|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नयाँ नेपालको समावेशी संविधान २०६७ जेठ १४ गते आउने काठमाण्डौं, November 14, 2008- नयाँ नेपालको समावेशी संविधान २०६७ जेठ १४ गते आउने भएको छ । सबै जाति, भाषा, क्षेत्र तथा पिछडिएका सम्पूर्ण समुदायको हक, अधिकार समेटिएको नयाँ संविधान एक राष्ट्रिय समारोहको आयोजना गरेर राष्ट्रपतिले सार्वजनिक गर्ने छन् । कार्यक्रम तालिकाअनुसार मंसिर १५ गते भित्र संविधान सभा उपाध्यक्षको निर्वाचन सम्पन्न भईसक्ने छ । संविधान सभाका समितिहरुको गठन, समितिका सभापतिको निर्वाचन र संविधान निर्माण कार्यमा आवश्यक विशेषज्ञ सेवाको क्षेत्र पहिचान गरी सोको विस्तृत विवरण बनाउने कार्य मंसिर ३० गतेसम्ममा सम्पन्न हुनेछ । यसैगरी पुस १ देखि १५ गते भित्र प्रत्येक समितिले आफ्नो कार्यक्षेत्र भित्र पर्ने विषय र सो अन्तर्गत साचालन हुने गतिविधि सहितको कार्यतालिका निर्माण, सबै समितिको कार्यतालिका अन्तिम रुप दिने र नागरिक शिक्षा तालिम तथा अभिमुखीकरण कार्यक्रमको शूरुवात गर्ने कार्य गरिने भएको छ । नयाँ संविधानको अवधारणाको सम्बन्धमा व्यापक छलफल, विचार, विमर्श नागरिक समाज, विशेषज्ञ र आम नागरिकबाट राय सुझाव लिने कार्य पुस महिनाभित्र सकिनेछ भने ०६५ फागुन र चैत्र महिनामा अवधारण पत्रको आधारमा विषयगत समितिहरुले संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने कार्य पुरा हुनेछ । यसैगरी २०६६ वैशाख र जेठ महिना भरीमा विषयगत समितिहरुले तयार पारेको अवधारणा पत्र र प्रारम्भिक मस्यौदा संविधान सभामा पेश गरी छफफल गरिने छ । संवैधानिक समितिले सभाले दिएको सुझाव र विषयगत समितिबाट पेश भएका मस्यौदालाई एकिकृत गरी नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्ने कार्य सोही वर्षको असार र साउन महिनामा सकिने छ । भदौ महिना भित्र संवैधानिक समितिले तयार गरेको संविधानको पहिलो मस्योदा पूर्ण वैठकमा पेश गर्ने र छलफल गर्ने काम पुरा हुने छ । असोज १ देखि १४ गते भित्र संविधानको पहिलो मस्यौदालाई अन्तिम रुप दिई जनताको राय प्रतिकि्रयाको लागि नेपाल राजपत्रमा प्रकाशन गर्ने र जनमत संकलन र समन्वय समितिले संविधानको पहिलो मस्योदा माथि जनताको राय सुझाव लिने कार्ययोजना पुरा हुने गरिने तालिका बनेको छ । संविधानको पहिलो मस्यौदा माथि व्यापक सुनुवाई, गोष्ठी, अन्तकि्रया गराउने र जुनसुकै माध्यमबाट ग्रहण गर्ने तथा सभासदहरुले आ-आफनो जिल्ला क्षेत्र र मुलुकको विभिन्न भागमा जाने र जनताका राय, सुझाव लिनको लागि असोज १५ देखि मंसिर मसान्तसम्म छुट्टयाइएको छ । पुस महिना भित्र जनताको राय सुझाव सम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी सभामा पेश गर्ने कार्यक्रम राखिएको छ । माघ १ देखि १४ गतेभित्र जनताको सुझा सम्बन्धी प्रतिवेदनमाथि पूर्ण वैठकमा छलफल हुनेछ । संविधानको पहिलो मस्यौदा जनताको राय बमोजिम परिमार्जन गरी संविधानको विधेयक सभामा पेश गर्न र संविधानको विद्येयकको प्रति सबै सभासदहरुलाई वितरण गर्ने कार्य माघ १५ देखि फागुन १७ गते भित्र सकिने छ । फागुन २३ गतेभित्र अन्तरिम संविधान र संविधान सभा नियमावली बमोजिम संविधानको विद्येयकमाथि सभामा सामान्य छलफल हुनेछ । विद्येयकमाथि सभासदहरुलाई संशोधन राख्ने म्याद फागुन ३० गतेसम्मलाई तोकिएको छ । |
|
|
संशोधन सहित विधेयकमाथिको दफाबार छलफल सभामा गर्ने र प्रत्येक धारामा उपधारामा निर्णय गर्दै जाने समय ०६६ चैत्र १ देखि ०६७ वैशाख ३० गतेसम्मलाई तोकिएको छ । जेठ १ देखि ७ गतेभित्र नयाँ संविधानको प्रश्तावना सहित सम्पूर्ण भाग सभाबाट पारित गरिने छ । कार्यतालिकाको अन्तिम हप्ता अर्थात २०६७ जेठ ८ देखि १४ गतेभित्र पारित संविधानको प्रकाणिकरण प्रति तयार गरी सभासदहरुले हरुताक्ष गर्ने सभाअयक्षले प्रमाणीकरण गर्ने र संविधानले औपचारिक राष्ट्रिय समारोहको आयोजना गरी अध्यक्षले पारित संविधान राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले सोही समारोहबाट नेपाली जनता समक्ष संविधान सार्वजनिक गरी संविधान लागू भएको घोषणा गर्ने उल्लेख छ। -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||