले अमेरिका र नेपालमा सहकारी खोल्ने कुराको सरहाना गर्दै सस्थाले प्राथमिकताका कार्यक्रम तथा लगानीकर्ताको लगानी सुरक्षित गरिने बलियो कानुनी उपचार खोजिनु पर्नेमा जोड दिएका थिए।
 


अधिकाङ्श बक्ताहरुले अमेरिका मै पहिले नेपालीको विश्वाश आर्जन गरे पछि मात्र नेपालमा लगानी गर्न सकिने कुरा बताएका थिए।

उक्त सहकारी निती निर्माण तथा भेला आयोजक समितीले एक महिना भित्र ब्रिहत्तर अमेरिकि नेपाली संघ सस्थाहरुका प्रतिनिधिहरुको भेला डाकी कर्पोरेसनको स्थापना गर्ने निर्णय गरेको छ।

-Pratha Magar in New York. Comments? 917-570-1098


युएस नेपाल अनलाइनले खिचेका फोटोहरुको फाइल Corrupted भएकोले प्रकासित गर्न असमर्थ छौं।


हिमालय स्वास्थ्य तथा शिक्षा समाज, नेपालका अध्यक्ष तथा नेपाल अमेरिका सेवा संघका उपाध्यक्ष पासँग दोर्ची शेर्पाले प्रस्तुत गर्नु भएको कार्यपत्र:


Pasang Dorchi Sherpa. Photos courtesy: Himalaya Health and Education Society Nepal.

नेपाल र नेपालीको दिगो बिकासको लागि सहकारी अभियान-२००९

प्रस्तुतकर्ता: पासांग दोर्ची शेर्पा

न्युयोर्क, यु एस ए

(क) भूमिका :
नेपाल चीन र भारतको बिचमा अबस्थित बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक, बिबिध जात जातिहरुको बसोबास भएको धर्मं निरपेक्ष्य, प्राकृतिक सौन्दर्यले भरिपूर्ण कृषी प्रधान, लोकतान्त्रिक गणतंत्रात्मक सानो हिमाली मुलुक हो .

क्षेत्रफलको हिसाबले सानो भएता पनि बिबिध कारणहरुले गर्दा संसार भरी नेपाल प्रसिद्द छ ती हुन् :

१.बिश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्दको जन्मस्थान लुम्बिनी .
२.संसारको सर्बोच्च शिखर चोमोलोंगमा (सागरमाथा)
३.संसार कै दुर्लब र बढ़ी जातका पसुपंछी, बोट बिरुवा तथा जडी बुटिहरू नेपालमा हुनु
४. ब्राजील पछि जलस्रोतमा संसार कै धनि मुलुक .

संसार कै शुन्दर देशको रुपमा प्रकृतिले बरदान दिएता पनि करिब २५० बर्ष सम्मको सामन्ति शासन राज्य सत्ताका कारण मुलुकमा गरीबी, अशिक्षा, बेरोजगार, डर, त्राश, हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, भ्रष्टाचार , बेश्यब्रित्ति, नाताबाद, क्रिपाबाद, जातिबाद जस्ता सामाजिक बिक्रितिहरू बृद्धि हनुका साथै अधिकांश युबाहरू बेरोजगार भएर जहिले पनि बिदेश जाने चक्करमा भौंतारिरहेको पाईन्छ.

मुलुकको ७५% भन्दा बढ़ी जनसंख्या रहेको आदिबाशी जनजाति, महिला, दलित समुदायहरु पुस्तौंपुस्तादेखि राज्यको हरेक क्षेत्रमा सिमान्तक्रित हुनु परेकोले गर्दा यस बर्गको सर्बांगिन बिकास नभै नेपालको बिकास नहुने भएकोले र पटक पटक मुलुकमा राजनितिक परिबर्तन भएता पनि सामाजिक परिबर्तन हुन नसकेको कुरा हामी सबैमा घाम जस्तै छर्लंग छ. यसर्थ हाम्रो मुलुक र समाजका बाभी संततिको लागि असल बाताबरण सृजना गरि आजको २१ औ सताब्दिमा मुलुकलाई सम्ब्रिद्धशाली बनाई अगाडी बढन हामी नागरिक समाजको पनि ठुलो जिम्मेवारी भएकोले सबैसंग मिलेर सहकारी अर्थात सहकार्यको आधारमा शैक्षिक, आर्थिक, सामाजिक बिकासमा लाग्न नितान्त आवश्यक देखिएकोले राज्यबाट सिमंताक्रित, स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण शोषित, पीड़ित महानुभाबहरुमा आफ्नो मुलुक र समाज आफै स्वाबलंबी भै बनाऊंनका लागि एक जुट हुन हार्दिक आवाव्हन गरिन्छ. यसो भएमा हामीले कसैको पराधीनता सहनु पर्दैना हाम्रो जन्म भूमिको मालिक हामी आफै हुन सक्छौं .

