|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमुना संबिधान
२०६५ प्रस्तावना नमुना संविधान सभाबाट जनताको प्रतिनिधिमार्फत् आफ्नो लागि आफै संविधान बनाई मुलुकमा विद्यमान जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, वर्गीय, क्षेत्रीय, लैङ्गिक समस्या र विभेदको अन्त्य गर्न संकल्प गर्दै एकात्मक राज्यसत्ताबाट बिमुख पारिएका जाति र समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै बहुदलीय प्रतिस्पर्धात्मक संघात्मक लोकतान्त्रिक शासनव्यवस्था, मौलिक अधिकार, नागरिक स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानुनी राज्यको अवधारणा, मानवअधिकार, वालिगमताधिकार ,पूर्ण प्रेस स्वतन्त्रता लगायतका मूल्य मान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्तगर्दै आत्मनिर्णयको अधिकारको सिद्धान्त तथा स्वायत्ततासहितको संघीय राज्य संरचनामार्फत् राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न र सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वभिमानलाई शिरोधार्य गर्दै हालसम्म मुलुकमा भएका संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संघात्मक संरचनामार्फत् संस्थागत गर्न मुलुकका विभिन्न एघारवटा स्थान केन्द्रबाट नमुना संविधान सभाका लागि भेला भएका हामी सभासदहरु बीचको निरन्तर छलफल र अभ्यासको निष्कर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६५ निर्माण गरी जारी गरेका छौं । भाग १ प्रारम्भिक १. संविधान मूल कानुन: (१) यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसंग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ । (२) यस संविधानको पालना गर्नु नेपाल राज्यका प्रत्येक अगंहरु र पदाधिकारीहरु लगायत अन्य सम्पूर्ण नेपाली नागरिक तथा व्यक्तिहरुको कर्तव्य हुनेछ । २. सार्वभौमसत्ता र राजकीय सत्ता: नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहनेछ । ३. राष्ट्र: नेपाल राष्ट्र विभिन्न जाति, भाषा, संस्कृति र क्षेत्रको आधारमा बनेका विशेष स्वायत्त तथा स्वसासित क्षेत्रहरु सहितको देहायका स्वशासित प्रान्तहरुको सामुहिक संघीय चरित्र, सहअस्तित्व, सहिष्णुता, सहचारिता, स्वतन्त्रता, अखण्डता र राष्ट्रहित तथा समृद्धिप्रति आस्थावान रही विविधता बीचको एकताको सूत्रमा बाँधिएका नेपाली जनताको समष्टि रुप राष्ट्र हो । क) लिम्बुवान स्वायत्त प्रान्त ख) खम्बुवान स्वायत्त प्रान्त ग) तामाङसालिङ स्वायत्त प्रान्त घ) नेपालमण्डल स्वायत्त प्रान्त ङ) तमुवान स्वायत्त प्रान्त च) मगरात स्वायत्त प्रान्त छ) पूर्व खसान कर्णाली प्रदेश स्वायत्त प्रान्त ज) पश्चिम खसान स्वायत्त प्रान्त |
|
|
