
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
नेपालको शिक्षा दिवस:
'लोकतान्त्रिक गणतन्त्र नेपालको आधार शिक्षा सबैको
मौलिक अधिकार'
काठमाडौँ, September 8, 2008-राष्ट्रपति
डा. रामवरण यादवले नयाँ संविधानले नै नेपाली जनताको भाग्यको फैसला गर्ने
बताएका छन् ।
राष्ट्रपति यादवले नयाँ संविधान निर्माणको लागि सबैको सहयोग आवश्यक भएको
उल्लेख गरे । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको
अवसरमा भदौ २३ गते शीतल निबासमा आयोजित शिक्षासँग सम्बन्धित राष्ट्रिय
पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति डा. यादवले यस्तो धारणा राखेका हुन्
।
नागरिकहरुबीचको एकता, समानता र सहिष्णुतालाई अझ दरिलो बनाउँदै राष्ट्र
निर्माणमा सहभागी हुनुपर्ने अवस्था आएको राष्ट्रपति यादवको भनाई थियो ।
पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति डा. यादवले राष्ट्रिय शिक्षा पदक,
नेपाल भुषण क, ख र ग, नेपाल छात्रा पदक, स्नातक उत्कृष्ट
छात्रछात्रावृत्ती, उच्च मावि वा प्रमाणपत्र तह उत्कृष्ट छात्रछात्रावृत्ती
वितरण गरे ।
'लोकतान्त्रिक गणतन्त्र नेपालको आधार शिक्षा सबैको मौलिक अधिकार' भन्ने मूल
नाराका साथ आज शिक्षा दिवस देशभर बिबिध कार्यक्रम का साथ मनाइयो । २०३३ साल
फागुण १२ गते देखि नेपालमा शिक्षा दिवस मनाईदै आएको भएपनि गत वर्ष भदौ २३
गते देखि शिक्षा दिवस मनाउन थालिएको हो ।
-Santa Bagam in Kathmandu
|
|