नयाँ सरकारको पूर्ण बजेट सेप्टेम्बर 19 मा आउने भो काठमाडौँ, September 14, 2008-
सरकारले आर्थिक वर्ष २०६५/०६६ को पूर्ण बजेट असोज ३ गते प्रस्तुत गर्ने
भएको छ ।
अर्थ मन्त्री डा. बाबुराम भट्टराईले दिनको चार बजे व्यवस्थपिकाको हैसियतमा
बस्ने संविधान सभाको वैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
अर्थ मन्त्रालयबाट उक्त मितिमा बजेट प्रस्तुत गर्ने व्यवस्था मिलाउन
संविधान सभा सचिवालयमा पत्रचार गरेको थियो ।
संविधान सभा निर्वाचन सम्पन्न भएको लामो समयसम्म सरकार बन्न नसक्नाले गत
आर्थिक वर्षको अन्त अर्थात असार मसान्त भित्र सरकारले बजेट ल्याउन सकेको
थिएन । पूर्ण बजेट आउन नसकेपछि तत्कालिन काम चलाउ सरकारका अर्थ मन्त्री
रामशरण महतलॆ तीन महिने पेश्की बजेट पेश गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताले अनुभूत गर्ने गरी बजेट
ल्याउने यसअघि नै घोषणा गरी सकेका छन् । त्यसो त संघीय गणतान्त्रिक नेपालको
पहिलो निर्वाचित सरकारले ल्याउने बजेट जनताको ठूलो अपेक्षा गरेका छन् ।