|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
News from New York: Nepal Property Expo New York, USA |
|
|
|
न्यू योर्कमा बसेर नेपालमा घर किन्ने होइन? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
४० अर्ब रुपैयाँ बराबरको २ हजार नयाँ घरको प्रदर्सनी मेला![]() Archive» Nepal Property Expo New York (December 27 & 28, 2008). Photos & illustration: eEyeCam न्यू योर्क, December 28, 2008- न्यू योर्क शहरको अस्टोरियास्थित चियान फेडेरेसन हलमा नेपालका ४० अर्ब रुपैयाँ बराबरको २ हजार नयाँ घरको प्रदर्सनी मेलाको उद्घाटन नेपालका लागि सङ्युक्त राष्ट्र संघका लागि राजदूत मधुरमण आचार्यले गर्नु भएको भयो। "नेपाल घर जग्गा मेला" अर्थात "Nepal Property Expo" नाम दिइएको यो संसार मै पहिलो पटक हुन लागेको नेपाली आवास प्रदर्सनी हो। यो प्रदर्सनी डिसेम्बर २७ र २८ तारिखसम्म चल्ने छ। Nepalese Ambassador to United Nations Madhuraman Acharya inaugurating the Nepal Property Expo in New York. Photos: eEyeCam |
|
|
उक्त नेपाल घर जग्गा मेलामा २३ लाखदेखी २ करोड ७८ लाख रुपैयाँसम्म पर्ने फल्याट, पेन्थ हाउस, डुप्लेक्स र बङ्गलोहरुको बारेमा जानकारी र बुकिङको ब्यबस्था गरिएको छ। २५ प्रतिसत 'डाउन पे' र ७० प्रतिसतसम्म बैंक फाइनान्स गर्ने गरी किस्ताबन्दीमा नेपालमा रहेका परिवारका सदस्यले तिर्दै जाने ब्यबस्था गरिएको मेला आयोजक First Kathmandu Pvt. Ltd. का प्रबन्ध निर्देसक तथा कर्माचार्य आवास कम्पनी प्रा.लि.का राजन कर्माचार्यले युएस नेपाल अनलाइनलाई बताए। त्यसै गरी मेलामा Oriental Builders Pvt. Ltd तथा अग्नी एयर र अग्नी यातायातका अध्यक्ष सुधिर बस्नेत आफ्नो कम्पनीको ८ वटा नयाँ प्रोजेक्टहरुको झन्डै २००० (दुई हजार) अपार्टमेन्टहरुको बारेमा जानकारी गराउन आफु स्वयम स्टलमा भाग लिइरहेका छन्। उनको २६ लाखदेखी ५५ लाखसम्म पर्ने ८०० अपार्टमेन्टहरु रहेको ललितपुर बालकुमारिस्थित Vegas City ४३ रोपनी जग्गामा बन्दै गरेको छ। यो सोसाइटीमा परम्परागत ढुङ्गे धारादेखी, आधुनिक स्विमिङ पुल, पार्क, टेनिस कोर्ट र अझ एउटा फुटबल ग्राउन्ड पनि रहने छ। सानोतिनो गाबिस कै जनसङ्ख्या बराबर घरपरिवार अटाउन सक्ने र अमेरिकाको लस भेगास शहरको सम्झना गराउने मेसोको कारण होला नामै पनि भेगास सिटी राखेको, कि कसो? उनकै कम्पनीबाट नक्सालमा बन्दै गरेको १३ तल्ले Imperial Apartments ३८ लाखदेखी साढे ३ करोड रुपैयाँसम्म पर्ने छ। ७२ वटा मध्द्ये ८० प्रतिसत बिक्री भई सकेको बस्नेतले युएस नेपाल अनलाइनलाई बताए। उता Varun Developers Pvt. Ltd का कार्यकारी निर्देसक राजिब बम्सल आफ्नो कम्पनिको ५ लाख स्क्वार फुट जग्गामा निर्मित ९८ लाखदेखी २ करोड ९८ लाखसम्म मुल्य पर्ने Park View Horizon अन्तर्गतका १८ तल्ले २१० Town Houses, Penthouses र Simplex को बारेमा उत्साहित हुँदै भन्छन्- "हाम्रो यो project सरकारबाट नेपालको पहिलो Environmental Clearance प्राप्त Housing project हो। अर्को, हाम्रो यो प्रोजेक्टमा ७४ प्रतिसत जमिन ग्रीन जोन र पार्कको रुपमा बिकसित गरिएको छ।" Varun Developers का अध्यक्ष रबि जयपुरिया हुन् जो पेप्सी बोटलर्सका अध्यक्ष्य पनि