राज्यको महत्वपूर्ण जनसक्तीहरु गोरखा भार्तिका नाममा (भारत र ब्रिटेन), अध्ययनको शिल्शिलामा बिद्यार्थी भएर, कामको खोजीमा ,ब्यापार गर्न आदि हिसाबले बर्षेनी अधिक मात्रामा बिदेशिने क्रम जारी छ र यो मुलुक को ठुलो समस्या पनि हो. त्यस्ता जनशक्तिलाई आफ्नै देशमा उपयोग गर्ने र बिदेशमा कमाएको पैसालाई संयुक्त रुपमा लगानि गरि सानोदेखि लिएर ठूला उधोग धंदा तथा ब्यापार गर्ने अवसरको सृजना गरि स्वदेश तथा बिदेशमा भएका आम नेपालीलाई नेपालको मालिक आफै बन्ने र बनाउने सजिलो माध्यम भनेको सहकारिता नै प्रभाबकारी उपाय भएकोले यस अभियानमा सहभागी भै सक्दो सहयोग गरि दिनका लागि संपूर्ण न्यायप्रेमी दाजूभाई तथा दीदी बहिनीहरुमा हार्दिक अनुरोध गरिन्छ .

(ख) मुख्य लक्ष्य (Main Goals) :

सम्ब्रिद्धाशाली समाजको निर्माण गर्नु .

(ग) मुख्य उद्धेश्यहरु (Main Objectives) :

१.सहकारिताको आधारमा साना, मझौला र ठूला उधोग धंदा, ब्यापार ब्याबासायहरु सबैले एक आपसमा मिलेर सम्पन्न गर्ने
२.स्वदेश तथा बिदेशमा फाइदा मूलक नयाँ नयाँ लगानीको क्षेत्रहरु पत्ता लगाई आर्थिक बिकास हुने कार्यक्रमहरु सञ्चालन गर्ने .
३.आफ्नो उद्धेश्यसंग मेल खाने राष्ट्रीय तथा अन्तराष्ट्रीय संग संस्था हरु संग सम्बन्ध बिस्तार गर्ने .
४.सामाजिक र आर्थिक बिकसको लागि आवश्यकता अनुसार उपयोगी दक्ष जनशक्तिहरु उत्पादन गर्ने
५.समाजबाट गरीबी, अशिक्षा, रोग र बिकृति मूलक क्रियाकलापहरुलाई निर्मूल परी शांतिपूर्ण सामाजिक बातावरण बनाउनका लागि जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्ने .
६.शिक्षा, स्वास्थ्य, बैंकिंग, पर्यटन, जल बिद्युत, आयुर्बेदिक जडीबुटी, कृषीमाँ आधारित उद्योग धंदा, परमपरागत सिप कला, धर्मं, संस्कृतिलाई बिशेष प्राथमिकताका साथ संरक्षण, संबर्धन र बिकास गर्ने .
७.दक्ष जनशक्ति ,युबा ,स्वयंसेवक हरु को सेवा आदान प्रदान गर्ने .
८.स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुलाई सहकारिताको आधारमा एक जुट बनाई बस्ताबिक र ब्याबहारिक रुपमा मुलुक को बिकसमा साझेदारी बनाउने

(घ) कार्यनिति (Startegy):

१.समाजमा स्थापित संघ संस्था ,ब्यक्ति ,समूहहरुलाई समेटेर प्रभाबकारी सहकारी समूह हरु निर्माण गर्दै जाने .
२. प्राथमिकता क्षेत्र ,सदस्यता संख्या ,शेयर मूल्य आदि निर्धारण गर्ने .
३.प्राथमिकता अनुसार कार्यक्रम सञ्चालन गर्न समिति गठन गर्ने र निर्धारित अर्थ संकलन गर्ने .
४.बिबिध प्रकारका अंतर्क्रिया तथा जन चेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै जाने .
५.आर्थिक ब्यबहार स्पष्टता को लागि छंयाँ उपसमिति गठन गर्ने .
६.मुनाफाको २-५% रकम सामाजिक सेवा अर्थात समाज कल्याण को लागि छुट्टाउने.

( ङ) क्रियाकलापहरु((Activities):