झ) थारुहट स्वायत्त प्रान्त ञ) अवधी स्वायत्त प्रान्त ट) भोजपुरी स्वायत्त प्रान्त ठ) मैथिली मधेश स्वायत्त प्रान्त ४. नेपाल राज्य: (१) नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न धर्मनिरपेक्ष र छुवाछुतमुक्त संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य हो । नेपालको क्षेत्र देहाय बमोजिम हुनेछः- (क) यो संविधान प्रारम्भ हुँदाको बखतको क्षेत्र र (ख) यो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र । ५. राष्ट्रिय झण्डा: सबै स्वायत्त प्रान्तहरुको प्रतिनिधित्व झल्कने गरी राष्ट्रिय झण्डा निर्माण गरिनेछ । राष्ट्रिय झण्डाको निर्माण संघीय नेपाल सरकारले गर्ने छ । ६. राष्ट्रिय गान इत्यादि: नेपालको राष्ट्रिय गान अनसुची ५ बमोजिम हुनेछ र निशाना छाप संघीय नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ । प्रान्तीय सरकारले कानुन बनाई आ-आफ्नो निशाना छाप बनाउन सक्नेछ । अनुसूचि १. संघीय र प्रान्तीय सरकार वीच अधिकारको बाँडफाँड संघीय सूचि १. रक्षा २. परराष्ट्र ३. मुद्रा ४. ठुला उद्योग ५. राष्ट्रिय रेल मार्ग ६. केन्द्रिय बैङ्क तथा वित्तिय संस्था ७. अन्तराष्ट्रिय व्यापार ८. भन्सार ९. मूल्य अभिवृद्धिकर १०. उपरोक्त विषयहरुसंग सम्वन्धीत अपराध प्रान्तीय सूचि १. स्वास्थ्य २. शिक्षा ३. कृषि ४. उद्योग ५. बनजंगल ६. स्थानीय शान्ति सुरक्षा तथा प्रहरी प्रशासन ७. यातायात ८. खानेपानी तथा सरसफाई ९. साना विद्युत परियोजना १०. मादक पदार्थ ११. प्रान्तीय स्तरको खानी तथा खनिज १२. प्रान्तीय स्तरको विकास निर्माणका पूर्वाधार १३. कला संस्कृति सम्पदा १३. भूमिसुधार तथा भूमि व्यवस्थापन १४. व्यापार व्यवसाय १५. पशुपालन १६. उच्च अदालत १७. जिल्ला अदालत १८. सामुदायिक अदालत १९. सम्पति कर २०. मालपोत २१. व्यवसायिक कर २२. यातायातकर २३. स्थानीय कर २४. जनसँख्या व्यवस्थापन २५. आयकर २६. उपरोक्त विषयसंग सम्बन्धित अपराध २७. संघीय र साझा सूचिमा उल्लेख नगरिएका अन्य विषयहरु साझा सूचि १. ठुला विद्युत परियोजना २. राजमार्ग ३. विमानस्थल ४. ठुला खनिज सम्पदा ५. राष्ट्रिय निकुाज ६. हुलाक ७. राष्ट्रिय स्तरको सिँचाई ८. सूचना तथा साचार ९. उच्च शिक्षा १०. जलस्रोत ११. अपराध सम्बन्धी कानुन १२. फौजदारी कानुन १३. देवानी कानुन १४. कारागार १५. आर्थिक तथा सामाजिक योजना १६. श्रमिकसंग सम्बन्धित विषय १७. सामाजिक उपकार तथा सुरक्षा १८. जनस्वास्थ्य १९. अन्तरप्रान्तीय व्यापार २०. अन्तर प्रान्तीय जलमार्ग २१. सिनेमा २२. राष्ट्रिय स्तरको शैक्षिक संस्था २३. विश्व सम्पदा २४. उपरोक्त विषयसंग सम्बन्धित अपराध अनुसूचि २ प्रान्त विशेष स्वायत्त क्षेत्र तथा स्वशासित इलाकाहरु १. संघीय लोकतान्त्रिक गणतन्त्रमा निम्न स्वायत्त प्रान्तहरु रहने छन् । तर संघीय संसदले आवश्यकता अनुसार प्रान्त. विशेष स्वायत्त क्षेत्र तथा स्वशासित इलाकाहरु सम्बन्धित प्रान्तको स्विकृतिलीई थपघट गर्न वा नाम परिवनर्त गर्न सक्नेछ । यसको निमित्त बिशेषज्ञसहितको आयोग गठन गर्न सकिने छ । १. स्वायत्त प्रान्तहरु क. लिम्बुवान स्वायत्त प्रान्त ख. खम्बुवान स्वायत्त प्रान्त ग. तामाङसालिङ स्वायत्त प्रान्त घ. नेपालमण्डल स्वायत्त प्रान्त ङ. तमुवान स्वायत्त प्रान्त च. मगरात स्वायत्त प्रान्त छ. पूर्व खसान कर्णाली प्रदेश स्वायत्त प्रान्त ज. पश्चिम खसान स्वायत्त प्रान्त झ. थारुहट स्वायत्त प्रान्त ञ. अवधी स्वायत्त प्रान्त ट. भोजपुरी स्वायत्त प्रान्त