हिन्दीमा शपथ खाने उपराष्ट्रपतिको पुत्ला जल्न थाल्यो
काठमाडौं, July 25, 2008-उपराष्ट्रपतिमा निर्वाचित परमानन्द झाले आफ्नो मातृभाषाको सट्टा
हिन्दीमा सपथ ग्रहण गरेपछि देशभरि उनको विरोध र पुत्ला दहन गरिएको छ ।
मधेशका कुनैपनि जातजातिको मातृभाषा नरहेको हिन्दीमा सपथग्रहण गरेपछि उनको
विरोध सुरु भएको हो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उनको विरोध गर्दे पुत्ला दहन, नारावाजी
र प्रदर्शन भएको छ । काठमाडौंका तीनै जिल्लामापनि विहीबार बिहानै देखि
ठाउँ-ठाउँमा टायर बालेर उनको विरोध गरिएको थियो । मैथिल भाषी उपराष्ट्रपति
झाले बुधबार हिन्दीमा शपथ लिएका थिए ।
उनले हिन्दीमा शपथ लिएपछि स्वयं मधेशी समुदायपनि असन्तुष्ट छन् । उनको
कृयाकलापप्रति राष्ट्रपति यादवपनि सन्तुष्ट नभएको बताइएको छ । बताइए अनुसार
फोरम अध्यक्ष उपेन्द्र यादवले यादवलाईपनि हिन्दीमा सपथ खुवाउन भनेका थिए ।
तर यादवले अस्वीकार गरिदिएका थिए ।