|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
वालवालिकाहरुको खाजा खर्च १० हजार कोशी पिडितलाई |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्रीसँग माग्ने पालो अब वालवालिकाहरुको![]() Nepalese Children from Pokhara with Prime Minister Prachanda. Photos: Santa काठमाण्डौं, October 25, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न वाल अधिकारसँग सम्बन्धीत संघसंस्थाबाट आएका वाल प्रतिनिधहरुसँग भलाकुसारी गरेका छन् । सेना समायोजन उच्चस्तरीय राजनीतिक समिति जस्ता विषयमा छलफल गर्नु पर्ने कारणले अत्यन्त व्यस्त तालिकाको बावजुद पनि उनले बालवालिकालाई भेट्ने समय निकालेर भेटेका हुन् । पोखराबाट आएका वालवालिकालाई कार्तिक ९ गते विहान आफ्नो सरकारी निवासमा भेट्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र पनि अहिले नाबालक अवस्थामै रहेको टिप्पणी गरे । वालवालिकाले पालैपालो आफ्ना समस्या राखेपछि प्रधानमन्त्रीले त्यसलाई सम्बन्धीत निकायमा पुर्याएर निर्णय गराउने प्रतिबद्धता जनाएका थिए । पश्चिमान्चाल वाल स्वलम्वन समूहकी अध्यक्ष कुसुम तामाङ्गले अब बन्ने संविधानमा वाल अधिकारलाई मौलिक हकको रुपमा राख्न आग्रह गरिन् । बालवालिकाको लागि नि:शुल्क स्वास्थ्य सुविधा हुनु पर्ने, उच्च माध्यमिक तहसम्मको शिक्षा नि:शूल्क हुनु पर्ने, गाउँ र शहरको शिक्षा समान हुनु पर्ने, १८ वर्ष सम्मकालाई वालवालिकाको मान्यता दिनु पर्ने माग राखेका छन् । |
|
![]() यसैगरी विद्यालयलाई शान्ति क्षेत्र बनाउनु पर्ने, बालविवाह, वाल श्रम शोषणको अन्त्य हुनु पर्ने, कम्तिमा निम्न माध्यमिक तहसम्मको शिक्षा मातृभाषामै लिन पाउनु पर्ने माग गरेका छन् । ![]() त्यस अवसरमा पोखराका वालवालिकाले लेखेका 'हाम्रो आवाज' चित्र पुस्तक तथा वाल गीति क्योसेटको पनि प्रधानमन्त्रीले विमोचन गरेका थिए । वालवालिकाहरुले खाजा खर्च कटाएर जम्मा गरेका १० हजार रुपियाँ कोशी पिडित आफूहरु जस्तै वालवालिकाको लागि राहत स्वरुप प्रधानमन्त्री समक्ष हस्तान्तरण गरे । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||