|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बेलायतकालागि नेपाली राजदूत शर्मा सरकारद्वारा पदच्युत राजदूत परराष्ट्र मन्त्री र सरकारसँग पौठेजोरी खेल्दै काठमाण्डौं, 22 Mar, 09- 'आफ्नो देशको सरकार राजनीतिक र कुटनीतिक रुपमा असफल भैसकेको' भन्ने व्यहोराको पत्र पठाउने तैयारी गरेको प्रमाण प्राप्त भएपछि सरकारले बेलायतकालागि नेपाली राजदूत मुरारीराज शर्मालाई ०६५ चैत्र ८ गते शुक्रबारदेखि लागु हुनेगरी पदबाट पदच्युत गरेको छ । यसरी राजदूत पदच्युत भएको यो पहिलो पटक हो । सरकार परिवर्तन भएपछि बेलायतको राजदुत पदमा टिक्न भगिरथ प्रयत्न गरेका शर्मालाई स्वदेश फिर्ता हुन परराष्ट्र मन्त्रालयले मिति तोकेरै पत्र पठाएपछि राजदूत शर्माले बेलायती विदेशमन्त्री डेभिड मिलिब्रँन्टलाई नेपाल सरकार राजनीतिक र कुटनीतिक रुपमा असफल भएको पत्र पठाउने तैयारी गरेका थिए । उनले बेलायती बिदेशमन्त्रीलाई पठाउन लागेको पत्रको प्रतिलिपी नै प्राप्त भएपछि परराष्ट्र मन्त्री उपेन्द्र यादबसहित मन्त्रालयका अन्य उच्चअधिकारीहरुको शुक्रबार आकस्मिक बैठक बसेको थियो । बैठकले शर्मालाई तत्काल पदच्युत गर्नुपर्ने निष्कर्ष निकालेपछि उनलाई पदच्युत गर्न पत्र पठाइएको परराष्ट्र श्रोतले बताएको छ । अमेरिकाकालागि नेपाली राजदूत डा. सुरेश चालिसे र भारतकालागि राजदूत डा. दुर्गेशमान िसंहसँग बेलायतकालागि राजदूत शर्मालाईपनि फिर्ता बोलाउने निर्णय सरकारले गरेपनि शर्माले एमाले नेता माधब नेपालसँग अनुनय विनय गरी आफ्नो पद थमौति गराएका थिए । डा. चालिसे र डा. िसंहलाई भने सरकारले फिर्ता बोलाएको थियो । डा. चालिसे तोकिएको समयावधिभित्रै नेपाल फर्केका थिए । उता डा. िसंहलेपनि नेपाल फर्कन निकै आनाकानी गरेका थिए । उनलाई नेपाल फर्कन परराष्ट्रले पटक-पटक पत्राचार गरेको थियो । प्रधानमन्त्रीसँगैको नर्वे, डेनमार्क र फिनलैण्डको भ्रमणमा आफ्नो नाम काटेको भन्दै परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएपछि शर्माको स्थिति खस्केको थियो । मन्त्री विरुद्ध प्रधानमन्त्रीलाई उजुरी दिएको पत्र सार्वजनिक भएपछि उनलाई नेपाल फर्काउने निर्णय गरिएको थियो । उनी भने नेपाल फर्कनुको सट्टा अमेरिकातिर लागेका थिए । मार्चको पहिलो हप्ता अमेरिकाबाट फर्केका राजदूत शर्माले आफू नेपाल फर्कने तैयारीमा रहेको जानकारी दिनुको साटो राजदूतको रुपमा कार्यभार सुरु गरेको जानकारी परराष्ट्र मन्त्रालयलाई गराएका थिए । साथै उनले आफ्नो म्याद आगामी जुलाईसम्म थपिदिनपनि मन्त्रालयलाई आग्रह गरेका थिए । उता मन्त्रालयले भने तत्काद नेपाल फर्कन लाग्ने रकम माग गर्न भनेको थियो । तर फिर्ता बोलाइएपछि 'कामकाजी' राजदूतमा परिणत भएका शर्माले दूतावासका विभिन्न दीर्घकालीन विषयमा समेत हस्तक्षेप गर्न थालेपछि मन्त्रालयले मार्च ३१ तारिखसम्म नेपाल फर्कन चेतावनीसहितको पत्र पठाएको थियो । नेपाल फर्कने मिति तोकेरै पत्र प्राप्तभएपछि उनले बेलायती विदेशमन्त्रीलाई नेपाल सरकार विरुद्ध पत्र पठाउने तैयारी गरेका थिए । |
|
|
उनलाई पदच्युत गरिएको पत्र लण्डन पठाइएपछि परराष्ट्र मन्त्रीको निजी सचिवालयले राजदूत शर्मा तोकिएको समयमा नेपाल फर्कनुपर्ने व्यहोराको प्रेस विज्ञप्ती जारी गरेको छ । 'कुन मुलुकमा कुन राजदूत राख्ने, कसको पदावधि थप्ने वा नथप्ने, कसलाई फिर्ता बोलाउने भन्ने सरकारको विशेष अधिकार हो' मन्त्री यादवको निजी सचिवालयले भनेको छ- 'यसमा विवाद गर्नु नाजायज हो ।' राजदूत शर्माले भने सरकार अधिनायकबादी र मन्त्री यादव विवेकहीन भएको बताउँदै आफू तोकिएकै समयमा नेपाल फर्कने बताएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ- 'षडयन्त्रकारी एबं भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने परराष्ट्रमन्त्रीले नेपालको परराष्ट्र व्यवस्थापनलाई कुटनीतिक मर्यादारहित दलदलमा ठेलेका छन् ।' राजदूतबाट पदच्युत शर्माले बिज्ञप्तीमा थप भनेका छन्- 'मन्त्रालयले यही चैत्र ७ गतेदेखि १८ गते (मार्च ३१) सम्ममा दूतावास छाडन् आदेश प्राप्त भएको छ एउटा अधिनायकबादको लक्ष्य लिएको सरकार र अमानवीय एबं विवेकहीन मन्त्रीको कृयाकलापले नयाँ नेपाल अप्रजातान्त्रिक मूल्यमान्यताहीन र अमानवीय हुने कुरा स्पष्ट छ ।' -Sitaram Baral in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||