हुन्। यो नेपालको पहिलो Multi-national कम्पनी हो जसको भारतको गुरगाउँ, आग्रा र श्रीलङ्काको कोलोम्बोमासमेत apartments projects रहेको छ। नेपालमै सबैभन्दा धेरै २२ वटा housing projects सबैभन्दा धेरै लगानी (झन्डै ६ सय करोड अर्थात ६ अर्ब रुपैयाँ) मा १००० वटा apartments र ३०० bungalows बनाउदै गरेको Guna Colony P. Ltd ले यस अघी अर्को १२ वटा apartments projects पुरा गरी लालपुर्जासमेत प्रदान गरिसकेको Guna Colony का अध्यक्ष राजेन्द्र शाक्यले युएस नेपाल सँगको भेटमा बताए। शाक्य Guna Cinema, Guna Jewellers, र Nepal's Highest Paid Capital bank (सबैभन्दा बढी चुक्ता पुजी २०० करोद रुपैयाँ रहेको बैंक) Kist Merchant Banking and Finance Company Ltd. का पनि अध्यक्ष हुन्। नेपाल घर जग्गा मेलामा सहभागी अर्को housing कम्पनी Silver Valley Developers P. Ltd. का कार्यकारी अध्यक्ष दिपक मल्होत्रा पनि आफ्नो कम्पनिको ३ वटा projects को झन्डै ३०० वटा apartments र सरसुबिदाको बारेमा जानकारी गराउन न्यू योर्क आइपुगेका छन्। उनको कम्पनिको १ करोड ३८ लाखदेखी २ करोड २४ लाखसम्म पर्ने कालिकास्थानस्थित Silvercity Apartments मा रहेका ९९ flats मा ४० वटा flats बिक्री भई सकेको पनि मल्होत्राले बताए। नेपाल जग्गा तथा आवास बिकास संघ (Nepal Land and Housing Development Association-NLHDA) मा दर्ता भएका झन्डै १४५ आवास निर्माण कम्पनीहरु मध्ये न्यू योर्कको प्रदर्सनीमा चुनिएका ८ वटाले भाग लिएकाछन्। संघका अध्यक्ष्य तथा नेपालको सबैभन्दा पुजी लगानी भएको मानिने आवास निर्माण कम्पनी 'सिभिल होम्स' (Civil Homes) प्रा.लि.का प्रेसिडेन्ट इच्छाराज तामाङ कार्य ब्यस्तताका कारण उपस्थित हुन नसके पनि उनको कम्पनीको स्टल राखिएको छ। यो प्रदर्सनीमा बिक्रीका लागि खुल्ला राखिने झन्डै २ हजार फल्याट, रो हाउजेज र बङ्गलोहरु काठमाडौं र ललितपुर शहरमा केन्द्रित भए पनि यि आवासहरु पानी, बिजुली, सुबिधा र सरसफाइका हिसाबले अत्यन्त ब्यबस्थित आवासहरु भएको पनि कर्माचार्यले बताए। बिशेष गरी 2 BBHK, 3, 4 BBHK (Bedroom + Balcony + Hall + Kitchen) भएका यि अत्याधुनिक सोसाइटीहरुमा २४ घण्टै सुरक्षा ब्यबस्था मिलाइएको हुने छ। Maharjan Builders P. Ltd. का प्रबन्ध निर्देसक त्रिरत्न महर्जन चाँही घर होइन जग्गा (plots) बिक्री बितरण सम्बन्धी जानकारी गराउन न्यू योर्क नेपाली घर जग्गा मेलामा आएका हुन्। उनको बलम्बु, काठमाडौंमा रहेको जग्गा २०६२ सालमा एक आनाको डेढ लाखमा पाइन्थ्यो जुन अहिले ५ लाखसम्म पर्ने भएको छ। First Kathmandu Pvt. Ltd. का प्रबन्ध निर्देसक तथा कर्माचार्य आवास कम्पनी प्रा.लि.का राजन कर्माचार्यले युएस नेपाल अनलाइनसँगको कुराकानीमा यस अघी युरोप र अमेरिकामा ३० भन्दा बढी नेपाली ह्यान्डी क्राफ्टको अन्तरराष्ट्रिय प्रदर्सनी गरी सकेको First Kathmandu Pvt. Ltd. ले यसपाली न्यू योर्कमा विश्व मै पहिलो नेपाली घर जग्गा मेला गर्न लागेको र आफुले यो प्रदर्सनीमा थुप्रै नेपाली र अमेरिकिहरु आफ्नो रिटायर्ड जिबनको सपनाको घर (dream home) "बुक" गर्न आउने आशा राखेको बताए। उनको अमेरिकि नेपाली आयोजक Himalayan Herbal Garden Inc. का रुद्र पुन मगरले भने- "यो हाम्रो पहिलो प्रयास हो। हामीले अमेरिकि नेपालीहरुबाट भबिश्यमा अझ बढी सहभागिता पाउने विश्वाश लिएका छौं।" -Pradeep Thapa Magar in New York. Comments? 