|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बिशेष टिप्पणी:
बने दुई मधेसी राष्ट्रपति र उपराष्ट्रपति ! खोई समाबेशी ? आदिबासीको देशमा मधेसीको राज ? काठमाडौं, July 21, 2008- नयाँ नेपालको शुरुवात गजबले भएको छ। हिन्दू राजतन्त्रको स्थापना गर्नेहरुले नै मधेसी नेताहरुलाई शाह राजाहरुको स्थानमा बिराजमान गराए। नेपाल देशका धरतीपुत्र मानिने आदिबासी जनजातिहरुले यसपालीको दुई मुख्य नेपाली पदहरुको चयनमा पनि ल्वाप्पा खाए। ३३ प्रतिशत कानुनमा र हिसाबमा आधा आकाश ओगट्ने नेपाली महिला र उत्पीडित दलितहरुले पनि पाए हात लाग्यो सुन्य! २४० बर्षसम्म शाह राजाहरुलाई बोक्दा बोक्दा हैरान भएकाहरुले अब नयाँ नेपालमा फेरी पनि आफ्नो प्रतिनिधित्व राज्यको उपल्लो अङ्गमा गराउन नसक्नु अर्को युद्ध र बाजी हार्नु हो। यसमा मधेसिहरुको चलाखीले उनिहरुलाई ठुलो उपलब्धी मिलेको छ। सिको यसै घटनाबाट लिन सक्नु पर्दछ। आफ्नो टाउको फुटे पछि मितको टाउको बेलै बराबर भनेको यही हो। अथवा तँलाई न मलाई गिद्धलाई भनेको पनि यै हो- माओवादी, काङ्ग्रेश र एमालेका नेताहरुले आफु राष्ट्रपति बन्न नपाउने भए पछि रातारात नयाँ नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको उमेद्वारहरुको चयन गरे। नेपाली जनताले यि उमेद्वारहरु को हुन् भन्ने जान्न र चिन्न नपाउदै यि त नयाँ नेपालको राष्ट्रपति र उपराष्ट्रपति भएर पो आए। समाबेशीकरण, सहमतीको नयाँ राजनीति गर्ने बाचा गरेका नेताहरु रातारात 301 र 298 सङ्ख्याको खेलमा उत्रिए। एकले अर्कोलाई "सिध्याउने" नयाँ नेपालको खेलमा अझ के कति भित्री, गोप्य सम्झौताहरु भएका छन् भन्ने थाहा पाउन अझ केही दिन पर्खिनै पर्छ। संबिधान सभाका 601 मध्ये 456 सभासदहरु आदिबासी-जनजाति, महिला, उत्पीडित दलित छन् तर राष्ट्रपति र उपराष्ट्रपतिमा चाँही दुईटै मधेसी पुरुषहरुको निर्वाचन हुनु एक बिडम्बना नै मान्नु पर्दछ। संबिधान सभामा बिभिन्न दलबाट निर्बाचित, मनोनित भएर सभासद बनेका 212 जनजाति, 195 महिला, 49 उत्पीडित दलित सभासदहरु खाली भोट खसाल्ने र 156 मधेसि सभासदहरु रहेको मधेसिको प्रतिनिधित्व गर्ने दुई नेताहरुलाई "राष्ट्रपति र उपराष्ट्रपति" बनाउने गोटी भएको देख्दा संसदमा पुग्नु मात्र ठुलो कुरा होइन रहेछ भन्ने बुझ्नु पर्ने भएको छ। यस हिसाबबाट हेर्दा अर्को के कुरातिर पनि लक्षित गर्दछ भने यि 456 आदिबासी-जनजाति, महिला, उत्पीडित दलित सभासदहरुले आगामी बन्ने नयाँ संबिधानमा आ-आफ्ना समुदाय र बर्गका हक, हितका कुरा सुनिश्चित गराउन पनि असमर्थ हुने सम्भाबना बलियो छ। |
|
|
हुने बिरुवाको चिल्लो पात भन्छन्- के यी सभासदहरु अब "चिल्लो पात"
बन्लान्? -लिच्छबी मगर (Lichchhabi Magar) |
||
|
|
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||