Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राष्ट्रपतिको सम्बोधनले पहाड र मधेशवीच मानसिक दुरी घटाउने आशा


President Dr. Rambaran Yadav delivering his first address to the nation. Photos: Santa

काठमाडौं,  July 27, 2008- 'तराई, मधेश, पहाड र हिमालमा बस्ने हामी सबै नेपाली हौं' राष्ट्रपतिले आफ्नो सम्बोधनमा भनेका छन्- 'यो हाम्रो प्यारो नेपालको सार्वभौमसत्ता र अखण्डता जोगाउन हामी सदैव एकजुट भई आएका छौं ।'

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक डा. रामबरण यादवले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । ६ मिनेट लामो आफ्नो सम्बोधन भाषणमा राष्ट्रपति यादवले राष्ट्रियता र राष्ट्रिय सहमतिको राजनीतिमा जोड दिएका छन् ।

नेपालमा अनेकताकाबीच एकताको अनुपम उदाहरण भएको बताउँदै राष्ट्रपति डा. यादवले भनेका छन्- 'हाम्रो देश नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक, लैंगिक, भाषिक, धार्मिक र जातीय बनोटमा अनेकताबीच एकताको एउटा अनुपम प्रतीकको रुपमा संसारभरि चिनिन्छ, सबै जातजाति, बर्ग र समुदायका नेपालीको सुन्दर फूलबारीको रुपमा नेपाल इतिहासको प्रारम्भदेखि नै एउटा अखण्ड अविभाज्य र स्वतन्त्र देश रहिआएको छ ।'

'बर्षौंको तीतो अतितलाई पछाडि पारेर मीठो भविष्यको यात्रामा अघि बढ्न र हाल जारी शान्ति प्रकृयालाई एउटा तार्किक निष्कर्षमा पुर्याउन राष्ट्रिय एकता र मेलमिलाप बाहेक अर्को बाटो हुनै सक्दैन' राष्ट्रपति यादवको भनाई छ- 'त्यसैले अब गठन हुने सरकारले सबैको साथ लिएर सबैको हितकालागि आफ्ना नीति र कार्यक्रम अगाडि सार्ने विश्वास मैले लिएको छु ।' संविधान निर्माण कार्यमा आफ्नो सहयोगात्मक र समन्वयात्मक भूमिका रहनेपनि राष्ट्रपति डा. यादवले बताएका छन् ।
   


अधिकांस नेपाली जस्तै आफूपनि एक साधारण किसानको छोरो भएको स्मरण आफ्नो पहिलो सम्बोधनमा डा. यादवले गरेका छन् ।

'नेपालको माटोमा जन्मेर नेपालकै माटोमा लडिबुडी खेल्दै हुर्कंदै राष्ट्रपतिको पदसम्म पुग्दा किसान, मजदुरलगायत सारा नेपालीको सुखदुखसँगै मेरो सुखदुखपनि गाँसिएको छ' राष्ट्रपति यादव भन्छन्- 'देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान, जातीय र साम्प्रदायिक सद्भाव कायम राखी नयाँ नेपाल निर्माणको यात्रामा हातेमालो गर्दै हामी सबै अगाडि बढ्नुपर्छ ।'

राष्ट्रपति यादवले राष्ट्रियता र लोकतन्त्र आपसमा पुरक संकेत गर्दै आफ्नो प्रथम सम्बोधनमा भनेका छन्- 'तराई-मधेश, पहाड, हिमाल जहाँ बसेपनि जुनसुकै भाषा बोलेपनि, जुनसुकै भेष पहिरिएपनि, जुनसुकै धर्म मानेपनि हामी सबैभन्दा पहिले नेपाली हौं नेपाल रहेमात्र हामी रहन्छौं हामी रहेमात्र लोकतन्त्र रहन्छ र लोकतन्त्र रहेमात्र देश बन्छ ।' राष्ट्रपति यादवको यो सम्बोधनले पहाड र मधेशवीच बढ्दो मानसिक दुरी घटाउने विश्वास लिइएको छ ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®