917-570-1098 Ambassador Madhuraman Acharya addressing at the expo. Photos: eEyeCam Nepali Congress Central Committee Sunilkumar Bhandari addressing the expo. Photos: eEyeCam Oriental Builders Pvt. Ltd and Agni Air Chairman Sudhir Basnet giving live interview to Editor-in-Chief Ramhari Subedi of DCNepal.Com Rajendra Shakya, Chairman, Guna Colony, Guna Cinema and Nepal's Highest Paid Capital bank Kist Merchant Banking and Finance Company Ltd. showing some of his company's projects to Ambassador Acharya. Rajiv Bansal, CEO of Varun Developers Pvt. Ltd with Ambassador Acharya. Photos: eEyeCam Ambassador Acharya with Tirratna Maharjan, Managing Director, Maharjan Builders P. Ltd., Deepak Malhotra, Executive Chairman, Silver Valley Developers P. Ltd. and Rajan Karmacharya, Managing Director, First Kathmandu Pvt. Ltd. Photos: eEyeCam Rajan Karmacharya, Managing Director, First Kathmandu Pvt. Ltd. being interviewed by Himali Swarharu Nepali Radio host Sahadev Paudel and Everest Times (forth-nightly Nepalese newspaper from New York City) Editor Bishnu Paudel. organizers and guests at the expo. Nepal Property Expo organizer Rajan Karmacharya, Managing Director, First Kathmandu Pvt. Ltd. with the representatives of Civil Homes P. Ltd. Photos: eEyeCam Editor-in-Chief Ramhari Subedi of DCNepal.Com taking interview to Deepak Malhotra, Executive Chairman, Silver Valley Developers P. Ltd. Oriental Builders Pvt. Ltd and Agni Air Chairman Sudhir Basnet taking to some curious Nepalese at his stall. Photos: eEyeCam Deepak Malhotra, Executive Chairman, Silver Valley Developers P. Ltd. with Editor-in-Chief of Naya Nepal Khabar (forth-nightly Nepalese newspaper from New York City) Bishwa Shah. Singer Sapana Shree performing at the expo. Singer Saroj Datta. DCNepal.Com, Editor-in-Chief Ramhari Subedi was at the Nepal Property Expo to broadcast live. Photos: eEyeCam |
||
|
Read our related news: न्यू योर्कमा नेपालका १४ बिल्डर्सद्वारा ४० अर्ब रुपैयाँ बराबरको २ हजार नयाँ घरको प्रदर्सनी मेला हुने ![]() Archive» Nepal Property Expo in New York December 27 & 28. Logo of First Kathmandu & illustration: eEyeCam न्यू योर्क, December 17, 2008- यही डिसेम्बर २७ र २८ तारिखमा न्यू योर्क शहरको अस्टोरियास्थित चियान फेडेरेसन हलमा नेपालका १४ आबास निर्माण कम्पनीहरुद्वारा ४० अर्ब रुपैयाँ बराबरको २ हजार नयाँ घरको प्रदर्सनी मेला हुने भएको छ। "नेपाल घर जग्गा मेला" अर्थात "Nepal Property Expo" नाम दिइएको यो संसार मै पहिलो पटक हुन लागेको नेपाली आवास प्रदर्सनी हो। बाँकी खबर More news» |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||