Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

'नेपालको शान्ति प्रकृया भारतको पनि एजेण्डा हो'



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
काठमाण्डौं, November 13, 2008- बिमस्टेकको दोश्रो सम्मेलनमा भागलिन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतीय जेलमा रहेका माओवादी कार्यकर्तालाई रिहा गर्न आग्रह गरेका छन् ।

भारतीय समकक्षी डा।मनमोहन िसंहसँग बुधबार बेलुकी भएको कुराकानीमा उनले यस्तो आग्रह गरेका हुन् । आफ्नो आग्रहपछि उनीहरुको रिहाइकालागि भारतीय प्रधानमन्त्री िसंहले आफूलाई सकरात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

भारतीय प्रधानमन्त्री मनमोहन िसंहसंगको भेटबाट आफू निकै उत्साही भएको बताएका प्रचण्डले दुई देशबीच आपसी सहयोग विस्तार र आर्थिक लगानीका विषयमा गम्भीर छलफल भएको जानकारीपनि दिएका छन् । नेपालको शान्ति प्रकि्रयामा भारतीय भूमिका सकारात्मक रहेको भन्दै प्रचण्डले नेपालको आर्थिक क्रान्तिमा भारतीय सहयोगको आशासमेत व्यक्त गरेका छन् ।

त्यसअघि नयाँदिल्लीस्थित गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा सन्‍चारकर्मीसंग कुराकानी गर्दै प्रचण्डले 'नेपालको शान्ति प्रकि्रया नयाँ संविधान निर्माण र नेपालमा भारतको लगानी बृद्धि लगायतका विषयमा भारत सरकारसंग कुराकानी हुने' बताएका थिए । नेपाल वायुसेवा निगमको विशेष विमानबाट साढे १२ बजे इन्दिरा अन्र्तराष्ट्रिय विमानस्थल पुगेका प्रचण्डलाई उपप्रम तथा गृहमन्त्री बामदेव गौतमले काठमाडौंबाट विदाई गरेका थिए ।

नयाँ दिल्लीबाट यूएसनेपालअनलाईनलाई प्राप्त जानकारीअनुसार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशराज्यमन्त्री आश्विन कुमारले प्रधानमन्त्री दाहालको स्वागत गरेका थिए । 'नेपालको शान्ति प्रकि्रया भारतको पनि एजेण्डा हो' स्वागत अवसरमा विदेशराज्यमन्त्री आश्विनले भने- 'शान्ति प्रकि्रया, नयाँ संविधान निर्माण लगायतका पक्षमा नेपाललाई सहयोग गर्न भारत सरकार तयार छ ।'

उता 'बिमस्टेक' को दोश्रो सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतमा रहेका बेला भारतका प्रभावशाली नेताहरुले नेपालको शान्ति प्रकि्रयामा भारतले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । नेपालका राजनीतिक दलहरुलाई सहमति निर्माण गरेर अघि बढ्न तथा शान्ति प्रकि्रयालाई गति दिनकालागि साझासहमति निर्माण गर्नपनि नेपाली नेता र राजनीतिक दलहरलाई सुझाव दिएका छन् ।

कांग्रेस आईका प्रवक्ता डा. अभिषेक मनुको भनाई छ- 'प्रमुख दलहरुलाई शान्ति प्रकि्रयाका मूलभूत विषयहरुमा सहमति बनाउनु पर्छ ।' नेपालको शान्ति प्रकि्रया विश्वसामु उदाहरणीय रहेको भन्दै उनले छिटोभन्दा छिटो तार्किक निष्कर्षमा पुर्याउन दलहरु जिम्मेवार रुपमा प्रस्तुत हुने आशा व्यक्त गरेका छन् । शान्ति प्रकि्रयामा सहयोगका लागि भारत सँधै तयार रहेको बताउँदै मनुले नेपालका दलहरु शान्ति प्रकि्रया सफल बनाउन जिम्मेवार रुपमा प्रस्तुत हुँदै अगाडि बढ्नेमा भारत विश्वस्त रहेको बताएका छन् ।

भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको शान्ति प्रकि्रयामा दलहरुले खेलेको भूमिका प्रशंशायोग्य भएको बताएका छन् । सहमति निर्माण गर्दै दलहरु मिलेर अगाडि बढ्नेमा आफूहरु आशावादी रहेको बताउँदै नेता जोलीले भारतले शान्ति प्रकि्रयामा नेपालले मागेको सहयोग प्रदान गर्दै आएको र भविष्यमा पनि गर्ने भरोशा दिएका छन् । नेपाली जनताको चाहनाअनुसार नेपालमा भइरहेको परिवर्तन आÏनो पार्टीकालागिपनि स्वागतयोग्य भएको बताएका छन् ।
 
यसैगरी भारतीय कम्युनिष्ट पार्टी माक्स्रवादी का पोलिटब्यूरो सदस्य सीताराम यचुरीले दलहरुबीचको एकतामा जोड िदंदै शान्ति प्रकि्रयामा प्रमुख दलहरुले देखाएको राजनीतिक सुझबुझको प्रशंशा गरेका छन् । 'नेपालको शान्ति प्रकि्रया विश्वसामु उदाहरणीय छ' यचुरीको भनाई छ- 'दलहरुले सहमतिका साथ अगाडि बढेर शान्ति प्रकि्रया तार्किक निष्कर्षमा पुर्याउनेमा हामी विश्वस्त छौं ।' नेपालको शान्ति प्रकि्रयामा भारतले सधै सहयोग गर्ने बताउँदै आर्थिक विकासमा पनि थप सहयोग हुने उनको कथन छ ।

राष्ट्रवादी कांग्रेसका महासचिव डीपी त्रिपाठीको धारणापनि उस्तै छ । उनलेपनि नेपालको शान्ति प्रकि्रयाका सबै अवरोधहरुलाई दलहरुले पार गरेकाले आगामी दिनमा पनि पार गर्न सक्षम हुने आशा राखेका छन् । नेपाली जनताको चाहनाअनुसारको शासनलाई भारतले सधै सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा नेपालको लोकतन्त्र आर्थिक विकासमा सहयोग हुने बताएको रिपोटस्र क्लवका अध्यक्ष ऋषि धमलाले नयाँ दिल्लीबाट यूएसनेपाल अनलाइनलाई बताएका छन् ।

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®