Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
लाल सेनालाई १३ महिनाको तलब भत्ता ७३ करोड, ७९ लाख कहिले दिने हो?
माओवादी जनमुक्ति सेनाले मासिक भत्ता नपाए पछि बिद्रोहको तयारी


Maoists' People's Liberation Army. Photos: Sitaram

काठमाडौं,  August 2, 2008- माओवादी जनमुक्ति सेनाकालागि सरकारले दिने निर्णय भएको मासिक भत्ता तत्काल वितरण र रासन भत्ता बृद्धि नगरिए सात वटै डिभिजनका सेनाहरु सडकमा निस्केर विरोध प्रदर्शन गर्ने भएका छन् ।

सरकारले जनमुक्ति सेनाका प्रति लडाकू दैनिक ६० रुपैया राशन बापत दिने गरेको छ भने सेना, प्रहरीकालागि दैनिक १ सय १५ रुपैया दिदै आएको छ । यस हिसाबले सरकारले १८ हजार ९ सय २३ जनमुक्ति सेनालाई महंगी रासन भत्ता ४४ करोड, २७ लाख, ९८ हजार दिनु पर्ने देखिन्छ भने १३ महिनाको मासिक तलब बापत ७३ करोड, ७९ लाख, ९७ हजार दिनु पर्ने देखिन्छ।

राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) को निगरानीमा रहने माओवादी लडाकूहरु पहिलो चरणका ३१ हजार ३ सय १८ लडाकूहरु दर्ता भएकोमा दोश्रो चरण अन्तर्गत गरिएको प्रमाणिकरणमा १८ हजार ९ सय २३ लडाकूहरु सेनाको रुपमा योग्य भएका छन्‌ ।

माओवादी लडाकूहरु क्यान्टोनमेन्टमा बस्न थालेदेखि नै उनीहरुलाई भत्ताबापत मासिक रु ३ हजार दिने भनिएपनि सरकारले १३ महिना यता सो रकम वितरण गरेको छैन । २०६३ मंसीर ५ गते माओवादी छापामारहरु अस्थायी व्यारेक क्यान्टोनमेन्टमा बस्न थालेका थिए ।

यससम्बन्धी तैयारी नवलपरासीमा रहेको चौंथो डिभिजन र सुर्खेतमा रहेको छैटौं डिभिजनले गरिसकेका छन् । दुई व्यारेकबाट जनमुक्ति सेना बाहिर निस्केर विरोध प्रदर्शन गरेपछिपनि सरकारले आवस्यक रकम व्यवस्था नगरे सात वटै डिभिजनका सेना बाहिर निस्कने योजनामा छन्।
 
'अब सडकमा निस्कनुबाहेक हाम्रा अगाडि कुनै बिकल्प रहेन' चौंथो डिभिजन अन्तर्गत रहेको जनमुक्ति सेनाको सलिम बृगेडका प्रबक्ता सुबर्णले यूएस नेपाल अनलाइन संग भने 'व्यारेक बाहिर निस्केर प्रदर्शन गर्ने निर्णय भैसकेको छ आज वा भोलि पत्रकार सम्मेलन गरेर यससम्बन्धी निर्णय गर्नेछौं ।'

'खानामात्र होइन कपडा र मन्‍जन, ब्रससमेत यही रकमबाट पुर्‍याउनुपर्ने अवस्था छ' सुवर्णले भने 'महंगी बढेको छ रासनबापत दिने भनिएको ६० रुपैयापनि समयमा पाउदैनौं, यो अवस्थामा सडकमा निस्केर विरोध गर्नुबाहेक अर्को विकल्प अब हामीसंग छैन ।' पेट्रोलियसोलियम पदार्थमा भएको, मूल्यबृद्धिसङ्गसगै खाद्य वस्तुको मूल्यसमेत आकासिएको छ । तर रासनबापतको रकम भने सरकारले बढाएको छैन ।



यतिमात्र होइन माओवादी लडाकूहरु क्यान्टोनमेन्टमा बस्न थालेदेखि नै उनीहरुलाई भत्ताबापत मासिक रु ३ हजार दिने भनिएपनि सरकारले १३ महिना यता सो रकम वितरण गरेको छैन । २०६३ मंसीर ५ गते माओवादी छापामारहरु अस्थायी व्यारेक क्यान्टोनमेन्टमा बस्न थालेका थिए । सरकारले त्यसयता सिर्फ ६ महिनाको मासिक भत्तामात्र दिएको छ । सुवर्ण भन्छन् 'धेर्यताकोपनि सीमा हुन्छ, अब हामी विरोधमा उत्रन्छौं विरोधबाटपनि समस्याको समाधान नभए विद्रोहको बिकल्प छैन ।'

-Vivek Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®