Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

दरवारी सेनाको 'श्रीपेच भक्ति हाम्रो शक्ति' अब रहेन
सेनाको झण्डा, क्रेष्ट, छडी, टाँक, पेटिमा अङ्कित श्रीपेच चिन्ह हट्‍दै छ


Photo: Sharmila

काठमाडौं,  June 12, 2008- 'श्रीपेच भक्ति हाम्रो शक्ति'- लोकतन्त्र आएपछिपनि लामोसमयसम्म नारायणहिटी दरवारको उत्तरी भागमा रहेको सैनिक गेटमा यही अक्षर लेखेको देखिन्थ्यो जबकि गत साल नै सरकारले सेना राजाको मातहतमा होइन नागरिक सरकारको मातहतमा रहनुपर्ने निर्णय गरेको थियो । तर दरवारको सेनाले यो कुरामा टेरपुच्छर लगाएको थिएन ।

गणतन्त्र आउनुअघिसम्मनि दरवारको सेनालाई शाही रक्षककै रुपमा चिनाउने गरिएको थियो । गणतन्त्र आएलगत्तै दरवारको सेनाले आफ्‍नो यो पुरानो परम्परालाई तोडेको छ ।

गणतन्त्र आएपछि दरवारको सेनाले आफ्‍नो गेटमा रहेको 'श्रीपेच भक्ति' नै आफ्‍नो शक्ति हो भन्ने पुरानो नारा मेटेर नयाँ नारा लेखेको छ । लेखिएको नयाँ नारामा भनिएको छ- 'देश भक्ति हाम्रो शक्ति ।' गणतन्त्र आएपछिको तेश्रो दिन सैनिक मुख्यालयले दरवारको सुरक्षार्थ खटिएको सैनिक बाहिनीलाई यस्तो निर्देशन दिएपछि नयाँ नारा लेखिएको हो । त्यसअघि सो बाहिनीलाई 'दरवार रक्षक बाहिनी' नामले चिनिन्थ्यो । नारामात्र मेटिएको छैन सो बाहिनीकोपनि नामपनि गणतन्त्र आएलगत्तै परिवर्नत भएको छ । त्यसको नयाँ नाम नेपाली सेनाको २६ नं बाहिनी नाम राखिएको छ । 'श्रीपेच भक्ति हाम्रो शक्ति' शाही रक्षक बाहिनी लेखिएको गेटमा यसै हप्ता 'नेपाली सेना २६ नं बाहिनी' र 'देशभक्ति हाम्रो शक्ति' भनेर लेखिएको छ ।

सो बाहिनी अन्तर्गत 'किङ्स हाउस होल्ड क्याभलरी' नामक पल्टन रहेकोमा त्यसको नामपनि यसै हप्ता परिवर्तन गरिएको छ । सो पल्टन राजाको नाममा रहेकाले त्यसलाइ परिवर्तन गरी 'नेपाल क्याभ्लरी गण' नामाकरण गरिएको छ । गत साल निलम्बित राजा सरकारको अनुमति नलिई कुमारीको दर्शन गर्न गएपछि दरवारमा रहेको सो घोडचडी पल्टनलाई फिर्ता बोलाइएको थियो । प्रधानमन्त्रीको निर्देशनमा दरवारबाट फिर्ता बोलाइएपछि प्रधानसेनापति रुक्माङ्गद कटवालले त्यसलाई प्रधानसेनापतिको मातहतमा राखेका थिए । तर त्यसको नाम भने राजाको पल्टन जनाउने गरी किङ्ग्स हाउस होल्ड क्याभलरी नै कायम गरिएको थियो । तर राजाको कुनै सम्बैधानिक अस्तित्व नरहेपछि सो पल्टनको नामपनि परिवर्तन गरिएको छ ।

नाम परिवर्तनको मेसोमा दरवारको अर्को पल्टनपनि परेको छ । नारायणहिटीमा रहेका राजा, राजपरिवारका सदस्यहरु राज दरबारबाहिर निस्कँदा बाहिरको सुरक्षा व्यवस्था त्यहाँस्थित सैनिक प्रहरीले गर्थ्यो । गतसालसम्म त्यसलाई शाही पाश्र्ववर्ती विभाग मातहत राखिएको थियो । त्यसको नाम परिवर्तन गरी 'बिशेष सुरक्षा बल' को रुपमा नामाकरण गरिएको छ । निलम्बित राजा कुमारीको दर्शन गर्न जाँदा सैनिक प्रहरीले नै सुरक्षा व्यवस्था मिलाएको थियो । त्यो घटनापछि दरवारको सैनिक प्रहरीलाई सैनिक मुख्यालय अन्तर्गत राखिएकोमा त्यसलाईपनि त्यहाँबाट स्थानान्तरण गरी अन्यत्रै लगिने भएको छ।

गणतन्त्र लगत्तै सैनिक संरचनाभित्र राजतन्त्रको कुनै अवशेष बाँकी नराख्ने प्रकृया सुरु भएको छ । यसैक्रममा बीरेन्द्रको नाममा रहेका बीरेन्द्र सैनिक अस्पताल बीरेन्द्र सैनिक महाविद्यालय आदिको नाम परिवर्तन गिरंदैछ भने स्वयम्भूको छाउनीमा पूर्व राजा ज्ञानेन्द्रको नाममा स्थापना गरिएको सैनिक संग्रहालयकोपनि नाम परिवर्तन गरिने भएको छ । सेनाले लामो समयसम्म राजाका हरेक कदमलाई साथ िदंदै आएको थियो । यसअघि यसको नामै 'शाही नेपाली सेना' राखेर यो राजाको सेना हो भन्ने आभाष दिलाउन खोजिएको थियो । गत बर्ष नै 'शाही सेना' बाट नाम परिवर्तन गरी 'नेपाली सेना' नामाकरण गरिएपनि सेनाले आफूलाई साँच्चिकै नेपाली सेना बनाउन प्रकृया भने गणतन्त्र आएपछिमात्र सुरु गरेको छ ।

सेनाका अधिकृतहरुले प्रयोग गर्ने टोपी, पेटी लगायतका सामाग्रीमा अहिलेपनि श्रीपेच अंकित चिन्हहरु छन् । तर सेनाले श्रीपेच अङ्कित ती सामाग्रीहरु आइन्दा प्रयोग गर्ने छैन । ती सामाग्रीहरु अर्को व्यवस्था नहोन्जेलसम्मकालागि प्रयोग नगर्नपनि सैनिक मुख्यालयले मातहतका सैनिक इकाइहरुलाई लिखित निर्देशन दिएको छ । यस्तो निर्देशन सेनाले गत जेठ १८ गते नै पठाएको थियो । सेनाको झण्डा, क्रेष्ट, फर्मेसन चिह्न, छडी, टाँक, पेटि आदिमा श्रीपेच अङ्कित चिन्हहरु प्रयोग गरिएका थिए । सैनिक मुख्यालयले ती बस्तुहरुमा श्रीपेचको सट्टा के राख्ने भनेर छलफल सुरु गरेको श्रोतले बताएको छ ।

-Sharmila Thapa in Kathmandu


















तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®