|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाल र भारतबीचको सन् १९५० को सन्धि किन जलाइयो? सन्धि जलाएपछि कार्यक्रममा नारावाजी गर्दै मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललगायतका कार्यकर्ताहरु Photo: Sharmila काठमाडौं, August 1, 2008- नेपाल र भारतबीच सन् १९५० मा भएको सन्धि विहीबार केही राष्ट्रवादीहरुले जलाएका छन् । एकीकृत नेपाल राष्ट्रिय मोर्चाले नेपाल नामक संगठनले सन्धिका धारा ५ ६ र ७ नेपालको पक्षमा नभएको भन्दै राजधानीको पुरानो बसपार्कमा आयोजित कार्यक्रममा जलाएको हो । सन्धि जलालाउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको दावी मोर्चाले गरेको छ । असमान र नेपालको सार्वभौमसत्ता विपरित भनिएको सो सन्धि भएको ठीक ५९ वर्ष पुगेको अवसर पारेर जलाइएको मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताए । सन्धि १९५० को जुलाई ३१ मा गरिएको थियो । शान्ति तथा मैत्री सन्धिमा नेपालका तर्फबाट प्रधानमन्त्री मोहन शमशेर जबरा र भारतका तर्फबाट नेपालका लागि तत्कालीन भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण िसंहले हस्ताक्षर गरेका थिए । मोर्चाले सो सन्धी बदनियतपूर्वक भएको पनि आरोप लगाएको छ । स्मरणीय छ, सो सन्धि सन् १९५० को सन्धिको नामले चर्चित छ । सन्धिमा नेपालको सुरक्षा मामिलामा भारतीय संलग्नताको व्यवस्था गरिएको र त्यसले भारतीयहरुको आगमन अनियन्त्रित र तिनको संख्या अनिश्चित हुँदै आएको मोर्चाको भनाई छ । मोर्चाले भारतसँग भएका सबै असमान सन्धिका नेपालको हितविपरीतका धाराहरु हटाई समानताका आधारमा नयाँ सन्धि गर्न, आप्रबासी नियन्त्रण सम्बन्धी कानून अबिलम्ब लागू गर्न र पासपोर्ट प्रणालीद्वारा नेपाल-भारत खुल्ला सीमालाई तत्काल नियन्त्रण गर्न मागपनि गरेको छ । |
|
|
जलाइएका धारामध्ये धारा ५ मा नेपाल सरकारलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने हातहतियार, विस्फोटक सामग्री या गोलीगठ्ठा, कलपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ । यो प्रबन्धलाई कार्यरुप दिन दुबै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् भन्ने कुरा उल्लेख छ भने धारा ६ मा 'दुबै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरुप एकले अर्को देशका नागरिकहरुलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्कापट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन्' भनिएको छ । यसैगरी धारा ७ मा नेपाल र भारत दुबै देशका सरकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ-आफ्नो भूभागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोबारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृति प्रदान गर्छन्' भन्ने कुरा उल्लेख छ। -Sharmila Thapa in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||