Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

मलेसियामा नेपाली कलाकारहरुको ओइरो



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Nepalese artists in Malaysia. Photo: Devendra

क्वालालम्पूर, मलेसिया, September 30, 2008- हिन्दूहरुको महान चाड वडादशैसँगसँगै हुने मलेसियाको हरिरायाको लागि नेपालीहरु लामो छुट्टिको कल्पनामा रमाउँदै काम गरिरहेका त छन् नै । तर यो वर्ष भने उनीहरु केही फुरुङ्ग छन् । किनभने डिजी कम्यूनिकेशनले हरिरायाको अवसरमा विजयादशमी लाइभ कन्सर्टको लागि निम्तो दिएको छ ।

करिब साढे तीन लाखको संख्यामा रहेका नेपालीहरुले आफ्ना प्रिय कलाकारहरु रेखा थापा, धिरज राई, कोमल वली, ऋचा घिमिरे, केदार घिमिरे, माग्ने बुढा, सीताराम कट्टेल 'धुर्मस', कुन्जना घिमिरे 'सुन्तली', राधा राईको कला प्रत्यक्ष रुपमा हेर्न पाइने भएकोले फुरुङ्ग नहुने कुरै भएन ।

मलेसियामा कार्यक्रम वर्षेनी हुन्छ । प्रवासमा कार्यक्रम नेपाली कलाकारहरुको लागि केही राम्रो अवसर पनि हो । अघिल्लो वर्षहरुमा मलेसियाबाट हुने कार्यक्रमहरुमा कलाकार तथा आयोजकलाई सोचेजस्तो हुन सकेको थिएन । जसले गर्दा कलाकारले मलेसिया आउने भनेपछि केही आनाकानी गर्नेसमेत परिपाटी बसिसकेको थियो । त्यही समस्यालाई हल गर्नको लागि यो कार्यक्रम गरेर मलेसिया र नेपाली कलाकारहरुको सम्बन्ध सुमधुर बनाउ र उठेको कोषले सामाजिक सेवामा लगाउ भन्ने अभिप्रायले यो कार्यक्रम गरियो भन्छन् -आयोजक संस्था नेपाली विजनेश सोसाइटी अफ मलेसियाका कर्मा गुरुङ ।

नेपाल विजनेश सोसाइटी अफ मलेसिया मलेसियामा व्यापार व्यावसाय गर्ने नेपालीहरुको साझा संस्था हो । मलेसियाभर करिब १०० को हाराहारीमा खोलिएका रेष्टुरेन्ट, पसल, ट्राभल, रेमिटहरु यस संस्थामा संगठीत छन् । मलेसियामा नेपाली परिकार पस्कनको लागि मद्दत गर्ने तथा विश्वव्यापी रुपमा नेपाली व्यावासायको सन्जाल फैलाउने उक्त संस्थाको उद्देश्य रहेको छ भने कार्यक्रमबाट जम्मा गरिएको कोषबाट काम गर्दा गर्दै मुत्यु भएको परिवारलाई, घाइतेलाई अनाहक रुपमा जेल परेको र नेपालमा दैवीप्रकोप परेको खण्डमा सहयोग गर्ने उद्देश्य राखेको छ । दैवीप्रकोपमा परेकोमा सहयोगको निम्ति कोशीमा भएको बाढिपीडितलाई सोसाइटीको तर्फबाट रुपैया १ लाख सहयोग गरिसकेको छ ।
 
'कार्यक्रम गर्न गाह्रो हुने रहेछ हामीले सामान्य कार्यक्रम गर्न मात्र सक्थ्यौं । तोकिएको उद्देश्य पूरा गर्न चाही गाह्रो हुन्थ्यो तर डिजी कम्यूनिकेशनले गरिदिएको सम्पूर्ण प्रायोजनले गर्दा कार्यक्रम सतप्रतिशत सफल हुन्छ भन्छन् विजनेश सोसाइटी अफ मलेसिया मूलसमितिका सचिव विश्व राई । 'सोसाइटीले कार्यक्रम गर्ने भएपछि प्रायोजनको लागि डिजी कम्यूनिकेशनले निशर्त सम्पूर्ण प्रायोजन गरेको हो ।

कार्यक्रम मलेसियाको तीन मुख्य मुख्य सहरमा हुँदैछ । अक्टोबर १ को दिन क्वालालम्पूरको Bukit Kiara Equestrian Park, Indoor Stadium मा हुँदैछ । २ अक्टोबरमा जोहोरको Johore Convention Centre मा हुँदैछ भने ५ अक्टोबरमा Dome Komtar, Penang मा हुँदैछ । कार्यक्रमकै लागि भने मलेसियाबाट प्रकाशित नेपाली पत्रपत्रिका उक्त कार्यक्रमको विज्ञापनले भरिभराउ छ ।
कार्यक्रमको लागि भ्याईनभ्याई खटेका नेपाल विजनेश सोसाइटी अफ मलेसियाका कार्यकारी समितिका सचिव देउ छन्त्याल भन्नुहुन्छ -'सम्पूर्ण टिकट हेर्ने जिम्मा परेकेा छ । मिलाउन गाह्रो तथा धेरै आनन्द पनि आएको छ, यतिको ठूलो कार्यक्रम गर्न लागेकोमा ।'

त्यसैगरी सम्पूर्ण कार्यक्रमको लागि २४० भोलेन्टीयर खडा गर्न हम्मे हम्मे परेको बताउनुहुन्छ यूनिक एक्चेन्जको प्रमुख तथा विजनेश सोसाइटी अफ मलेसियाका सदस्य भीम सेरचन ।
क्वालालम्पूरस्थीत मिनि नेपाल नै भनिने कोतारायाबाट कार्यक्रमस्थलसम्म जानको लागि २८ वटा वसको व्यवस्था गरिएको छ । कार्यक्रम हेर्नको लागि आरएम २० को टिकट व्यवस्था गरेपनि मूलगेटमा आरएम १० को डिजी रिलोड गर्ने भएको छ ।


-Devendra Surkeli, Kuala Lumpur, Malaysia
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®