|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालको मौद्रिक नीति सार्वजनिक काठमाडौँ, September 28, 2008- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६५/६६ को लागि सतर्कपूर्ण र कडा मौद्रिक नीति अपनाउने भएको छ। पेट्रोलियम पदार्थको मूल्यमा थप समायोजन भएन भने यसवर्षको औसत मुद्रास्फीति ७.५ प्रतिशत रहने राष्ट्र बैंकले मौद्रिक नीतिमा प्रक्षेपण गरेको छ। मूल्य वृद्धि, अधिक मौद्रिक विस्तारले वस्तु र सेवाको मूल्य बढ्न सक्ने भएकाले सतर्कपूर्ण मौद्रिक नीति ल्याइएको बैंकले जनाएको छ । नेपाल सानो तथा खुला अर्थतन्त्र र स्थिर विनिमय दर प्रणाली रहेको मुलुकको सन्दर्भमा आन्तरिक उपभोक्ता मुद्रा स्फिती अन्तर्राष्ट्रिय मूल्यबाट बढी प्रभावित हुने देखिए तापनि अधिक मौद्रिक विस्तारले अल्पकालमा शेयर, रियल इस्टेट, घरजग्गा र मुद्राको मूल्यलाई प्रभाव पार्ने सम्भावना समेतलाई आर्थिक वर्ष २०६५/६६ को मौद्रिक नीतिले दृष्टिगत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा अत्यधिक कर्जा प्रवाह गर्दा शेयरको मूल्य माथि गई तल झर्दा निष्कृय कर्जाको मात्रा बढ्ने र बैंकिङ्ग क्षेत्रमा सङ्कट आउने स्थितिलाई ध्यानमा राखी मौद्रिक नीतिको अडान तय गरिएको हो । बैंकहरुले रियल इस्टेटमा प्रवाह गरेको कर्जाको उल्लेख्य मात्रा र रियल इस्टेटको बढ्दै गरेको मूल्यलाईसमेत दृष्टिगत गरी आर्थिक वर्ष २०६५/६६ को मौद्रिक नीतिको अडान तय गरिएको छ । उच्च मुद्रास्फीतिका कारण यथार्थ ब्याजदर लामो समयसम्म ऋणात्मक रहेको कारण बैंक तथा वित्तीय संस्थाहरुसँग निक्षेप यथेष्ट मात्रामा रहे तापनि वित्तीय साधनको कुशल बाँडफाँड हुन नसकेको स्थितिलाईसमेत सम्बोधन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६५/६६ को मौद्रिक नीतिको अडान तय गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै आर्थिक वर्ष २०६५/६६ को मौद्रिक नीतिको दोस्रो प्राथमिक लक्ष्यको रुपमा कम्तीमा ६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सन्चितिलाई लिइएको छ । विदेशी विनिमय सन्चितिको लक्ष्य हासिल गर्न आर्थिक वर्ष २०६५/६६ को लागि शोधनान्तर बचत लक्ष्य रु १२ अर्ब राखिएको छ । आर्थिक वर्ष २०६५/६६ को बजेट वक्तव्यमा उल्लेखित ७.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न आवश्यक पर्ने मौद्रिक तरलताको व्यवस्थापन गरिने र आर्थिक वर्ष २०६५/६६ मा विस्तृत मुद्रा प्रदायको वृद्धिदर १८.५ प्रतिशत रहने प्रक्षेपण छ । यस्तै आर्थिक वर्ष २०६५/६६ मा कुल आन्तरिक कर्जा २३.३ प्रतिशतले वृद्धि हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। यसैगरी मौद्रिक तथा कर्जा उपायमा केन्द्रीय बैंकले आर्थिक वर्ष २०६५/६६ देखि वाणिज्य बैंकहरुका अतिरिक्त विकास बैंक र वित्त कम्पनीलाई पनि मौद्रिक नीति सन्चालनका निम्ती समकक्षीको रुपमा लिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले समकक्षीको रुपमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग दोस्रो खुला बजार कारोबार सन्चालन गर्ने भएको छ । नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको धितोमा अल्पकालीन स्थायी तरलता सुविधा यसअघि वाणिज्य बैंकलाई मात्र दिएकोमा अबदेखि विकास बैंक र वित्त कम्पनीलाई पनि सो सुविधा दिइने छ। |
|
|
आर्थिक वर्ष २०६५/६६ को बजेट आउन ढिलाइ भएकाले मौद्रिक नीति सार्वजनिक गर्न ढिलो भएको हो । -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||