Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नयाँ मन्त्री मण्‍डलको पहिलो बैठक यसरी बस्यो (9 photos)
मन्त्रीमण्डलको विस्तार, लौ चिनौं को को हुन्‌ नेपालका नयाँ मन्त्रीहरु ?
मर्यादाक्रमसम्बन्धी विवादका कारण एमाले बाहिरै


Ministers taking oath by Prime Minister Prachanda. Photo: Bishnu Thapa


New ministers of Nepal L to R: Dr. Baburam Bhattarai, Rambahadur Thapa Magar 'Badal', Dev Gurung, Upendra Yadav, Krishanbahadur Mahara, Vijaya Gachchhadar, Jayaprakash Gupta. Photos: Sitaram

काठमाडौं,  August 22, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज मन्त्रीमण्डलको विस्तार गरी नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपतिको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रम राष्ट्रपति डा. रामवरण यादवको रोहवरमा सम्पन्न भएको हो ।

एमालेभित्रको आपसी विवाद तथा मर्यादाक्रमसम्बन्धी विवादका कारण प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्केपछिमात्र मन्त्रीमण्डलमा एमाले सहभागी हुने भएको छ । प्रचण्ड भोलि चीन तर्फ जाँदैछन् ।

आज विस्तारित मन्त्री मण्डलमा डा. बाबुराम भट्टराई-अर्थ, रामबहादुर थापा बादल-रक्षा, उपेन्द्र यादव- परराष्ट्र, बिजय गच्छेदार- निर्माण तथा यातायात, कृष्णबहादुर महरा- सूचना तथा सन्‍चार, जयप्रकाश गुप्ता- कृषि तथा सहकारी, देब गुरुङ्ग- न्याय तथा कानून र रेणु यादव- शिक्षा छन् । मन्त्री मण्डलमा माओवादी र फोरमको मात्र उपस्थिति छ ।

जानकारी अनुसार एमालेको तर्फबाट बामदेव गौतमको नेतृत्वमा गृह, विष्णु पौडेल- जलश्रोत, अष्टलक्ष्मी शाक्य- उद्योग, रामचन्द्र झा- स्थानीय विकास, किरण गुरुङ्ग- बन र गोपाल शाक्य- युवा तथा खेलकूद भएपनि गौतमलाई उपप्रधानसहित पहिलो मर्यादाक्रममा राख्नु पर्ने एमालेको माग र माओवादीको अस्वीकारोक्तिका कारण एमाले मन्त्री मण्डलमा सहभागी नभएको बताइएको छ।
 

First cabinet meeting of Nepal's new government. Photo: Santa Bagam

मर्यादाक्रमसम्बन्धी विवादका कारण मन्त्री मण्डलमा उपप्रधानमन्त्रीको व्यवस्थापनि गरिएको छैन । गौतम पहिल्यै उपप्रधानमन्त्री भएका कारण गौतमलाई प्रधानमन्त्रीपछिको मर्यादाक्रममा राखिनुपर्ने एमालेको माग थियो । तर पार्टी नेतृत्वको हिसावले गौतम भन्दा भटराई बरिष्ठ भएकाले भटराईलाई बरिष्ठता क्रममा अघि राख्नुपर्ने भन्दै माओवादीले अस्वीकार गर्यो ।

बरिष्ठतम उपप्रधानमन्त्री वा मन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएकाकारणपनि माओवादी र एमालेबीच विवाद देखिएको हो । प्रचण्ड चीन भ्रमणबाट फर्केपछि बरिष्ठतासम्बन्धी विवाद समाधान गरेर मन्त्री मण्डलको विस्तार गरिने भएको छ ।

माओवादीले पाएको पाँच र बाँकी साना दलले पाउने मन्त्रीहरु प्रधानमन्त्री प्रचण्ड चीनबाट फर्किएपछि चुनिने भएको छ ।

-Sitaram Baral and Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®