ठ. मैथिली/ठेठी मधेश स्वायत्त प्रान्त २. विशेष स्वायत्त क्षेत्रहरु क. थकाली स्वायत्त क्षेत्र ख. शेर्पा स्वायत्त क्षेत्र (हिमाली प्रदेशको निमित्त धारा १८६ अन्र्तगत उच्च आयोगको व्यवस्थाबाट) ग. कोचिला स्वायत्त क्षेत्र घ. सह्लेश स्वायत्त क्षेत्र ङ. याक्खा स्वायत्त क्षेत्र च. लाप्चा स्वायत्त क्षेत्र छ. हायू स्वायत्त क्षेत्र ज. जिरेल स्वायत्त क्षेत्र झ. चेपाङ्ग स्वायत्त क्षेत्र ञ. थामी स्वायत्त क्षेत्र ट. दरई स्वायत्त क्षेत्र ठ. सुनुवार स्वायत्त क्षेत्र ड. दनुवार स्वायत्त क्षेत्र ढ. बरामु स्वायत्त क्षेत्र ण. दुरा स्वायत्त क्षेत्र त. छन्तेल स्वायत्त क्षेत्र थ. राजि स्वायत्त क्षेत्र द. ब्या-सी स्वायत्त क्षेत्र ध. कुमाल स्वायत्त क्षेत्र न. सुरेल स्वायत्त क्षेत्र ३. स्वशासित इलाकाहरु क. राउटे स्वशासित इलाका ख. माझी स्वशासित इलाका ग. दलित स्वशासित इलाका विशेष स्वायत्त क्षेत्र तथा सम्बन्धित प्रान्तमा रहेको तर थातथलो नखुलेको जात, जाति, भाषिक, सांस्कृतिक समुदायको स्वशासित क्षेत्र हुनेछ । अनुसूची ३ अनुसूचित आदिवासी/जनजातिहरु १. किसान २. कुमाल ३. कुसवाडिया ४. कुसुण्डा ५. गन्गाई ६. गुरुङ ७. चेपाङ ८. छन्त्याल ९. छैरोतन १०. जिरेल ११. झागड १२. डोल्पो १३. ताङ्गबे १४. ताजपुरिया १५. तामाङ १६. तीन गाउँले थकाली १७. तोप्के गोला १८. थकाली १९. थामी २०. थारु २१. थुदाम २२. दनुवार २३. दराई २४. दुरा २५. धानु (राजवंशी) २६. धिमाल २७. नेवार २८. पहरी २९. प्रुी ३०. बनकरिया ३१. बरामू ३२. बार्ह गाउँले ३३. बोटे ३४. भुलेज ३५. भोटे ३६. मगर ३७. माझी ३८. मार्फा थकाली ३९. मुगाली ४०. मेचे बोडो ४१. याक्खा ४२. राई ४३. राउटे ४४. राजवंशी (कोच) ४५. राजी ४६. लार्के ४७. लिम्बू ४८. लेप्चा ४९. लोल्हपा ५०. ल्होमी (सिंगसावा) ५१. वालुङ ५२. ब्यासी ५३. शेर्पा ५४. सतार (सन्थाल) ५५. सियार ५६. सुनुवार ५७. सुरेल ५८. हायू ५९. ह्योल्मो (योल्मो) अनुसूचि ४ अनुसूचित दलित जातिहरु १. विश्वकर्मा (कामी, लोहार, सुनार, टमाटा, चुनरा, पार्की) २. मिजार सार्की चर्मकार भूल ३. परियार (दमै, दर्जी, नगर्ची, ढोली) ४. गन्दर्भ (गाइने) ५. वादी ६. कलर ७. ककैहिया ८. कोरी करोरी ९. खटिक १०. खत्वे मण्डल खँग ११. चमार (राम, हरीजन, मोची र विदास) १२. चीडिमार १३. डोम (मरिक/धनिकार) १४. तत्मा (ताँती, दास) १५. पासवान (दुसाध, हजारा) १६. धोवी (रजक) १७. पत्थरकट्टा १८. पासी १९. बाँतर २०. मुसहर, सदा, ऋषिदेव २१. मेत्तर २२. हलखोर २३. सर्भङ्ग (सत्बरिया) अनुसूचि ५ राष्ट्रिय गान सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली । प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरुका रगतले, स्वतन्त्र र अटल । ज्ञानभूमि, शान्तिभूमि तराइ, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहु जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल । प्रकाशक/सर्बाधिकार जातीय भेदभाव विरुद्ध राष्ट्रिय मन्च National Coaliation Against Racial Discrimination (NCARD) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||