|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपालले गुमाएको टिस्टादेखि कांगडासम्मको
भूभागमा ब्रिटेनको दायित्व काठमाडौं, August 20, 2008- सुगौली सन्धिबाट नेपालले गुमाएको टिस्टादेखि कांगडासम्मको भूभाग फिर्ता गर्नुपर्ने दायित्व बेलायत सरकारको रहेको बताउँदै मंगलबार राष्ट्रवादी नेपालीहरुको एक समूहले काठमाडौंस्थित बेलायती दूतावासमा ज्ञापन पत्र बुझाएको छ । 'एकीकृत नेपाल राष्ट्रिय मोर्चा' ले सुगौली सन्धिमा गुमेको नेपाली भूभाग मेचीपूर्व टिस्टा र महाकाली पश्चिम सतलजसम्म फिर्ता गर्ने उत्तरदायित्व बेलायत सरकारले लिनुपर्ने मागका साथ ज्ञापनपत्र बुझाएको हो । बेलायतकी महारानीलाई सम्बोधन गरेर बुझाइएको ज्ञापनपत्रमा सुगौली सन्धि सन् १८१६ मार्च ४ बेलायतसँग भएको हुँदा सो सन्धि अनुसार बेलायती साम्राज्यमा गाभिएका नेपाली भूभागका बिषयमा बेलायतले बोल्नुपर्ने आग्रह गरिएको छ । हाल भारत अधिनस्थ नेपाली भूभाग पहिले वेलायती साम्राज्यमा रहेका हुँदा यसमा बेलायत सरकारको संलग्नता आवश्यक रहेको जिकिर ज्ञापनपत्रमा गरिएको छ । सन् १९४७ अगस्ट १५ मा इन्डिया स्वतन्त्र हुँदा नेपाली भूभाग पनि स्वतन्त्र भएको भन्ने मानिएपनि यसबारे 'इन्डिया इन्डिपेन्डेन्स् एक्ट' मा स्पष्ट उल्लेख नभएको हुँदा यस बिषयमा आफ्नो स्पष्ट धारणा राख्न बेलायत सरकारसँग अनुरोध गरिएको छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालसहितको टोली जुलुससहित लैनचौरस्थित बेलायती दूतावास पुगी सो ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै बेलायती राजदूतावासकी राजनीतिक विभाग हेर्ने तृतीय सचिव शीवा रोजियरले ज्ञापनपत्रमा उल्लेख भएका बिषयमा बेलायतको विदेश मन्त्रालयले एक महिनाभित्र जबाफ पठाउने बताएकी छिन् । स्मरणीय छ, गुमेको भूभाग पाउनुपर्ने दाबी सहित वेलायत सरकारलाई ज्ञापनपत्र बुझाइएको यो पहिलो पटक हो । View memorandum letter -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||