Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अर्थ मन्त्रीको बजेट ६० प्रतिशत बिदेशी दाताको भर

काठमाडौँ, September 23, 2008- देशमा विदेशी मालसामानको ओईरो लगाउने हो भने मुलुकको उद्यौगधन्दा चौपट हुन्छ । यदि विदेशी मालसामानको ओईरो नलगाउने हो भने राजस्व नउठी मुलुक गम्भिर आर्थिक दुर्घटनामा पर्ने भयो । माओवादी सरकारलाई अगाडी बढे पनि पछाडी हटेपनि भीरबाट खस्ने बाहेक आर्को विकल्प छैन ।

२०६५ असौज ४ गतेका दिन अर्थ मन्त्री डा. बाबुराम भट्टराईले २ खर्ब ३६ अर्ब १ करोड ५८ लाख ९७ हजारको बजेट संसदमा प्रस्तुत गर्नु भयो । गत वर्षको बजेट १ खर्ब ७ अर्ब ५४ करोड ६५ लाख २६ हजार थियो । यत्रो विशाल रकम कहांबाट जम्मा गर्ने भन्ने कुरो पनि अर्थमन्त्रिले देखाएका छन्‌ । १ खर्ब २९ अर्ब २१ करोड ५ लाख राजस्वबाट संकलनबाट वैदेशिक अनुदान र सहायताबाट ६५ अर्ब ७९ करोड १६ लाख र अपुग यसको स्रोत नखुलेको ४१ अर्ब १ करोड १६ लाख गरी उक्त बजेट रकम संकलन गर्ने भनिएकोछ ।

१. वर्तमान भ्रष्ट राजस्व प्रशासनबाट १ खर्ब २९ अर्ब २१ करोड ५ लाख उठछ भन्ने विश्वास गर्ने आधार केही पनि छैन । विगतमा १ खर्ब ०७ अर्ब ५४ करोड ६२ लाख मात्र राजस्व उठेको थियो । यसमा पनि हाल दुई महिना विति सकी १० महिना मात्र बांकी रहेको छ । अब दशै तिहार आई सक्यो र लगभग कार्तिक महिनासम्म प्रशासन निस्कृय रहन्छ, बांकी रहयो ८ महिना ।

मुलुकको ३० प्रतिशत राजस्व आउने विराटनगरको भन्सार नाका र उद्यौगको उत्थ्पादन कोशी बाढीले पुर्व पश्चिम राजमार्ग भत्काएकोले कोशी पश्चिमको शहर र क्रयशक्ति बढी भएको काठमाण्डौमा आउन सक्तैन र यसबाट राजस्व उठने कुरा भएन । अबको ३ महिनामा कोशी नदीमा बेलीबृज राख्ने कुरो उठेकोछ । तीन महिनाभित्र बेलीबृज बन्ने हो भने अब रहयो बांकी ५ महिना र यो ५ महिनामा बजेटमा लक्षित उक्त राजस्व उठने सम्भावना नै छैन ।

२. कुनै पनि मुलुकको मुख्य आयस्रोत निकासी (Export) हुन्छ तर नेपालको राजस्वको मुलस्रोत उल्टो गतिमा पैठारी (Import) बनेकोछ । । गत वर्ष विदेशबाट नेपाल झिकाएको पैठारी मालसामानमा लगाएको कर (tax) बाट २६% राजस्व उठेको थियो भनै निकासी निर्यात- (Import) बाट ८४% मात्र उठेको थियो । अहिलेको बजेटले पैठारीबाट २७% र निकासीबाट ७३% (गतवर्षको भन्दा ११% कम) राजस्व उठाउने लक्ष्य लिएकोछ ।

देशमा विदेशी मालसामानको ओईरो लगाउने हो भने मुलुकको उद्यौगधन्दा चौपट हुन्छ । यदि विदेशी मालसामानको ओईरो नलगाउने हो भने राजस्व नउठी मुलुक गम्भिर आर्थिक दुर्घटनामा पर्ने भयो । माओवादी सरकारलाई अगाडी बढे पनि पछाडी हटेपनि भीरबाट खस्ने बाहेक आर्को विकल्प छैन ।

३. अहिलेको बजेटमा ६५ अर्ब ७९ करोड ३७ लाख ८७ हजार विदेशी दाताहरुबाट अनुदान र सहयोग ल्याउछौ भनि जनतालाई सपना देखाएका छन् । कुनै पनि देशले सहयोग वा ऋण िदंदा उसले दया मायाले होईन आफनो राष्ट्रिय स्वार्थहेरी सहयोग गर्छन्‌ ।
  MS Thapa Magar. Photo: eEyeCam

अमेरिका, युरोपियन मुलुकहरु र भारत माओवादीसंग चिडिएको जगजाहेर छ । उनिहरुले बोलेको राम्रो बोली कुटनैतिक शिष्टाचार मात्र हो । नेपालका ठुला दाताहरु यीनै मुलुकहरु नै हो । यत्रो विशाल रकम पाउनकोलागी माओवादीहरुले कान समाती उनिहरुको अगाडी उठबस नगरी पाउने सम्भावना छैन । कान समाती उठबस नगरे माओवादीको पतनलाई कसैले छेक्न सक्तैन ।

