काठमाण्डौं, October 24, 2008- सरकारले नेवार समुदायले मान्दै आएको नेपाल संवतलाई राष्ट्रिय
संवतको मान्यता दिने निर्णय गरेको छ ।
सिंहदरबारमा कार्तिक ८ गते बसेको मन्त्री परिषदको वैठकले यस्तो निर्णय
गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सन्चार मन्त्री प्रवक्ता
कृष्णबहादुर महराले जानकारी दिए । अहिले नेपाल संवत ११२९ चलीरहेको छ ।
इस्वी संवत, विक्रम संवत लगायतका संवतहरुको अध्ययन गर्न सरकारले कार्यदल
गठन गर्ने भएको छ ।
सेना समायोजन सचिवहरुको सरुवा तथा उच्च स्तरीय राजनीतिक समितिको बारेमा
भोलिको वैठकले टुङ्गो लगाउने वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले
जानकारी दिए । आर्थिक वर्ष शुरु हुने महिनाको बारेमा अध्ययन गर्न पनि
सरकारले कार्यदल गठन गर्ने निर्णय गरेको छ । सेना समायोजन सम्बन्धी समिति
निर्माण गर्ने भनिए पनि त्यस विषयले मन्त्री परिषदको वैठकमा प्रवेश नै
नपाएको महराले बताए ।
मन्त्री परिषदको अर्को वैठक कार्तिक ९ गते विहान ११ बजे प्रधानमन्त्री
निवास बालुवाटारमा बस्ने भएको छ ।