१.समाजको हरेक क्षेत्रको उन्नति प्रगतिको लागि शैक्षिक ,आर्थिक ,सामजिक चेतना मूलक कार्यक्रम हरु सञ्चालन गर्ने .
२.पिछड़ीएका आदिबासि जनजाति ,महिला ,दलित र लोपोंमुख अल्पसंख्यक हरु को द्रुततर बिकासको लागि स्वदेश तथा बिदेशमा सहकारी संस्थाहरु गठन गरि समूहगत रुपमा ब्यापार ब्याबासाया को स्थापना र सञ्चालन गर्दै जाने
३.शैक्षिक बिकासको लागि छात्रब्रित्तिको ब्यबस्था गर्ने र नमूना बिध्यलायाहरू ७५ जिल्लामा नै स्थापना गर्ने .
३.समाजबाट रोगहरू निर्मूल पार्नाकालागि नमूना अस्पतालहरू ७५ जिल्लामा नै खोलने र प्रभाब कारी रुपमा जनस्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्ने .
४.आर्थिक उन्नतिको लागि संगठित रुपमा ब्यापार ब्याबसाया, उधोग धंदा, कलकारखानाहरु स्थापना गरि सञ्चालन गर्दै जाने .
५. राष्ट्रीय तथा अन्तराष्ट्रीय बजारमा नेपालमा उत्पादित सामानहरुको प्रचार प्रसार गर्ने र बजार खोजने

(च) परिणाम (Outcome) :

उक्त क्रियाकलाप हरु द्वारा निम्न कुराहरुको अपेक्षा गर्न सकिन्छ .
१.समूहमा सम्मिलित वा ब्याबसायिहरू सबैजना रोजगारी र आर्थिक हिसाबले स्वाबलंबी र सुरक्षित हुनेछन.
२.साना देखि ठूला पूंजी भएका सबैलाई ब्याबसायाको मालिक हुने अबसर प्राप्त हुनेछ .
३.स्वरोजगार तथा आर्थिक उन्नति हुनेछ .
४.जस्तोसुकै गार्हो कामहरु पनि सजिलै संग संपन्न गर्न सकिनेछ .
५.स्वदेश तथा बिदेश सबै तीर ब्यापार ब्याबसायाहरु बृद्धि हुँदै जानेछ .
६.एन जी ओ र मल्टी नेसन कंपनीहरुको क्रियाकलापहरु मुलुकबाट बिस्तारै काम हुँदै जानेछ.
७.यस अभियानमा संलग्न सबैजना सुबिधा संपन्न बन्नेछन.
८.बिकास निर्माणको काम होस वा ठूला साना बंद ब्यापार गर्न होस कसैको मुख ताक्नु पर्दैन .
९.शैक्षिक ,आर्थिक ,सामजिक बिकास तीब्र गतिमा हुनेछ .
१०. भाषिक, धार्मिक र सांस्कृतिक हिसाबले संगठित नेपालीहरु आर्थिक हिसाबले पनि संगठित हुनेछन

अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको बर्गीकरण :

१.केहि बर्ष बसेर नेपाल फर्किने र स्थाई रुपमा बसोबास गर्ने मंसाया भएकाहरु .
२.सपरिवार र आफ्नो परिवार साथमा नभएकाहरू.
३.बिद्यार्थी, कर्मचारी, ब्यापारी, दैनिक ज्यलादारी काम गर्ने .
४.बिदेशमा बसेर पनि मुलुकको लागि केहि गरौं भन्ने चेतना भएका तर संगठित ढंगले अघि बडन नसकेका र संगठित हुन खोजेका तर प्रशिक्षण नपुगेका अर्थात ब्यक्तिगत स्वार्थ र मनोरंजनात्मक क्रियाकलापमा मात्र लिप्त

(छ) निष्कर्ष (Conclusion):
यस कार्यक्रमले सबै बर्ग ,ब्याबासाय ,तह र तप्काका समुदयाहरूलाई समेटेर समुन्नत र सम्ब्रिद्धाशाली समाजको निर्माण गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्छ.
(ज)प्रथामिकताका क्षेत्रहरू :

साना तथा मझौला ब्याबसायाहरु

(क) नेपाल

१.माइक्रोफाइनान्स
२.स्कूल र अस्पताल
३.निर्माण ब्याबसाय
४.साना जलबिद्युत
५.एन जी ओ
६.मानि ट्रांसफर
७.ट्रेकिंग, ट्राभल, एक्स्पिडिसन
८.एग्रो बेस इंडस्ट्री (चिया ,कफी,हर्बल)

(ख) अमेरिका (बिदेश)

१.सुपरमार्केट
२.ओप्टिकल
३.रेस्टुरेंट,क्याटरिंग ,पार्टीहल
४.सेयर मार्केट
५..एन जी ओ
६.मानि ट्रांसफर
७.ग्यास स्टेसन
८.मीडिया सेंटर

ठूला ब्याबसायाहरु

१.केबल कार
२.हाइड्रोपावर (जल बिद्युत)
३.बैंक
४.रिनिउवेबल इनर्जी
 

Seshraj Khatiwada , Dr. Krishna Kumar Rai and Shankar P. Upadhyay.


Photos courtesy: Himalaya Health and Education Society Nepal.






Photos courtesy: Himalaya Health and Education Society Nepal.




Photos courtesy: Himalaya Health and Education Society Nepal.

युएस नेपाल अनलाइनले खिचेका फोटोहरुको फाइल Corrupted भएकोले प्रकासित गर्न असमर्थ छौं।
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®