|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
हिन्दी चल्चित्रको गलत दृश्य र संवाद हटाउन परराष्ट्र मन्त्रालयले पहल
गर्ने नेपाल-भारत दुवै पक्षलाई स्वीकार्य हुने खालको नक्सा नभएको परराष्ट्रमन्त्रीको धारणा काठमाण्डौ, 23 Jan, 09- मधेशी जनअधिकार फोरमका नवनिर्वाचित अध्यक्ष तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपाल भारत दुवै पक्षलाई स्वीकार्य हुने खालको नक्सा नभएकाले बारम्बार सीमा विवाद आएको धारणा राखेका छन् । व्यवस्थापीका संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको माघ १० गते बसेको वैठकमा बोल्दै परराष्ट्रमन्त्री यादवले सीमा समस्या समाधानको लागि ३ तहमा काम गर्नुपर्ने उल्लेख गरे । मन्त्री यादवले प्राविधिक समस्या समाधानका लागि प्राविधिक तहमा तथा राजनीतिक रुपमा सचिव र मन्त्री स्तरीय समिति मार्फत्समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । सीमा क्षेत्रका जनता सचेत भएपछि सीमा मिच्न नसकिने बताउँदै मन्त्री यादवले पछिल्ला दिनमा ईलामको श्रीअन्तुमा आएर बसेका एसएसबी फोस्र केही दिनमै हटाउन भारत सरकारले आश्वासन दिएको खुलासा गरॆ । यस्तै सुस्ता र कालापानी लगायतका क्षेत्रमा भएको सीमा अतिक्रमणको विषयमा कुटनीतिक छलफल भइरहेको उनको भनाई थियो । हिन्दी चलचित्र 'चाँदनी चोक टु चाईना'मा गौतम बुद्ध भारतमा जन्मिएको भन्ने सन्देश रहेको सम्बन्धमा मन्त्री यादवले गौतम बुद्ध जन्मिएका बेला भारत भन्ने देशको स्थापना नै नभएको दावी गर्दै गौतम बुद्ध नेपालमै जन्मिएको बताए । साथै उनले चलचित्रमा रहेको गलत दृश्य तथा संवाद हटाउन भारत सरकारलाई पत्राचार गरिसकेको जानकारी दिए । माघ ९ गतेको मन्त्रिपरिषदको वैठकले सो चलचित्र नेपालमा प्रर्दशन गर्न प्रतिबन्ध लगाउने तथा अन्य देशमा पनि प्रतिबन्ध वा गलत दृश्य र संवाद हटाउन परराष्ट्र मन्त्रालय मार्फत पहल गरिने निर्णय गरेको थियो । बैठकमा परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले २ राष्ट्रबीच हस्ताक्षर नभई कुनै पनि अन्तर्राष्ट्रिय सीमा कायम हुन नसक्ने बताउँदै अहिले सम्म दुवै देशका लागि स्वीकार्य नक्सा तयार नभएको धारणा राखेका थिए । नापी विभागका महानिर्देशक राजाराम छतकुलीले विक्रम सम्वत १८५६ को नक्सालाई अहिलेसम्म नेपालले आधिकारिक नक्सा मानेको बताउँदै कालापानी र सुस्ता बाहेक अन्यत्र सीमा विवाद नरहेको बताउनुभयो । समितिका सदस्यहरुले भने नेपालको स्थायी नक्सा बनाउनका लागि परराष्ट्र मन्त्रालयलाई पहल गर्न आग्रह गरेका थिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||