|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» Who will be the first President of Nepal? Photo credits: See for details. Illustration: eEyeCam राष्ट्रपति र उपराष्ट्रपतिको चयन साउन ४ गते (जुलाई १९) काठमाडौं, July 16, 2008- नेपालको इतिहासमा साउन ४ गते भने अत्यन्त महत्वपूर्ण दिन बनेर आउँदैछ । नेपालले त्यसैदिन पहिलो पटक राष्ट्रपति र उपराष्ट्रपति पाउनेछ । साउन ४ गते निर्वाचित हुने राष्ट्रपति गणतान्त्रिक नेपालको पहिलो नेतृत्वकर्ता हुनेछन् । संविधान सभा सचिवालयले मंगलबार प्रकासित गरेको राष्ट्रपति र उपराष्ट्रपतिको कार्याविधि अनुसार साउन ४ गते शनिवार विहान ११ बजेदेखि २ बजेसम्म राष्ट्रपति र उपराष्ट्रपति चयनकालागि संविधान सभाका सदस्यहरुले मतदान गर्नेछन् । मतगणना पश्चात साढे २ बजेदेखि ४ बजेसम्म मतगणना हुनेछ । त्यसपछि बेलुकी ५ बजे बस्ने संविधान सभाको बैठकले राष्ट्रपतिको घोषणा गर्नेछ। मंगलबार तय गरिएको कार्याविधिमा राष्ट्रपति र उपराष्ट्रपतिकालागि ५ जना सभासद्हरुको प्रस्ताव र थप ५ जनाको समर्थन आवस्यक पर्नेछ । बहुमतीय प्रणाली अनुसार उम्मेदवार संविधानसभा सदस्य बाहिरको व्यक्ति हुन पाउने भएपनि ५ जना सर्मथक र ५ जना प्रस्तावक सभासदहरु नै चाहिन्छ । साधारण बहुमत अर्थात् ३ सय १ मत ल्याउने उम्मेदवार निर्वाचित भएको घोषणा हुनेछ । दुई भन्दा बढि उम्मेदवार भएमा र कसैलेपनि साधारण बहुमत प्राप्त गर्न नसकेमा धेरै मत ल्याउने पहिलो र दोश्रो उम्मेदवारबीच पुन निर्वाचन हुनेछ। आजै साउन १ देखि राष्ट्रपतिको निर्वाचनसम्बन्धी प्रकृया सुरु भैसकेको छ । साउन १ गते १० बजे मतदाता नामावली प्रकासन १२ बजे प्रकासित नामावलीमाथि दावी विरोध १२ बजे अन्तिम नामावली प्रकासन हुनेछ। राजनीतिक सहमति भएमा आजै साढे १२ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम राखिएको छ । तर सहमति हुन नसकेमा विहीबार साउन २, १० देखि १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवारी दिनेहरुको नाम विहीबार १ बजे प्रकासित हुने कार्यक्रम छ । साढे २ बजे उम्मेदवारको नाममा दावीविरोधको कार्यक्रम तय गरिएको छ । साढे ३ बजे उम्मेदवारहरुको नामावली प्रकासन हुनेछ भने कुनै उम्मेदवारले मनोनयन फिर्ता लिन चाहेमा साढे ३ देखि साढे ४ बजेसम्म फिर्ता लिनसक्नेछन् । विहीबार ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकासन हुनेछ । |
|
|
आ-आप्नो पक्षमा प्रचार-प्रसार गर्न उम्मेदवारकालागि शुक्रबार साउन ३
पुरै दिनको समय तोकिएको छ । राजनीतिक दलहरुबीच सहमति नदेखिएकाले दुबै पदमा
प्रतिस्पर्धा हुने देखिएको छ । हालसम्म रामराजाप्रसाद सिंह, गिरिजाप्रसाद
कोइराला, शाहना प्रधान, माधव नेपाल र सुवाष नेम्वाङ्ग राष्ट्रपतिको रुपमा
चर्चामा आएका छन्। सबै भन्दा ठूलो दल नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने साउन १ गते दिनको १ बजे सम्म सहमती बनी नसकेको बताएका छन । एमालेसँग मोर्चा बनाएर जाने सहमती भएपनि राष्ट्रपति को हुने भन्नेमा अझै टुङ्गो नलागेको उनले बताए । आज एमाले महासचिवसँगको भेटमा पनि माओवादीले आदिवासी जनजाति, महिला, मधेशीलाई बनाउनु पर्नेमा जोड दिएका थिए । -Sitaram Baral in Kathmandu. Contributed by Santa Bagam |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||