|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाल र भारत सरकारवीच २२ वुँदे सहमतिमा के के छ? काठमाडौँ, September 17, 2008- सन् १९५० को असमान सन्धि र अन्य सवै सन्धि सम्झौताहरु पुनरावलोकन, समायोजन र समीकरण गर्ने लगायतका नेपाल र भारत सरकारवीच भएको २२ वुँदे सहमति असोज १ गते सार्वजनिक गरिएको छ । सहमति अनुसार १९५० को सन्धि पुनरावलोकन, नवीकरण र समायोजन गर्न परराष्ट्र सचिव स्तरीय एक कार्यदल बनाईने भएको छ । सहमतिमा कोशी बाँध पीडितको राहत लागि भारतले ३२ करोड दिने घोषणा गरेको नयाँ दिल्ली भारतबाट पत्रकार ऋषी धमलाले युएस नेपाल अनलाईनलाई बताए । सहमतीमा भारतले कोशी नदिले काटेको पुर्व पश्चिम राजमार्ग पनि पुननिर्माण गरीदिने कुरा उल्लेख छ । त्यसैगरी भारतले नेपालको शान्ति प्रकृया र विकास निर्माण, सडक, रेल मार्ग, हाईड्रो पावर, शिक्षा, श्वास्थ्य र सामाजिक विकासमा निरन्तर सहयोग जारी राख्नेछ । यस्तै दुई देश विच नेपाल र भारतको खुल्ला सीमाको फाईदा उठाएर हुने अपराध रोक्ने सहमती भएको छ । त्यसकालागि दुवै देशका गृहसचिव विच छिट्टै भेटबार्ता हुनेछ । भारतले नेपालमा पेट्रोलियम पदार्थको आपुर्तिका लागि ३ महिनाको लागि एक सय ५० करोड ऋण सहयोग उपलव्ध गराउने भएको छ । भारतले प्युठान स्थित राप्ती नदीमा नौमुले जलविद्युत निमार्णमा पनि सहयोग गर्ने भएको छ । त्यसैगरि भारतले धान, गहुँ, मकै, चिनी लगाएतका खाद्य बस्तुमा लगाएको बन्देज फुकुवा गर्न सहमत भएको छ । भारत र नेपालवीच जलविद्युत विकासका लागि मन्त्री स्तरीय, सचिव स्तरीय र प्राविधिक स्तरीय गरी ३ छुट्टा छुट्टै समिति गठन गर्न पनि दुवै देश सहमत भएका छन् । समितीले जलविद्युत उत्पादन, िसंचाई, बाढि रोकथाम र अन्य पानीसंग संवन्धीत संभाव्यता अध्ययन गर्ने छ । प्रधानमन्त्री प्रचण्डले नेपालको औपचारीक भ्रमणका लागि भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहलाई दिनु भएको निम्तो सिंहले स्वीकार्नुभएको छ । भ्रमणको मिति भने आपसी छलफलबाट टुङ्गो लगाईने पनि सहमति भएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||