भ्रष्ट राजस्व कर्मचारीहरुले बेईमानी नगरेमा माओवादीको गोजीमा भएको पैसा आन्तरिक राजस्वबाट उठने भनिएको १ खर्ब २९ अर्ब २१ करोड ५ लाख मात्र हो । बांकी विदेशीहरुले दिने भनि अपेक्ष राखिएको उल्लेखित रकम र अपुग न्युन रकम ४१ अर्ब १ करोड १६ लाखलाइृ जम्मागर्दा १ खर्ब ०६ अर्ब ८० करोड ५४ लाख रुपैया अर्कैको गोजीमा छ । यो रकम कुल बजेटको ६०% भन्दा बढी हुन आउछ । विदेशीहरुले यत्रो रकम नदिएमा र नपुग न्युन रकम जम्मा गर्न नसकिएमा यत्रो घाटा बजेट कहांबाट पुरा गर्ने ?

यत्रो घाटा बजेट आपुर्ति गर्न नसकिएमा मुलुक ठुलो आर्थिक दुर्घटनामा पर्ने निस्चित छ । मुलुकमा व्यापक मुद्रा स्फीति (inflation) बढनेछ र माओवादीले यसको विकल्पमा नोट छाप्न बाध्य हुनेछ । परिणमास्वरुप नेपालीले जिम्बावेमा जस्तै १ लाखको नोट लिएर बजारबाट १ किलो साग लिएर आउनु पर्नेछ ।

४. माओवादी सरकारले देशका प्रमुख नदीहरुलाई डाईभर्जन गरेर पहाड र तराईमा िसंचाई गर्ने भनि बजेटमा उल्लेख गरेकोछ । तर नेपालले भारतसंग गरेको कोशी र गण्डक सम्झौतामा कुनैपनि साना-ठुला नदीहरुको मुहान नेपालले रोक्न वा सुकाउन पाउने छैन भनि प्रष्ट उल्लेख गरिएकोछ ।

यस सन्धिअनुसार नेपालीहरुले नेपालको नदीहरुमा माछा मार्ने, नुहाउने र गाग्रोमा पानि हाली पिउने बाहेक नेपालको नदीहरुमा नेपालको अधिकार छैन ।

अन्तर्राष्ट्रिय कानुनअनुसार पनि कुनैपनि मुलुकले प्रमुख नदीहरुको मुहान सुकाउन पाउदैन । माओवादी अर्थमन्त्रिलाई यसको हेक्का रहेनछ । अर्थमन्त्रिको भनाईअनुसार देशका प्रमुख नदीहरुलाई डाईभर्जन गरी पहाड तराई िसंचाई गर्ने हो भने भारतको ठाडै हस्तक्षेपको त कुरै छाडौं बंगलादेशले पनि ठाडै विरोध गर्नेछ । भारतसंग नेपालले गरेको संन्धि, सम्झौता र अन्तर्राष्ट्रिय कानुनलाई माओवादी अर्थमन्त्रिले उल्लंघन गर्न सक्तछ ? लेखेर कबुल गरेको यो वाचा माओवादी अर्थमन्त्रिले पुरा गरेमा शुभकामना छ ।

५. जनजातिहरुले आफनो मातृ-भाषामा पढन पढाउनकोलागी बजेटमा एक पैसा नदिएकोले यो बजेट जनजाति विरोधी छ ।

६. १५ हजार युवाहरुलाई दिईने ६ महिने सिपमुलुक तालिममा जनजातिहरुलाई कोटा नदिएकोले यो बजेट जनजाति विरोधी छ ।

७. आर्को निर्वाचन नहुदासम्म स्थानिय निकायहहरुमा संयन्त्र बनाउदा प्रमुख दलहरुको सहमतिमा बनाउने भनेपछि अन्तरिम संविधानमा २५ दलहरुको सहमति र समावेशीमा काम गर्ने भन्ने संवैधानिक व्यवस्थाको प्रतिकुल र साना दलहरुको विरोधी बजेट छ ।

८. प्रधानमन्त्रि कोषमा ३ अर्ब ३१ करोड ६३ लाख १ हजार रकम राखी आफनो पार्टी कार्यकर्ताहरुलाई पाल्ने योजना यो बजेटमा छ किनकी प्रधानमन्त्रिको कोषको लेखा, जांच हुँदैन र कसैले हिसाप खोज्न पाईदैन ।

९. यो बजेटमा विदेशी रोजगारकोलागी माओवादी कार्यकर्ताहरुलाई १०% कोटा छुट्याई अन्य नेपालीहरुसंग भेदभाव गरिएकोछ ।

१०. समग्ररुपमा यो बजेट घुमाई फिराई माओवादी कार्यकर्ताहरुलाई रोजगार दिने, पाल्ने, ठेक्का, पट्टा दिलाउने र आगामी निर्वाचन जित्ने षणयन्त्रको रुपमा आएको छ ।

-MS (Malbarshingh) Thapa Magar
Member, Constitutional Assembly, Nepal

MS Thapa is one the senior politicians in Nepal. Lawyer by profession, Mr. Thapa is a historian and writer of many books.
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®