Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

भारतका लागि नेपाली राजदूतलाई फिर्ता आउन तेश्रो पटक बोलाहट



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अमेरिकाकालागि सम्भावित राजदूत फोरमका श्यामानन्द सुमन ?


अमेरिकाकालागि सम्भावित राजदूत श्यामानन्द सुमन Photo: Sitaram

काठमाण्डौ, 28 Jan, 09- फिर्ता बोलाएको दुई महिनासम्मपनि नेपाल फिर्ता आउन नमानेपछि सरकारले भारतका लागि नेपाली राजदूत डा. दुर्गेशमान सिंहलाई फिर्ता आउन तेश्रो पटक भनेको छ ।

दुई महिना अघि सरकारले राजदूत डा. सिंहलाई फिर्ता हुन जानकारी िदंदै एक महिनाको समय दिएको थियो । आइतबार फोन गरी परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले डा. सिंहलाई फिर्ता हुन भनेका थिए ।

उता सत्तारुढ दलहरु खालि रहेका देशहरुमा आ-आफ्नो पार्टीका तर्फबाट राजदूत चयन गर्ने गृहकार्यमा लागेका छन् । दुई शक्तिशाली मुलुक अमेरिका र भारतमा आ- आफ्नो पार्टीको तर्फबाट राजदूत चयनकालागि माओवादी र फोरमबीच प्रतिस्पर्धा देखिएको छ । नेपालको राजनीतिमा प्रभाव राख्ने हुँदा भारत र अमेरिकाको राजदूत आफ्नो तर्फबाट हुनुपर्ने दावी माओवादी र फोरम दुवैले राखेका छन् ।

माओवादीले भने भारतकालागि केन्द्रीय सदस्य राम कार्कीको नाम तय गरेको छ । भारतकालागि फोरमलेपनि दावी गरेको छ । राजनीतिक हिसावले भारतको महत्व बढि हुने हुँदा माओवादी भारतको जिम्मेवारी आफूले पाउनुपर्ने अडानमा रहेको बुझिएको छ । अमेरिकापनि आफूले पाउने अडानमा रहेपनि कुरा मिलाउनकालागि उसले फोरमलाई अमेरिका छाडिदिने भएको छ ।

दुई महिना अघि फिर्ता हुन सरकारले अमेरिकाकालागि नेपाली राजदूत डा. सुरेश चालिसे र भारतकालागि नेपाली राजदुत डा. सिंहलाई चिठी पठाएको थियो । चालिसे भने पदीय मर्यादा राख्दै फिर्ता भैसकेका छन् । तर डा. सिंह भने फिर्ता हुनुको साटो जिम्मेवारीमा टिकिरहनकालागि राजदूत सिंहले सत्तारुढ राजनीतिक दलका नेताहरुको ढोका चाहार्न थालेपछि फेरि उनलाई फिर्ता हुन भनिएको हो ।
 
एक महिना अघिपनि फिर्ता हुने मिति तोक्न्र मन्त्रालयले उनलाई भनेको थियो । फर्किन आलटाल गरिरहेकै बेला मन्त्रालयले फर्किने मिति तोक्न पत्र पठाएपछि उनले जनवरीको पहिलो हप्ता आफू फर्किने जानकारी परराष्ट्र मन्त्रालयलाई गराएका थिए । तर आफैले तोकेको मिति सकिन लागेको एक महिना पुग्न लाग्दापनि नफर्केपछि मन्त्रालयको तर्फबाट सचिव आचार्यले फर्कन निर्देशन दिएका हुन् ।

माओवादीले भारतकालागि कार्कीको नाम तय गरेपछि अमेरिका फोरमको भागमा पर्ने पक्कापक्कीजस्तै भएको छ । फोरमभित्र अमेरिकाको राजदूत को होला भन्ने चर्चापनि सुरु भएको छ । परराष्ट्र मन्त्रीका सल्लाहकार श्यामानन्द सुमन अमेरिकाको राजदूत बन्ने अग्रपंक्तिमा छन् । फोरम विदेश विभागको प्रमुख र साउदी अरवकालागि पूर्व राजदूतको जिम्मेवारी सम्हालिसकेकालेपनि उनी बलियो दावेदार बनेका छन् ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®