|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दरबार
छाड्न पत्र बुझायो काठमाडौं, May 30, 2008- नेपाल सरकारले संविधान सभाको पहिलो बैठकको निर्णय जानकारी गराएको औपचारिक पत्र जेठ १७ गते नारयणीहिटीमा बुझाएको छ । संविधानसभाको पहिलो वैठकले पूर्व राजा ज्ञानेन्द्र शाहलाई १५ दिन भित्र नारायणहिटी छाड्न भनेको थियो । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले िसंहदरबार स्थित शान्तिमन्त्रालयमा युएस नेपाल अनलाईनलाई दिएको जानकारी अनुसार जेठ १७ गते दिउँसो १२ बजे सम्म पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणी छाडेका छैनन् । नेपालका केही दैनिक पत्रिका तथा टेलिभिजन ज्यानलले जेठ १६ गते राती नै ज्ञानेन्द्र शाहले नारायणहिटी छाडि सकेको समाचार प्रकाशन प्रशारण गरेको थियो । सन्चार माध्यममा आएको समाचारको खण्डन गर्दै गृहमन्त्री सिटौलाले भने 'उनले सरकारसँग समन्वय गरेर मात्रै नारायणीहिटी छाड्छन् ।' गृहमन्त्री सिटौलाले नारायणीहिटीमा कार्यरत सह-सचिवद्धय राम केसी र प्रदिपकुमार अर्यालसँग आजै कुराकानी गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह नारायणहिटीमै रहेको जानकारी पाएका थिए । ज्ञानेन्द्र शाहले सुरक्षा माग गरेमा सरकारले उनको पूर्ण सुरक्षाको सबै व्यवस्था मिलाइने पनि गृहमन्त्री सिटौलाले बताए । नारायणहिटीमा रहेका समानको अभिलेख राख्न र त्यस क्षेत्रको सुरक्षाको लागि गृह सहसचिव मोदप्रसाद डोटेलको संयोजकत्वमा सात सदस्यीय केन्द्रीय सुरक्षा समिति बनेको पनि गृह मन्त्री सिटौलाले जानकारी दिए । समितिले सात दिन भित्र नारायणहिटीको सबै सम्पक्तिको विवरण सरकारलाई बुझाउने छ । सो समितिमा दरबारमा कार्यरत अधिकारीलाइ समेत राखिएको छ । -Santa Bagam Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®